चैत्र २७ गते, २०७१ बिहिवार 9th April, 2015 Thu१६:१५:५७ मा प्रकाशित
काठमाडौ, आगामि बैशाख १ गतेदेखि काठमाडौ महानगरपालिका क्षेत्रमा प्लाष्टिकको झोलाको प्रयोग बन्द गर्ने सरकारी निर्णय कार्यान्वयनको लागि सबैले हातेमालो गर्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन ।
राष्ट्रिय बातावरण प्रदुर्षण नियन्त्रण नेपाल ( नेप्को नेपाल)ले बिहीबार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको कार्यक्रमका बक्ताहरुले त्यस्तो जोड दिएका हुन ।
कार्यक्रममा पूर्व बातावरण मन्त्री गणेश साहले काठमाडौ बासीले नै आफ्नो जीवनलाई बातावरण मैत्री बनाउन आवश्यक रहेकोमा जोड दिदै यसको लागि सम्पूर्ण सरोकारवालाहरुले हातेमालो गर्दै अघि बढ्नु पर्ने बताए ।
उनले आफूलाई सहुलीयत हुने प्लाष्टिक आगामि पुस्ताको लागि ऋणको भारी बन्ने भन्दै यस पटक सरकारले गरेको निर्णय कार्यान्वयन गराउन काठमाडौ बासीहरुले आफै झोला बोकेर किनमेलमा जाने बानीको विकास गर्नु पर्ने आवश्यकतामा जोड दिए ।
उनले ४० माईक्रोन भन्दा माथिको प्लाष्टिक प्रयोग गरे पनि त्यसको ब्यवस्थापनमा भने उपभोक्ताहरु सचेत हुनु पर्ने बताए ।
नेप्कोका अध्यक्ष सुरेन्द्र आचार्यले बीस वर्षदेखि आफूहरुले प्लाष्टिक झोलाको प्रयोग रोक्न र फोहोरको उचित ब्यवस्थापनबाट मोहर बनाउन अभियान चलाई रहँदा समेत कसैले सहयोग नगरेको गुनासो गर्दै फोहोरमा राजनीति गर्दा झनै समस्या विकराल बन्दै गईरहेको बताए ।
उनले प्रत्येक उपभोक्ताले फोहोरको विषयमा दुई मिनेटमात्रै समय दिने हो भने पनि फाहोरको समस्या समाधान हुने उल्लेख गर्दै राज्यले बनाएको कानून कार्यान्वयन गर्न सबैले पहल गर्नु पर्ने बताए ।
काठमाडौ महानगरपालिका बातावरण ब्यवस्थापन विभाग राजाराम कर्माचार्यले प्लाष्टिकलाई मुक्त गर्नु भन्दा पनि पहिलो चरणमा नियन्त्रणमा जोड दिनु पर्ने भन्दै सबै एक भएर लागे समस्या समाधान हुने बताए ।
प्लाष्टिक झोलाको प्रयोगले आफू र बातावरण दुबैलाई समस्या हुने भन्दै अब कपडाको झोला प्रयोग गर्ने बानीको विकास गर्नु पर्नेमा जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: