Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

इलाममा गाई पनि रेडियो सुन्छन्

\"\"इलाम,२३ चैत । गाई पनि रेडियो सुन्छन् भन्दा तपाई पत्याउनुहुन्छ ? तर इलाममा जब गाईले रेडियो सुन्छन् ‘‘पाउर काडेर’९ फिँज काडेर मस्त हुन्छन् । सफा, चटक्क परेको गाईगोठ देखेर यहाँ घुम्न आउने अनेकौँ कृषकहरु मन्त्रमुग्ध हुन्छन् र नयाँ प्रविधि र तरिका सिकेर फर्किन्छन् । गाईलाई तनावमुक्त वातावरण तयार गर्न इलामको सूर्योदय नगरपालिका–३ स्थित भालुखोपको त्रिबदर्श गाई फार्ममा रहेका उन्नत जातका गाईले विभिन्न एफएम रेडियोको भजन र आधुनिक गीत सुनेर मनोरञ्जन लिन्छन् । त्रिबदर्श गाई फार्मका सञ्चालक कुमार रेग्मीले गाईलाई कुनै पनि प्रकारको ध्वनिले तनाव नदिनका लागि विभिन्न एफएम रेडियो सुनाएको र त्यसले दूधको उत्पादन नघटेको बताए । उनले त्यहाँस्थित चियाबारी एफएम, इलाम एफएम, पाथीभरा एफएममा आउने बिहानका भजन र दिउँसो आउने विभिन्न गीत सुनाएर दूध उत्पादनमा कमी आउन नदिन गाईलाई रेडियो सुनाएको जानकारी दिए । गाईवस्तु तनावमुक्त भएपछि दूध उत्पादन घट्दैन उहाँले भन्नुभयो । सफा, चटक्क परेको गाईगोठमा अनेकौँ कृषक उनले सञ्चालन गरेको फार्मबाट मन्त्रमुग्ध हुन्छन् र नयाँ प्रविधि, तरिका सिकेर फर्किन्छन् । व्यावसायिकरुपमा अधिकतम ४० वटा होल्स्टेन नामक उन्नत जातका गाईपालन गरेर दैनिक रु १० हजार ५०० सम्म आम्दानी लिनुभएका रेग्मीले अहिले दैनिक १५० लिटर दूध उत्पादन भइरहेको बताए । उनले भने – व्यावसायिक गाईफार्ममा दूधबाट मात्रै आम्दानी लिदैनाँै, गाईको मल र मूत्रबाट पनि आम्दानी लिइरहेका छौँ । युवा धेरै विदेशिएको अवस्थाले आफ्नै देशमा काम गर्नुपर्छ भन्ने सोचका साथ आफ्ना तीन भाइको सल्लाहमा व्यावसायिक गाई फार्म सञ्चालन भएको जानकारी दिँदै रेग्मीले तत्काल नाफाभन्दा पनि पाँच वर्षको लक्ष्य लिएर फार्म सञ्चालन गरेको बताए । उनले परम्परागतरुपमा गरिने गाईपालनबाट लक्ष्य हासिल गर्न कठिनाइ हुने तर्क गर्दै आधुनिक र समयसापेक्ष रुपमा गाईपालन गर्दा कति दाना गाईलाई खुवाउँदा लागत घट्छ त्यसको हेक्का राख्नुपर्ने बताए । गाउँघरका धेरै साथी विदेश गए, मलाई पनि जाउँ जाउँ लागेको थियो, तर उनीहरु फर्केपछि पुरानै अवस्थामा आए । त्यही भएर दिगो लाभ लिन मैले गाईफार्म सञ्चालन गर्ने सोच बनाएँ, गाई फार्म सञ्चालनको कारण बताउँदै रेग्मीले सुनाए । विसं २०७० देखि तीन दाजुभाइ, कुमार, यमकुमार र अरुण रेग्मीले सञ्चालन गरेको गाई फार्ममा सुरुको चरणमा रु १० लाखको लगानी भएको थियो तर पछि फार्ममा जम्मा रु ५० लाखको लगानी भएको थियो । गोठ सुधारलगायतका विभिन्न कार्यक्रमबाट पटकपटक अनुदान लिएका रेग्मीले नयाँ प्रविधिमार्फत गाई दुहुन्छन् । ‘मिल्किङ मेसिन’ नामक उपकरण गाईको थुनमा जडान गरेर छदेखि १५ मिनेटमा दुई वटा गाई दुहुन सकिने जानकारी दिँदै उनले बढीमा २६ लिटरसम्म दूध दुहुन सकिने बताए । व्यवसायिक फार्मका लागि ११० रोपनी जग्गा लिजमा लिएर अम्रिसो र नेपियर घाँस उत्पादन गरेर १० केजी सुक्खा घाँसमा दुई केजी हरियो घाँस मिलाएर पशु आहारा पूरा गरेको उल्लेख गरे। भारतको पटनाबाट झन्डै रु तीनलाखको लागतमा सो उन्नत जातको गाई भित्र्याएर फार्म सुरु गरेका रेग्मीले ७५ प्रतिशत बिमा गरेका छन् । जिल्ला पशुसेवा कार्यालय, धुलिखेलका प्रमुख डा नारायण श्रेष्ठले पशुको मनमा भएको त्रास हटाउन संगीत प्रयोगमा आएको जानकारी दिँदै त्यसबाट उत्पादनमा वृद्धि हुने र पशु स्वास्थ्य पनि राम्रो हुने बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending