Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

मतदानमा ढिलाइले ट्रम्पलाई झट्का

\"\"काठमाडौँ, ११ चैत । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संसदमा प्रस्ताव गरेको स्वास्थ्य सेवा सम्बन्धी नयाँ विधेयकमा मतदान गर्ने पूर्व निर्धारित योजनामा ढिलाइ भएको छ । ट्रम्पकै रिपब्लिकन पार्टीका दुई दर्जन सांसदहरुले उक्त विधेयकमा परिमार्जन नगरिए विपक्षमा मतदान गर्ने चेतावनी दिएका छन् । यसअघिका राष्ट्रपति बराक ओबामाले ल्याएको स्वास्थ्य सेवामा पहुँच उपलब्ध गराउने एउटा कानूनलाई प्रतिस्थापन गर्न उक्त विधेयक संसदमा प्रस्तुत गरिएको थियो । व्हाइट हाउसले भने शुक्रबारै मतदान हुनेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिएको छ । स्वास्थ्य सुधार सम्बन्धी विधेयकमाथिको मतदानलाई पर सार्ने रिपब्लिकन पार्टीको निर्णय आफूसँग त्यसका लागि आवश्यक पर्याप्त मत संख्या नपुगेको भन्ने स्वीकारोक्ति हो । राष्ट्रपति ट्रम्पले मतदान स्थगित गरिनु केही अघिसम्म पनि बिहिबारै उक्त विधेयक तल्लो सदनले पारित गर्ने बताएका थिए । एउटा परम्परावादी समूह द फ्रिडम ककसका प्रतिनिधीहरुले राष्ट्रपति ट्रम्पलाई भेटेका थिए तर पछि तिनका नेताले खासै प्रगति नभएको प्रतिक्रिया दिए । उक्त समूहले विधेयकमा बीमाकर्ताहरुका लागि प्रस्ताव गरिएको निरोधक उपचार र आपतकालिन सेवा सम्बन्धी प्रावधानहरु हटाउन चाहन्छ । त्यसो गर्दा बीमाको लागत कम पर्न जाने उक्त समूहको मत छ। तर त्यस्तो गर्दा धेरै जनाले सेवा नपाउने र आफ्ना अत्यावश्यक माग समेत बीमाले नसमेट्ने भन्दै मध्यमार्गी रिपब्लिकनहरुले चिन्ता जनाइरहेका छन् । वासिङटनबाट बीबीसीका एन्थोनी जार्चर भन्छन्, रिपब्लिकनहरुलाई विधेयक संसदमा विफल हुनुभन्दा त्यसलाई पास गर्न समय लाग्नु नै फाइदाजनक हुनेछ । विधेयकको असफलताले राष्ट्रपति ट्रम्पको सहमति जुटाउन सक्ने खुबी र दलका अनुदारवादीलाई नियन्त्रण गर्नसक्ने रिपब्लिकन नेता पल रायनको क्षमताबारे गम्भीर प्रश्न उठ्नेछ । अनुदारवादीहरुको समर्थन जुटाउन विधेयकमा कडा प्रावधानहरु राखिए मध्यमार्गी विचार राख्नेहरुको बाहुल्य रहेको सिनेटमा उक्त कानून पारित गर्न थप कठिन हुने उनको टिप्पणी छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies