Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

गिर्जाघर आक्रमणपछि इजिप्टमा संकटकाल

\"\"इजिप्ट, २८ चैत । कप्टिक गिर्जाघरहरुमा भएका आक्रमणपछि इजिप्टका राष्ट्रपति अब्दुल फताह अल(सीसीले देशभर तीन महिने संकटकाल लगाएको घोषणा गरेका छन् । उक्त निर्णयसँगै महत्वपूर्ण संरचनाको सुरक्षाका लागि अब इजिप्टमा प्रहरीसँगै सेना खटिनेछ र सुरक्षा निकायलाई पक्राउ पूर्जी विना गिरफ्तारीहरु गर्ने अधिकार हुनेछ । आइतबार राजधानी कायरो नजिकै रहेको गिर्जाघरमा भएको पहिलो विस्फोटनमा कम्तीमा २७ जना मारिएका थिए र एलेक्जेण्ड्रियाको एउटा क्याथीड्रलमा गराइएको अर्को विस्फोटनमा कम्तीमा १६ जनाले ज्यान गुमाएका थिए । ुपाम सन्डेु भन्ने चाड मनाउन भेला भएका ईसाईहरुलाई लक्षित गरि गराइएका ती विस्फोटनको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको छ । विस्फोटनहरुबारे राष्ट्रिय सुरक्षा परिषदको बैठकमा छलफल गरेपछि आफ्नो कार्यलयबाट गरेको सम्बोधनमा राष्ट्रपति सीसीले आफू पछि नहट्ने प्रष्ट पारे । उनले जिहादी विरुद्धको युद्ध लामो र पीडादायी हुने भन्दै सबै कानूनी र संवैधानिक प्रकिया पूरा गरेर संकटकाल कार्यान्वयनमा आउने जनाए । संसदमा रहेका बहुमत सदस्यको समर्थन राष्ट्रपति सीसीलाई छ र संसदले अनुमोदन गरेपछि संकटकाल कार्यान्वयनमा आउनेछ । यसअघि उनले महत्वपूर्ण र अत्यावश्यक संरचनाको सुरक्षाको जिम्मेवारी दिएर देशभर सेना परिचालन गर्ने आदेश दिएका थिए । संकटकालको कार्यान्वयनसँगै अधिकारीहरुले विना पूर्जी मानिसहरुलाई गिरफ्तार गर्न र घरमा छापा मार्न पाउनेछन् । जेरुसलेममा जिसस क्राइस्ट प्रवेश गरेको पवित्र दिनका रुपमा मनाइने पाम सन्डेको अवसरमा विभिन्न समारोहहरु भइरहँदा टान्टा र एलेक्जेण्ड्रियास्थित गिर्जाघरमा आइतबार विस्फोटन गराइएका थिए । इस्लामिक स्टेट समूहले आफ्ना दुई आत्मघाती हमलाकारीले सो विस्फोटन गराएको बताएको छ । ईसाई धर्मगुरु पोप फ्रान्सिसले कुल जनसंख्याको १० प्रतिशत ईसाई रहेको इजिप्टको भ्रमण गर्नु केही साता पहिले पछिल्लो हमला भएको हो। बीबीसीका अरब मामिला सम्पादक सेबास्टियन असर भन्छन्, इजिप्टका ईसाईहरुले आफूलाई अल्पसंख्यक र जोखिममा रहेका समुदायका रुपमा ठान्ने गरेका छन् र बढ्दो जिहादी उग्रवादले इजिप्टमा हालैका वर्षहरुमा सर्वसाधारणमा असुरक्षा निकै बढाएको छ । राष्ट्रपति सीसीको पछिल्लो कदमले अधिकारवादी समूहलाई थप चिन्तित बनाउने विश्लेषण गरिएको छ । पूर्व सेना प्रमुख रहेका उनले इजिप्टमा दशौँ हजार विपक्षीलाई गिरफ्तार गरेर यातना दिएको र नागरिक तथा राजनीतिक अधिकार कुन्ठित गरेको आरोप खेपिरहेका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies