Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

यसकारण बदलियो मौसम

\"\"काठमाडौँ, १४ चैत । सामान्यतः मार्च (फागुन ÷चैत) महिना मेघ गर्जनसहित वर्षात् हुने मौसम हो तर, अघिल्ला वर्षको तुलनामा यो महिनामा बढी नै वर्षात् भएको छ । वर्षात् मात्र हैन, लामो समयसम्म बद्ली गराउने प्रणालीको विकाससमेत गराएको छ । महिनाको उत्तरार्धमा साताभन्दा बढी समयदेखि नेपालको मौसम बद्लीसँगै वर्षात् पनि भएको छ, तर यसको प्रभाव पश्चिमी भेगमा त्यति छैन, खासगरी देशका पूर्वी र मध्य भेगमा बढी असर देखिएको छ, मौसमविद्को भाषामा यसलाई फरक किसिमले तुलना गरिएको छ । वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठ भन्छन्, – “मार्च महिना बढी पानी पर्ने समय हो तर यस किसिमको निरन्तर प्रभाव अघिल्ला वर्षमा थिएन, काठमाडौँ उपत्यकाको अहिलेको अवस्था हेर्ने हो भने झन्डै दोब्बर २०० प्रतिशत बढी वर्षात् भएको छ, सामान्यत मार्चमा उपत्यकामा ३५ प्रतिशत वर्षात हुन्छ, अहिले ६५ मिलिमिटर वर्षात् भइसकेको छ, यो अझै केही दिन लम्बिने देखिन्छ ।” पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको सम्मिश्रणका कारण मौसम बद्लीसँगै वर्षात् भएको मौसमविद् मीनकुमार अर्यालले बताउँछन् । पश्चिम बङ्गाल र बङ्गलादेशमा न्यूनचापीय क्षेत्र रहिरहेका कारण त्यसको असर नेपालमा देखिएको छ । उक्त प्रणालीका कारण मेघ गर्जनसहितको वर्षात र असिना वर्षाएको छ । अर्कोतर्फ जमिनको तल्लो सतहमा बङ्गालको खाडीबाट सामान्य खालको हल्का जलवाष्पयुक्त हावाको प्रवेशका कारण पनि मौसममा गडबडी आएको छ । जलवाष्पयुक्त हावा वायुमण्डलमा माथिसम्म जान नसकेका कारण दिन धुम्म हुने र राम्रोसँग वर्षात् गराउन नसकेको मौसमविद् अर्यालले बताए । “पश्चिमी वायुका साथै पूर्व र मध्य भेगको जमिनको तल्लो सतहमा बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रवेशले असर देखिएको छ, तर यसको वायुमण्डलमा माथिसम्म प्रभाव छैन, जसका कारण पानी पर्न सकिरहेको छैन”– उनले भने । यो प्रणालीले मध्य र पूर्वी भेगमा असर गरेपनि पश्चिमी भेगमा खासै बद्ली हुने देखिँदैन । पूर्वी भागको तल्लो सतहमा सामान्य खालको न्यूनचापीय क्षेत्रको विकासले गर्दा बद्ली गराएको मौसमविद् अर्यालको भनाइ छ । उनका अनुसार पूर्वी र मध्य भेगमा अझै दुई÷चार दिन बद्लीसँगै वर्षात् हुनेछ । ती क्षेत्रमा मध्याह्नपछि यसको प्रभाव बढी देखिनेछ भने पश्चिमी पहाडी भेगमा सामान्य बद्ली रहनेछ । हुनत, अहिले प्रि–मनसुन पनि चलिरहेको छ, मार्च, अप्रिल र मे महिनामा प्रि–मनसुन पर्छ, जुन महिनाको पहिलो साताबाट मनसुन सुरु हुन्छ । मौसमविद् श्रेष्ठले लामोसमयदेखि विकास भएको यो प्रणाली मध्य र पूर्वी भेगमा अझै दोहोरिने र यसले मेघ गर्जनसहित असिना पानी र हावाहुरी आउने सम्भावना रहेको बताए । नेपालको पूर्वतिर सर्दै समाप्त हुनुपर्ने प्रणाली मध्य र पूर्वी भेगमा अडिएको छ, यसको असर बङगलादेशमा पनि बढी छ । “पश्चिमी वायुको प्रभावसँगै न्यूनचापीय क्षेत्र रहिरहेकाले यो प्रणाली लम्बिने देखिन्छ, यो सुक्खा मौसम हो, मनसुन सुरु भएपछि मात्र पानी पर्नुपर्ने हो, त्यसैले यो परिदृश्यलाई जलवायु परिवर्तनसँग जोड्न सकिन्छ, यकिन चाँही अनुसन्धान नभई भन्न सकिन्न, नेपालको पूर्वी तथा मध्य भागमा अलि बढी पानी परेको देखिन्छ”– वरिष्ठ मौसमविद् श्रेष्ठले भने । मौसममा आइरहेको फेरबदलले मानव स्वास्थ्यमा समेत असर पर्नसक्ने आँकलन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २७ डिग्री र न्यूनतम १५ डिग्री सेल्सियस रहेको छ । (रासस)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending