बाइसी चौबिसे राज्य एकीकरण गर्ने सवालमा ती राज्यका धर्म, सँस्कृतिहरु तहस नहस गरेको कथाहरु अझै पनि ताजै छन । शक्तिशाली राज्यहरुले अपनाएको शोषण र सामन्तवादी नीतिले गर्दा तामाङ समुदायको धर्म संस्कृतिलाई तोडमोड गरिएको छ ।तामाङ जातिको मुख्य बसोबास स्थल उच्च पहाडी भू–भाग भएतापनि आजभोली अधिकांश जिल्लाहरुमा छरिएर रहेका छन् । साथै अन्य देशहरुमा रोजगारको सिलसिलमा अस्थायी र स्थायी रुपमा बसोबास गरेको पाईन्छ । यस कारणले गर्दा पनि आफ्नो ऐतिहासिक पुख्र्यौली मूल थलोबाट तामाङहरु दिनदिनै विस्थापित हुने क्रमले तिब्रता लिइरहेको देखिन्छ । जसले गर्दा नयाँ पुस्ताका तामाङहरुले स्थान परिवर्तनसंगै आफ्नो गौरवमय भाषा, सँस्कृति, संस्कार, परम्परा र ऐतिहासिक चिजहरुबाट अनभिज्ञ बन्दै गैरहेका छन् । त्यसैले अब सम्पूर्ण तामाङ जातिले हाम्रो आफ्नो भाषा, संस्कार र संस्कृतिको कसरी जगेर्ना गर्ने भन्ने विषयमा गम्भीरतापुर्वक सोच्न जरुरी देखिन्छ । यदि हामीले अहिले नै संरक्षण गर्न सकिएन भने हाम्रा सन्ततिहरुलाई हाम्रो पुर्खाको इतिहास यस्तो थियो भनेर देखाउन सक्ने अवस्था समेत नरहन सक्छ । [caption id=\"attachment_126768\" align=\"alignleft\" width=\"300\"] लेखक[/caption] कुनै पनि राष्ट्रको धर्म, तथा सँस्कृतिले त्यो देश र त्यहाँको नागरिकको परिचय दिन्छ्र । धर्म, सँस्कृति भनेको कुनै पनि समाजको मुल्य तथा मान्यताका आधारहरु हुन् । यसलाई तत्कालिन राजनैतिक, आर्थिक तथा शैक्षिक वातावरणले प्रत्यक्ष प्रभाब पार्ने गर्दछ । संस्कार र संस्कृति भनेको मानिसलाई पुर्खाले उपहारमा दिएको अमुल्य बस्तु हो । यसलाई मर्म र भावना नबिग्रने गरि समायानुकुल परिमार्जन गर्दै जीवनोपयोगी तथा व्यवहारिक संस्कृतिको निर्माण गर्न जरुरी छ । प्रकृतिले दिएको बस्तुलाई समेत मानिसले आफ्नो बल र क्षमताले आफ्नो नियन्त्रणमा गर्न सक्ने अहिलेको जमानामा हामीलाई हाम्रा पिता पुर्खाले छोडेर गएको संस्कृति, संस्कार र इतिहासलाई जोगाएर राख्नु मात्र नभई विश्व सामु चिनाउने लक्ष्य पनि हुनुपर्छ । समाजिक तथा धार्मिक सँस्कारहरु अनुशरण गर्नुको अभिप्राय आत्मा शुद्धिको लागि गरिने धार्मिक क्रियाकलापहरु तथा व्यक्तिको शारीरिक, मानसिक एबं बौद्धिक अभिवृद्धिको निम्ति गरिने अनुष्ठान हरु हुन । यस किसिमका सँस्कारले समाजको बिकासको साथसाथै व्यक्तिको आफ्नो व्यक्तित्व समेत झल्काउछ । धर्म, भाषा, सँस्कृति नै हाम्रो पहिचान हो । त्यसैले यसको संरक्षण र प्रबद्र्धन गर्नु जरुरी छ । २१ शताब्दीको यो संघारमा हामी सम्पुर्ण तामाङ युवाहरुको काँधमा ठुलो दायित्व छ हाम्रो पुरातन संस्कृतिहरुको जगेर्ना गरिराख्नु । यसको लागि हामी एकदुई जना मात्रै नभई सम्पुर्ण समुदाय एकजुट हुन जरुरी छ । यसै संस्कृति अन्र्तगतको तामाङ समुदायको महान् चाड हो ल्होसार । जसको आफ्नै मौलिक विशेषता रहेको छ । ल्होछार पर्व वास्तविक रुपमा विशेष गरि तामाङ समुदायका व्यक्तिहरुले के हो भनेर बुझ्न जरुरी छ । यो पर्व हाम्रो संस्कार मात्रै नभएर पहिचान पनि हो । ल्होछार बिगत लामो समयदेखि मान्दै आइरहेको तामाङ लगायत जातिको महान पर्व हो । नेपालमा अठारौ तिरबाट बाइसी चौबिसी राज्यहरु देखा पर्छन त्यो बेलामा विभिन्न जनजाति समुदायका राज्यहरु थिए आफ्नै धर्म सँस्कृति र संस्कारहरु थिए । तर बाइसी चौबिसे राज्य एकीकरण गर्ने सवालमा ती राज्यका धर्म, सँस्कृतिहरु तहस नहस गरेको कथाहरु अझै पनि ताजै छन । शक्तिशाली राज्यहरुले अपनाएको शोषण र सामन्तवादी नीतिले गर्दा तामाङ समुदायको धर्म संस्कृतिलाई तोडमोड गरिएको छ । यसैले गर्दा नै लोप हुदै गइरहेको तामाङ धर्म सँस्कृति र इतिहासको खोज अनुसन्धान र प्रवद्र्धन गर्नु पर्ने आवश्यकता छ ।
प्रतिकृया लेख्नुहोस्: