Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

ताप्लेजुङमा ७३ वटा मतदान केन्द्र निर्धारण

\"\" ताप्लेजुङ, १२ चैत । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङमा ७३ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला निर्वाचन समन्वय समितिको बैठकले सो मतदान केन्द्रको टुङ्गो लगाएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख गणेश अधिकारीले जानकारी दिए । विसं २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा भन्दा यो पटक आठवटा मतदान केन्द्र थप गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख अधिकारीकाअनुसार, फुङ्लिङ नगरपालिकामा मात्र पाँचवटा केन्द्र थप गरिएका छन् । थप भएका मतदान केन्द्रमध्ये महेन्द्र आधारभूत विद्यालय आम्बोटे, याङ्लिजुङ आधारभूत विद्यालय तारिबुङ, सामुदायिक भवन र कभर्ड हल रहेका छन् । त्यस्तै गङ्गा आधारभूत विद्यालय साँघु, सगरमाथा प्रावि खोक्लिङ र ठोट्ने आधारभूत विद्यालय ढुङ्गेसाँघुमा पनि मतदानस्थल रहनेगरी सिफारिस गरिएको अधिकारीले जानकारी दिए । समितिले तीनवटा केन्द्र भने परिवर्तन गरेको छ । नेरा आधारभूत विद्यालय चाँगेलाई चाँगे माविमा, मदनस्मृति प्रावि ढुङ्गेसाँघुलाई जनकल्याण माविमा र शिवालय प्रावि दोखुलाई सिद्धकाली माविमा परिवर्तन गरिएको उनले बताए । गाउँपालिकाको प्रत्येक वडामा एउटा अनिवार्य र एक हजार बढी मतदाता रहेको गाउँमा दुईवटा केन्द्र राख्न सकिने प्रावधान छ । त्यस्तै मतदातालाई पाँच किमीभन्दा टाढा नपर्ने गरी केन्द्र निर्धारण गर्नुपर्ने व्यवस्था रहेको प्रमुख अधिकारीले बताए । “तर भैगोलिक क्षेत्र विकट र ठूलो भएको ठाउँमा केन्द्र निर्धारण गर्दा वडामा एक हजारभन्दा कम जनसङ्ख्या भए पनि केन्द्र राख्ने प्रावधान रहेको उहाँले बताए ।” (रासस)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending