शान्तिपुर्ण आन्दोलनबाट नेपाली समाजका आवश्यकताहरु राज्यद्धारा सम्बोधन हुने नदेखेपछि ०५२ मा माओवादी पाटीलेजनयुद्धलाई नेपाली शासन व्यावस्था विरुद्धको राजनीतिक बाटो बनायो, तत्कालिन माओवादीका ४० शुत्रिय माग भित्र दुई वटा उद्धेश्य थिए, पहिलो सामन्ति राज्य व्यावस्थाको अन्त्य गर्दै राजनितिक क्रान्ति सम्पन्नगर्ने र दोश्रो राज्यको दलाल र सामन्तवादीचरित्र भएको अर्थतन्त्रको अन्त्य गर्दै आधुनिकि आर्थिक क्रान्तिको बाटोबाट समुन्नत राष्ट निर्माण गर्ने । ठयाक्कै तत्कालिन माओवादीले भनेको जस्तो जनवादी राज्य व्यावस्थालाई संस्थागत गर्न नसके पनि माओवादी आन्दोलनको पहिलो उद्धेश्य उपलब्धिको रुपमा स्थापित भएको छजनताले चुनेको संविधानसभा र संविधानसभाबाट संविधान घोषणा अहिलेको महत्वपुर्ण उपलब्धि हो । संविधान सभामा, दलाल, भ्रष्ट, देश बेचुवाहरु र राजनीतिक दलालको बाहुल्यता हुदा पनि संविधान सभामाबाट घोषितसंविधानले वैज्ञानिक समाजवादको दिशा तय गरेकोले संवैधानिक व्यावस्था सार–संग्रहजस्तो देखिएपनि माओवादी आन्दोलनले देखेको सपना र नेपाली समाजको अर्थपुर्ण राजनीतिक उपलब्धि हासिल गरेको छ । लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दल र व्यावस्थालाई न्यायीक निरुपण गर्ने न्यायाधिस जनता हुन, कस्तो पार्टीलाई स्वीकार्ने, कुन व्यवस्था मान्ने, आफ्नो नेता कस्लाई छान्ने, भन्ने निर्णय जनताले गर्छ । तर जनतामा राजनीतिक निर्णय लिन सक्ने चेतनाका उच्चतम विकास भएको खण्डमा जनताले राजनीतिक नेता चुन्छन भने, जनताको चेतना स्तर नै विकास नभएमा जनता आफु भेडा बन्छन र राजनीतिक नेतृन्व गोठाला प्रवृति भएका प्रतिनिधिी चुन्छन, दलालको प्रभावमा पर्छन, विखण्डनकारीको जालमा पर्छन, षडयन्त्रकारीको जालमा पर्छन, जसको परिणाम गलत राजनैतिक सस्कारको विकास हुन नसकेर समाज राष्टले निकास र विकास पाउन सक्दैन । २१ शताब्दिका सचेत नेपाली नागरिक, यो शताब्दिमा पनि विश्व राजनीतिमा नयाँ प्रयोग गर्ने क्षमताराखेका नेपाली जनता, संघर्षबाट एजेण्डाहरु स्थापित गराउन सक्ने सचेत नागरिकले अहिलेको नेपाली समाजमा देखिदै गरेको अवशरवादी राजनीति पाटी र नेता, विखण्डनकारी नेतृत्व र संगठनहरुलाई चिन्ने वेला बल्ल आएको छ । माओवादी नेता कार्यकर्ताले गर्भका साथ जनतालाई बहसमा ल्याउनु पर्छ संघिय लोकतान्त्रिक गणतन्त्र, संघियता, धर्म निरपेक्षता, समावेशि संविधान कस्का मुद्धा हुन ? जनताले गर्भान्वित हुदै निसंकोच अन्र्तमनले भन्ने छ, तब जनताले भन्ने छ स्यावास ! माओवादी पार्टी र योद्धाहरु तिमीहरुले देखाएको सपना साकार हुदैछन । संविधानसभा मार्फत संविधान घोषणा भएको छ, केहि दलाल जनप्रतिनिधिहरु शासक मानसिकता भएका पार्टीका नेताहरुको निकृष्ट व्यावहारले हाम्रो संविधानमा विभिन्न समुदायका रिर्जभेशनहरु रहेकै छन् । तर माओवादीले सवै समुदायका अधिकारहरु सुरक्षित गर्ने एजेण्डालाई पनि सँग–सँगै अगाडी लिनुपर्छ ।अर्कोतिर अहिले देखिएका उपलब्धिहरु प्राप्त गर्नका लागि रुपान्तरणको अभियानमा लागेका योद्धाहरुको रगत र भावनात्मक सम्बन्ध जोडिएको छ । हिमाल, पहाड, तराई, मधेसको भावना संविधानसँग जोडिएको छ । ताप्लेजुंगको थेवे दाई दार्चुलाको सार्कि बाको भावना र वलिदानी यसै संविधानको अन्र्तयमा लुकेको छ । तराईका थारु, मधेसका मधेसी, काठमाण्डौको च्यामे देखी हिमालका शेर्पाको भावना र रगतको सम्बन्ध यसै संविधानसँग जोडिएको छ ।
माओवादीसँग ठुलो आशा राखेको पक्कै हो, पहिलो संविधानसभा हुदै दोश्रो संविधानसभासम्म पुग्दा जनताले माओवादी प्रति अविश्वास देखाउनुको प्रमुख कारण यहि हो । तर जनतालाई माओवादी आन्दोलन र नेतृत्वको दायित्व संविधान सभा मार्फत सामन्तवादी राज्य चरित्र फेर्दै आधारभुत तहका नागरिकहरुको अधिकारहरु सुरक्षित गरेको प्रमाणलाई प्रमाणित गर्नुपर्ने जानकारी जनतालाई गराउन नसक्दाको परिणाम माओवादी प्रति जनताले शंका गरे । जे होस अहिले जनताले बुझेका छन माओवादी आन्दोलनको मुख्य दायित्व अधिकारसहितको संविधान निर्माण गर्दै देशलाई निकास दिनु थियो भन्ने कुरा ।हामी चुनौतीपुर्ण संविधान कार्यान्वयनको चरणमा छौ । प्राप्त उपलब्धिहरु दलाल राजनितिज्ञ र एनजिओका नाममा राजनीति गर्ने दलालहरुलाई र आफुलाई शासक हुँ सोच्ने सामन्तवादी चिन्तन भएका भरौटेका नाईकेलाई पचाउन गाह्रो भएको छ । अर्कोतिर अहिले देखिएका उपलब्धिहरु प्राप्त गर्नका लागि रुपान्तरणको अभियानमा लागेका योद्धाहरुको रगत र भावनात्मक सम्बन्ध जोडिएको छ । हिमाल, पहाड, तराई, मधेसको भावना संविधानसँग जोडिएको छ । ताप्लेजुंगको थेवे दाई दार्चुलाको सार्कि बाको भावना र वलिदानी यसै संविधानको अन्र्तयमा लुकेको छ । तराईका थारु, मधेसका मधेसी, काठमाण्डौको च्यामे देखी हिमालका शेर्पाको भावना र रगतको सम्बन्ध यसै संविधानसँग जोडिएको छ । तर अहिले नेपाली राजनीतिक उपलब्धिहरुलाई राजनीतिक अवसरवादी संगठनले आफ्नै योगदानले भएको र उसले चाहेको नेपाली जनताले मान्नु पर्ने निर्देशात्मक ढंगको निकृष्ट राजनीतिक गतिविधि गर्दै छ । तर जनताले बुझेको छ, नेपाली राजनीतिमा कुन पार्टीको हैसियत र योगदान के हो ? भन्ने कुरा एमाले जस्तो अवसरवादी राजनीतिक दल र कांग्रेसजस्तो परम्परावादी चिन्तन भएको राजीैतिक पार्टीहरुले अहिलेको उपलब्धिलाई अन्र्तमनले स्विकार्न सकेको छैन । प्रश्न गर्न सकिन्छ के पी ओली ज्यू ? वर्तमान नेपाली समाजले संविधान सभामार्फत प्राप्त गरेका उपलब्धिहरु गणतन्त्र, संघियता, धर्म निरपेक्षता, समावेशिता माओवादी मुद्धाका बारेमा अहिले जनतासँग कुरा गर्न लाज लाग्दैन ? के पीको बयलगाडामा आएका उपलब्धि हुन र यी ?के पीको अन्र्तमनमा यो प्रश्नको उत्तर के होला ? जान्न मन छ, अहिले संस्थागत भएका मुद्धाका विरुद्ध नेतृत्वको टाउकाको मुल्य तोक्ने लफ्फाजीको अन्तर्यमा यो प्रश्नको उत्तर के होला ? जान्न मन छ । तत्कालिन शासकको नजरमा राजनीतिक हैसियत गुमाएका नजरबन्दीहरुको अन्र्तयमा यी प्रश्नका उत्तरहरु के होला ? जान्न मन छ । अहिलेका प्राप्त उपलब्धिलाई स्विकार्ने सबैै नागरिकले निसंकोच माओवादी पार्टी र नेतृत्व स्विकार्नै पर्छ किनभने यी सवै माओवादी पार्टीको मुद्धाहरु स्थापित उपलब्धि हुन, यी उपलब्धि माओवादी नेतृत्वको योगदान हो, माओवादी अभियानका योद्धाहरुको बलिदानीको प्राप्ति हो, यी सवै उपलब्धिसँग सिंगो माओवादी पार्टी र नेपाली समाजको रगतको सम्बन्ध जोडिएको छ । [caption id=\"attachment_124462\" align=\"alignleft\" width=\"319\"] लेखक[/caption] नेपाली राजनीतिमा दलाली गर्न जन्मिएको एमाले जस्तो अवसर वादीहरुको समुह, पार्टीले राज्य सत्तामा हिस्सेदारी खोज्न राजालाई दाम चढाउने, देशको श्रोत र साधनहरु बेच्ने, राष्ट्रिय भावनामा विखण्डन गर्ने काम गरे । नेपाली जनतालाई राम्रोसँग थाहा छ एमालेको असली नियत के हो । नेपाली जनताले बुझनै पर्छ अहिलेका उपलब्धिहरुको रक्षा र विकासको श्रेय माओवादीलाई जान्छ र दिनुपनि पर्छ । संघियताको सहि प्रयोग, जनतालाई थप अधिकार प्रत्ययोजनलाई विश्वाशिलो पार्दै अगाडी बढ्नका लागि अहिलेको आवश्यकता माओवादी केन्द्र हो, उन्नत किसिमको नयाँ माओवादी शक्ति केन्द्र हो, एकिकरण सहितको माओवादी हो, प्रचण्ड, बाबुराम, बैद्य, बादल र विप्लव सहितको नेतृत्वको हो, यसका लागी माओवादी पार्टीका नेताहरुको विवेकले विवेक पुर्ण निर्णय लिने कि नलिने जनताको चाहनासँग जोड्ने कि नजोड्ने, उपलब्धिहरु माथी समग्र माओवादी घटकहरुले पुर्ण स्वामित्व लिने कि नलिने ? माओवादी फुट्नुको औचित्य जनताले खोजिरहेका छन् । आउ फेरी एक पटक माओवादी पार्टी बनाउ दलालहरुलाई, विखण्डनकारीहरुलाई, अवसरवादीहरुलाई, देश बेचुवाहरुलाई दण्डित गरौ !
प्रतिकृया लेख्नुहोस्: