Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

चुनावमा भाग नलिने मधेशी मोर्चाको निर्णय

[caption id=\"attachment_106425\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौं, ३० चैत । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले कुनै पनि निर्वाचनमा भाग नलिने निर्णय गरेको छ । तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालय बिजुलीबजारमा आज बसेको बैठकले सरकारले संसदमा पेस गरेको विधेयकले मोर्चाको मागलाई सम्बोधन नगरेको भन्दै आफ्नो माग पुरा नभएसम्म कुनै पनि चुनावमा भाग नलिने निर्णय गरेको हो । संविधान संशोधन नुहँदासम्म आदोलन जारी राख्ने भन्दै मोर्चाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलन जारी रहेको वर्तमान अवस्थामा हुने निर्वाचनमा मोर्चा सहभागी नहुने निर्णय गर्दछ ।’ मोर्चाले पुरानो विधेयकमा उल्लेखित नागरिकता, राष्ट्रिय सभा, भाषाको विषय परिमार्जन नगरिएको र सिमांकनलाई संशोधन नगरिएको भन्दै उक्त संशोधन विधेयकलाई अस्वीकार गर्ने निर्णय समेत गरेको छ ।   बैठकले दबावमुलक आन्दोलनका कार्यक्रम पनि घोषणा पनि गरेको छ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मोर्चा र गठबन्धनले उठाएका मुद्दा सम्बोधन गराउन शान्तिपूर्ण अहिंसात्मक जनअवज्ञा आन्दोलनलाई निरन्तर जारी राख्ने बताए । भोलि तराई मधेसका जिल्ला सदरमुकामहरुमा प्रदर्शन गर्ने र वैशाख ३ गते जिल्ला निर्वाचन कार्यालय घेराउ गर्ने मोर्चाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending