नेपालमा बज्र योगीनी, गोपाल बंश र अबिर बंश हुँदै कबिला समाज अन्त्य हुने र किराँत कालबाट जातीय समाज चलेको मानिन्छ । किराँत काल नेपालमा एक हजार वर्षसम्म चलेको अनुमान गरिन्छ भने लिच्छवी काल ५ सय वर्षसम्म चलेको मानिन्छ । लिच्छवी कालपछि मल्लकाल नेपालमा शासकका रुपमा देखिन्छ । किराँत कालदेखि मल्लकालसम्म नेपालमा मानव श्रमको काल थियो । यो बेलामा बनेका संरचनाहरु अहिलेसम्म विश्व सम्पदा सूचिमा रहेका छन् ।सामन्तवादी सामाजिक व्यवस्थापछि सन १४५० बाट पूँजीवादी व्यवस्था आरम्भ हुन्छ । पुँजीवादी व्यवस्थामा मुख्य उत्पादक शक्ति पुँजी बन्छ । सुरुमा व्यापारिक पुँजीवादबाट यसको आरम्भ हुन्छ । औद्योगीक पूँजीवादको रुपमा बेलायतमा विकास हुँदै एकाधिकारवादपछि एकिकृत पुँजीवादी हुँदै अहिले समाजमा सामाजिक व्यवस्थाका रुपमा पुजीवादी व्यवस्था रहिरहेको छ । औद्योगीक पुँजीवादकै सेरोफेरोमा पुँजीवादले गर्ने शोषणको विरुद्ध सेन्ट समाजवादी चिन्तनको विकास सेन्ट साइमान लगायत हुँदै काल्पनिक समाजवादको विकास हुँदै गर्दाै वैज्ञानिक समाजवादको विकास हुन पुग्यो । सन १८४८ मा माक्र्स एंगेल्सले पुँजीवादी व्यवस्थाको ठाउँमा समाजवादी व्यवस्थाका विरुद्ध समाजवादी व्यवस्थाको वैचारिक अवधारणा अघि सारे । पुँजीवादी व्यवस्थाकाविरुद्ध १८७४ मा पेरिसमा बिद्रोह गरी राज्यसत्ता समाजवादीहरुले आफ्नो हातमा लिए । पहिलो पटक समाजवादीहरुले सत्ता कब्जा गरेको घट्ना थियो, पेरिस कम्युन । तर ७१ दिनमै पेरिस सत्ता पुँजीपति वर्गले खोस्न सक्यो र समाजवादीहरुलाई पराजित पारे । सन १९१७ मा बोल्सेभिक पार्टीको नेतृत्वमा सोभियत संघले समाजवादी क्रान्ति सफल पारे । सोभियत संघमा क्रान्ति सफल भएपछि संसार दुई ध्रुवमा बिभाजित हुन्छ र संसारमा पुँजीपति सत्ताका विरुद्ध समाजवादी सत्ताले समानान्तर सत्ता सञ्चालन गरेको थियो । सन १९९०मा सोभियत संघ बिघटन भएपछि पुँजीपतिहरु एकलौटी ढंगले अघि बढिरहे पनि समाजवादीको आधार संसारभर त्यतिकै बलियो हुँदै गैरहेको छ । संसारमै अहिले समाजवाद कसरी लागु हुन्छ र हाम्रो जस्तो देशमा कसरी समाजवादी व्यवस्था आउँछ भनि विभिन्न चरणमा प्रयत्नहरु भइरहेका छन् । नेपालमा प्राग ऐतिहासिक अवस्थाका बारेमा धेरै कुराहरु नभएपनि गोत्र समाजको रुपमा बज्रयोगिनीबाट सुरु हुँदै कबिला, कबिला समाज, गोपाल बंशी र अबिर बंशीका रुपमा चलेको भन्ने मान्यता छ । गोपाल बंशी गाई पालक थिए भने अबिर बंशीहरु भैसी पालक थिए । नेपालमा बज्र योगीनी, गोपाल बंश र अबिर बंश हुँदै कबिला समाज अन्त्य हुने र किराँत कालबाट जातीय समाज चलेको मानिन्छ । किराँत काल नेपालमा एक हजार वर्षसम्म चलेको अनुमान गरिन्छ भने लिच्छवी काल ५ सय वर्षसम्म चलेको मानिन्छ । लिच्छवी कालपछि मल्लकाल नेपालमा शासकका रुपमा देखिन्छ । किराँत कालदेखि मल्लकालसम्म नेपालमा मानव श्रमको काल थियो । यो बेलामा बनेका संरचनाहरु अहिलेसम्म विश्व सम्पदा सूचिमा रहेका छन् । बज्रयोगीनी, गोपाल बंशी र अबिर बंशीसम्मको काललाई प्रकृति मुख्य उत्पादक शक्ति भएको काल र किराँत, लिच्छवी र मल्लकाल मानव श्रम मुख्य उत्पादक शक्ति रहेको काल तथा जाति समाज भनेर मान्नुपर्ने हुन्छ । नेपालको एकिकरणपछि नेपाल राष्ट्र समाज हुन गयो । पृथ्वीनारायण शाहले नेपालको जातीय समाजलाई राष्ट्र समाजमा बदले । यहि बेलाबाट नेपालमा सामन्तवाद आरम्भ हुन्छ । अझ जंगबहादुरका पालामा पुरै सामान्तवाद चल्छ । २००७ सालमा सामन्तवाद ढलेर संबैधानिक राजतन्त्र स्थापित भएको थियो । नेपालमा समाजवाद स्थापनाका लागि संघर्ष गर्ने र नयाँ जनवादी क्रान्तिको स्थापनाका लागि २००६ सालबाट संघर्ष सुरु भएको थियो भने पुँजीवादी क्रान्ति २००७ सालमा भएको र त्यसले सफलता पाएको थिएन । २००७ सालदेखि २०१५ साल सम्मको अवधि सून्यमा रहेको थियो भने २०१७ सालमा नेपाली समाज संबैधानिक राजतन्त्रबाट निरंकुश राजतन्त्रमा बदलियो । २०४६ सालमा निरंकुश राजतन्त्रबाट फेरि संबैधानिक राजतन्त्रमा आयो । २०६२/६३ सालमा भएको आन्दोलनले नेपालमा गणतन्त्र स्थापना गरेको छ । २००७, २०४६ र २०६२/६३ मा पुँजीवादी क्रान्तिका लागि भएका प्रयासहरु सफल हुन सकेनन् भने कम्युनिष्टहरुले २००६ सालदेखि २०२८, २०३५ देखि २०५२ र २०५२ देखि २०६२/६३ सालसम्म नयाँ जनवादी क्रान्तिका लागि प्रयास गर्दा पनि सफल भएनन् । त्यसको प्रमुख कारण भनेको विश्व व्यापी रुपमा पुँजीवादी एकिकृत रुपमा आउनु नै हो ।
नेपालमा वस्तुगत रुपमा नौलो जनवादी क्रान्ति गर्ने अवस्था भएपनि विश्व परिवेशका कारण नेपालमा पुँजीवादी र नौलो जनवादी क्रान्ति दुबै सफल हुन सकेनन र नेपाल समाज अहिले पनि अर्ध सामन्ति र अर्ध औपनिवेशिक अवस्थामै रहेको छ ।नेपालमा मुख्य रुपमा उत्पादक शक्ति न जमिन बन्न सकेको छ न पुँजी नै स्थापित भएको छ । जमिन र पुँजी आधा आधा उत्पादक शक्ति रहेको तथा राष्ट्रियता न पुरै पराजित रहेको न पुरै स्वतन्त्र रहेको अवस्थामा छ । यस्तो अवस्थामा उत्पादक शक्ति नफेरिए पनि उत्पादक सम्बन्धहरु भने फेरिनै रहेका छन् । फेरिएको उत्पादन सम्बन्धलाई नै मुख्य मानेर नेपालमा पुँजीवादी क्रान्ति सम्पन्न भएको मान्नेहरु छन् । हामीले कुन अवस्थामा के उत्पादक शक्ति र सम्बन्ध, विचार धारा, राजनीतिक प्रणाली र स्वामित्वलाई हेरेर निर्धारण गर्न सकिन्छ । नेपाललाई चार वटा मानवीय व्यवस्थामा राख्न सकिन्छ । १) गोत्र, २) कबिला, ३) जाति र ४) राष्ट्र सामाजिक व्यवस्थामा आदिम साम्यवाद, दास व्यवस्था, सामन्ती व्यवस्था, अर्ध सामन्ती/अर्ध औपनिवेशिक अवस्थामा राख्न सकिन्छ । अहिलेको समाजिक व्यवस्था अर्ध सामन्ती/अर्ध औपनिवेशिक अवस्थामा छ भने अरु सामाजिक व्यवस्था विगत भइसकेका छन् । अब हामीले गर्ने सामाजिक क्रान्ति कसरी हुन्छ ? र यसको उत्तर नखोजेकोसम्म अघि बढ्न सकिन्न । हामीले गर्ने क्रान्ति विश्व क्रान्तिको एउटा अंग हुन्छ र अहिलेको युग विज्ञान प्रबिधीको युग हो । यहि विज्ञान प्रविधिको आधारमा पुँजीवादीले आफुलाई एकीकृत गरी विश्वभरी कब्जा जमाएकाले हामीले विज्ञान प्रबिधि उत्पादक शक्तिका रुपमा मुख्य भएर आएको र यसकै आधारमा हामीले पुँजीवादी सत्ताका विरुद्ध समानान्तर सत्ता स्थापना गर्ने हो । त्यो भनेको पुँजीवादको उत्पादक शक्ति पुँजीको ठाउँमा विज्ञान प्रविधि, विचारधारामा अधिभौतिकवादको ठाउँमा द्वन्द्वात्मक भौतिकवाद, राजनीतिक प्रणालीमा प्रतिनिधिमुलक व्यवस्थाको ठाउँमा प्रत्यक्ष सहभागीता मुलक व्यवस्था र व्यक्तिमा हुने स्वामित्व समुदायमा ल्याउने समाजिक व्यवस्था समाजवाद हो भन्दै त्यसको तयारीका लागि राजनीतिक अभियान चलाउने हो । नेपालमा अहिले क्रियाशील सबै राजनीतिक पार्टीहरु यथास्थितिमै रमाइरहेकाले यिनीहरुबाट समाजको प्रगतितर्फ अगाडि बढ्न सक्दैन । समाजमा देखा परेका सम्पुर्ण समस्याहरु, समस्याहरुको हल नयाँ विचारका आधारमा नयाँ राजनीतिक संगठनको निर्माण गर्नुपर्छ । र त्यो संगठनले गर्ने राजनीतिक कामले नेपाली समाजलाई प्रगतितर्फ अघि बढाउन सकिन्छ र नेपाली समाजमा देखा परेका संकटहरुको निकास पनि त्यसैबाट मात्रै सम्भव हुन्छ ।
प्रतिकृया लेख्नुहोस्: