Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

प्रचण्डले चिनिया राष्ट्रपति सि भेट पक्का : भारतलाई झड्का लाग्ने सम्झौता हुँदै

\"\"काठमाडौं, ६ चैत । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनिया राष्ट्रपति सि जिङ्पिङको भेट तय भएको छ । आगामी १० गते गते बोआओ फोरमलाई सम्बोधन गर्न चिन जान लागेका प्रचण्डको भ्रमणका क्रममा चिनिया राष्ट्रपति सि सँगको भेटलाई लिएर केही आशंकाहरु गरिएको थियो । प्रधानमन्त्रीका रुपमा दोस्रोपटक चिन भ्रमणमा जान लागेका प्रचण्डले चिन भ्रमणका क्रममा केही उच्चस्तरका सम्झौताहरुसमेत गर्ने भएका छन् । परराष्ट्रमन्त्री प्रकाशशरण महतसहितको सानो टोली लिएर चिन जान लागेका प्रचण्डले १२ गते बोआओ फोरममा सम्बोधन गर्ने तय भएको छ भने १३ गते बेइजिङमा चिनिया राष्ट्रपति सि सँग भेटघाट हुने कार्यक्रम छ । चीनले महत्वका साथ हेरेको ‘वान बेल्ड, वान रोड’ को अवधारणामा समेत नेपालले हस्ताक्षर गर्ने तयारी गरेको बताइन्छ । चीनको यो महत्वकांक्षी परियोजनामा अर्को छिमेकी मुलुक भारतले हस्ताक्षर नगरेका कारण कुटनीतिक रुपमा नेपालको भुमिकाप्रति चीनले प्रश्न उठाउँदै आएको थियो । भारतले समर्थन नगरेपनि नेपालले चीनको यो परियोजनामा हस्ताक्षर गर्न तयार रहेको सन्देश पठाएपछि भारत नेपालसँग झस्किएको छ भने चीन नजिक रहने सम्भावना बढेको छ । नेपालले केरुङ–काठमाडौं–लुम्बिनी रेलको डिपीआरको सम्भौता चाहेको छ भने चीनले वान बेल्ड, वान रोडको सम्झौता । चीनका प्रधानमन्त्री र विदेशमन्त्री सो समयमा न्यूजिल्याण्डको भ्रमणमा रहने कारण पारवहान सम्झौता भने प्रोटोकलको आधारमा हस्ताक्षर नुहुने बताइएको छ । तर, व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर भने नहुने भएको छ । प्रचण्डको भ्रमणका क्रममा चीनका प्रधानमन्त्री र विदेशमन्त्री न्यूजिल्याण्ड भ्रमणमा हुने भएकाले प्रोटोकलमा हस्ताक्षर नहुने पक्का जस्तै भएको छ । नेपाली पक्षले अन्तरदेशीय रेलवे लाइन लगायतका एजेण्डालाई पनि प्राथमिकता दिएको छ । केरुङ(काठमाडौं( लुम्बिनी रेलको डिपीआरका लागि सम्झौता गर्ने एजेन्डा नेपाली पक्षको प्राथमिकता छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: