Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

तस्करीमा समेत एम्बुलेन्सको प्रयोग

\"\"नेपालगन्ज, १८ चैत । विभिन्न सामाजिक संस्थाबाट बाँके जिल्लामा सञ्चालित एम्बुलेन्सको दुरुपयोग बढ्दै गएकामा सरोकारवाला र सेवाग्राहीले चिन्ता व्यक्त गरेका छन् । जिल्लामा सञ्चालित एम्बुलेन्स ग्रामीणमुखी हु न नसकेको, जथाभावि शुल्क लिने गरेको, रातिको समयमा सेवा दिन आनाकानी गर्ने गरेको, एम्बुलेन्समा यात्रु राखिने गरेको लगायतका गुनासो सेवाग्राहीको छ । रेडक्रस, शाख प्रमुख निरजञ्ना मल्लले एम्बुलेन्सको व्यापक दुरुपयोग बढेको स्वीकार्दै त्यसको सुधारका लागि सरकारले विद्यमान नीतिगत व्यवस्थामा सुधार गर्नुपर्ने र एम्बुलेन्स सञ्चालकमा पनि व्यावसायिक इमान्दारिता हुनुपर्ने बताउँछन् । एम्बुलेन्स सेवालाई व्यवस्थित रुपमा निर्देशिका अनुरुप सञ्चालन गराउने जिम्मा लिएको जिल्ला एम्बुलेन्स सेवा समितिको भूमिका पनि अपेक्षाकृत हुन नसकेकाले पनि दुरुपयोग बढ्नुको प्रमुख कारण रहेको उनको भनाई थियो । प्रमुख जिल्ला अधिकारी अध्यक्ष, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधि सदस्य सचिव र जिल्ला रेडक्रस, जिल्ला प्रहरी कार्यालय र भेरी अञ्चल अस्पतालका प्रतिनिधि सदस्य रहेको सो समितिले एम्बुलेन्स सेवा प्रदायकसँग बेलाबेला अन्तक्र्रिया तथा छलफल गर्नुबाहेक दुरुपयोग नियन्त्रणका लागि ठोस काम भने गर्न सकेको छैन । अझ पछिल्लो समयमा जिल्लामा सञ्चालित एम्बुलेन्सलाई सञ्चालकले तस्करीका रुपमा समेत प्रयोग गर्दै आएका छन् । बुधबार एक एम्बुलेन्सबाट सशस्त्र प्रहरी सीमा सुरक्षा बलले जिल्लाको सीमापारि बजारबाट तस्करी गरी ल्याइएको १९८ थान लेहङ्गा, साडी बरामद गरेपछि एम्बुलेन्सलाई सञ्चालकले तस्करीका लागि प्रयोग गर्दै आएको रहस्य खुलेको हो । भूपू सैनिक सङ्गठनको नाममा दर्ता भएको सो एम्बुलेन्स कमल क्षेत्रीले ठेक्कामा सञ्चालन गर्दै आएका थिए । प्रहरी नियन्त्रणमा रहेको चालकले क्षेत्रीको निर्देशनमा तस्करीका रुपमा एम्बुलेन्स प्रयोग गर्दै आएको भेद खोलेका छन् । एम्बुलेन्स सेवासम्बन्धी व्यापक गुनासो सुनिन थालेकाले अब यस विषयमा कडाइ गर्नैपर्ने अवस्था आएको रेडक्रस प्रमुख मल्लको भनाइ छ । अर्कोतर्फ ग्रामिण क्षेत्रबाट एम्बुलेन्स माग भई आएमा एम्बुलेन्स जान सक्ने कच्ची तथा ग्राभेल वाटो भए पनि “एम्बुलेन्स बिग्रेको छ, ड्राइभर छैन” भनि सेवा दिन आनाकानी गर्ने र सेवा दिइहाले पनि बढी रकम लिने गरेको पनि जनगुनासो छ । तथ्याङ्कअनुसार, बाँके जिल्लामा रेडक्रसअन्तर्गत छ र अन्य १८ गैरसरकारी संस्थाका समेत कुल २७ एम्बुलेन्स सञ्चालनमा छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending