Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

बाबुराम भन्छन्– चीनसँग भन्दा भारतसँग सम्बन्ध सुमधुर हुनुपर्छ

\"\"काठमाडौं, १२ चैत । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालले चीनसँग भन्दा भारतसँग सुमधुर सम्बन्ध राख्नुपर्नेमा जोड दिएका छन् । भारतीय अनलाइन द वायरलाई अन्तवार्ता दिँदै डा. भट्टराईले नेपालले छिमेकी मुलुकहरु भारत र चीनसँग असल सम्बन्ध राख्नुपर्ने बताएका हुन् । चीनलाई नचिढ्याइकन वा चीनका जायज चासोको ख्याल राख्र्दै नेपालले भारतका जायज सुरक्षा र रणनीतिक हितहरुप्रति बढी संवेदनशील हुनुपर्ने बताएका छन् । नेता भट्टराईले भारतका जायज रणनीतिक लगायत अन्य चासोमा नेपाल स्पस्ट प्रतिबद्धतासहित उभिन हिच्किचाउन नहुने पनि उल्लेख गरेका छन् । तर भट्टराईले भारतले नेपालका आन्तरिक राजनीतिक मामिलामा राख्ने गरेको चासोप्रति भने आलोचना गरेका छन् । संविधान जारी प्रक्रियाको समय तथा त्यसपछि नेपालमा कसले सरकार नेतृत्व गर्ने भन्ने जस्ता साना विषयमासमेत भारतले चासो दिनु गलत भएको उनको भनाइ छ । भारतले नेपालका साना तीन मुद्दामा माइक्रोम्यानेज गर्नु उचित नभएको बरु नेपालमा आफूलाई बृहत्तर रणनीतिक र नीतिगत मुद्दामा केन्द्रित गर्नुपर्ने उनले स्पष्ट गरेका छन् । भारतले लामो समयदेखि स्वतन्त्र र सार्वभौम मुलुक रहेको नेपालको सार्वभौमिकता र स्वतन्त्रताको सम्मान गर्न हिच्किचाउन नहुने उनले बताए । नेपाली जनताले आर्थिक विकास चाहेको बताउँदै उनले जलविद्युत् र अन्य स्रोतको विकास र लगानी लगायतका कुरामा भारतले ध्यान दिनुपर्ने बताए । भट्टराईले संघीयता, गणतन्त्र र धर्म्निरपेक्षताको एजेन्डा सुरुमा माओवादीले र पछि मधेसी र जनजातिले नेपालमा स्थापित गराएको दाबी गरे । भट्टराईले संविधान जारी गर्दा प्रचण्डले प्रतिगमन पक्षधर एमाले र कांग्रेसँग मिल्न पुगेको आक्षेप पनि लगाएका छन् । भट्टराई आफूले पहिलो संविधान सभाबाटै संविधान जारी गर्न प्रयास गरे पनि नसकेको स्वीकारेका छन् । दोस्रो संविधानसभामा एमाले र कांग्रेस सहितका शक्तिको संविधानसभामा बहुमत भए पनि सीमान्तकृत मधेशी र जनजातिको भावना संबिधानमा समेटिन नपाएकै कारण आफूले संबिधानसभा सदस्यबाट राजीनामा गरेर नयाँ शक्ति स्थापना गरेको भट्टराईले बताएका छन् । भट्टराईले नेपालमा खस समुदायले मधेसी र जनजातिलाई अधिकार दिन नचाहेका कारण समस्या उत्पन्न भएको आरोप लगाउँदै एमाले अध्यक्ष केपी ओलीले सोही खस समुदायको नेतृत्व गरेको र अहिले मुलुकलाई मुठभेडमा लैजान लागेको दाबीसमेत गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending