Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

स्थानीय तहको चुनाव दुई चरणमा हुने

\"\"काठमाडौं, ३० चैत । स्थानीय तहको चुनाव दुई चरणमै हुने पक्कापक्कि भएको छ । वैशाख ३१ गतेका लागि तय भएको चुनाव तराईका ११ जिल्लामा भने दोस्रो चरणमा गर्ने हुने बताइएको छ । सरकारले मधेसी मोर्चाको माग सम्बोधनका लागि मंगलबार संसद्मा नयाँ विधेयक दर्ता गरेपछि तराई लगायतका ११ जिल्लालाई छोडेर बाँकी जिल्लामा वैशाख ३१ गते चुनाव हुने सहमति बनेको हो । सरकारले म‌ङ्गलबार मधेसी मोर्चाको असन्तुष्टि सम्बोधन गर्न संविधान संशोधनको नयाँ प्रस्ताव दर्ता गरेको छ। संसदमा उक्त प्रस्ताव पारित गरी अघि बढ्दा दुई र पाँच नम्बर प्रदेशसहित केही भागमा दोस्रो चरणमा निर्वाचन हुन लागेको हो । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई चरणमा चुनाव गर्न प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सहमत थिए । त्यसपछि दलहरुबीचमा सहमति जुटाएर दूई चरणमा चुनाव गरिने समझदारी बनेको हो । संशोधन प्रस्तावसँगै मोर्चाको मागअनुसार तराई मधेसका जिल्लामा स्थानीय तहको संख्या बढाउँदा मोर्चा पनि निर्वाचनमा सहभागी हुन सक्ने सरकारको विश्वास छ। त्यसैका लागि सरकारले दुई र पाँच नम्बर प्रदेशसहित केही भागमा दोस्रो चरणमा निर्वाचन गराउने तयारी गरेको हो । संसदको सुशासन समितिमा मंगलबार बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैशाख ३१ गते निर्वाचन हुँदैन कि भन्ने आशंका नगर्न आग्रह गरेका थिए। ‘राजनीतिक दलहरूबीच सहमति गरेर वैशाख ३१ का अलवा त्यसपछि पनि केही भागमा दोस्रो चरणमा निर्वाचन हुन सक्छ,’ दाहालले भनेका थिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending