Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

०७३ सालः जसले तताए मिडिया

\"\" २०७३ साललाई हिजोबाट विदाई गरेर आजबाट २०७४ साललाई स्वागत गरेका छौं । हामीले गएको सालमा भएको कमिकमजोरी विर्सिएर भित्रिएको सालमा सच्याउँदै जानु आवश्यक छ । ०७३ सालमा धेरै विभिन्न घटना घटे, त्यस मध्ये केहि सुखद र केहि दुःखद पनि भए । अघिल्लो सालमा जसले मिडिया तताए, उनीहरुको हामीले चर्चा गरेका छौं । जनार्दन शर्मा ‘प्रभाकर’ (उर्जामन्त्री)– कुलमान घिसिङ (विद्युत प्राधिकरण प्रमुख) [caption id=\"attachment_114531\" align=\"alignleft\" width=\"300\"]\"\" जनार्दन/कुलमान[/caption] शान्ति प्रक्रियापछि माओवादीले तीन पटक सरकारको नेतृत्व ग¥यो । त्यसमध्ये पछिल्लो पटक सरकारको नेतृत्व गर्दा उर्जामन्त्रीमा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’लाई नियुक्त गरियो । त्यसपछि उनले ११ औं तहका कर्मचारी कुलमान घिसिङलाई नेपाल प्राधिकरणको कार्यकारी प्रमुख बनाए । नेताको कुरा धेरै र कर्मचारी घुसखोरी मात्र बुझ्ने नेपालीहरुलाई यो जोडीले राम्रा काम गरेर देखाएका छन्, जसको कारण जनताका मन र मुटुमा बसिरहे । जनार्दन–कुलमानको यो जोडीले दैनिक १८ घण्टा लोडसेडिङका तालिका घरका भित्तामा टाँसेर बस्ने राजधानीबासीलाई त्यो तालिका च्यात्न बाध्य बनायो । यी जोडीका कारण नेपालमा अहिलेसम्म हट्न नसकेको लोडसेडिङ हटेको छ । जसका कारण उनीहरु बर्ष भरि पत्रपत्रिकाको ‘फ्रण्टपेज’, अनलाइनका शीर्ष र टेलिभिजनका ‘ब्रेकिङ’ बनिरहे । नेपालमा जहिलेपनि नेता र कर्मचारीको विरोध गर्ने जनताहरु अहिले मुख टाल्न बाध्य छन् ।   [caption id=\"attachment_92400\" align=\"alignleft\" width=\"300\"]\"\" गगन[/caption] गगन थापा नेपाली कांग्रेसका युवा नेता हुन् गगन थापा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको स्वास्थ्यमन्त्री बनेका थापाले पद सम्हाल्ना साथै स्वास्थ्य क्षेत्रमा सुधारका योजनाहरु अघि सारे । मन्त्री पद सम्हाल्नु अघि थापाको राजनीतिक भविष्य सिध्याउनका लागि मन्त्री बनाउन लागेको चर्चा चलिरहँदा अहिले स्वास्थ्य क्षेत्रका सधारको काम गर्दा वाहि वाहिको पात्र बनेका छन् । ०७३ को मध्य वर्षतिर अर्बौं सम्पत्ति भएकी कांग्रेस नेतृ सुजता कोईरालालाई उपचारको नाममा ५० लाख दिने विषयले थापा आलोचित भएमा थिए । उनले विभिन्न उपचार निःशुल्क हुने घोषणासमेत गरिसकेका छन् । जसका कारण थापा मिडियामा छाइरहे ।   [caption id=\"attachment_39019\" align=\"alignleft\" width=\"300\"]\"\" मिरा[/caption] मीरा राई अल्ट्रा धावक मीरा राई पूर्व लडाकु हुन् । उनको परिचय यति मात्र होईन, तीन वर्षमै अनुपम अन्तर्रािष्ट्रय सफलता हात पार्ने राई पहिलो नेपाली महिला एथलेट पनि हुन् । २०६६ सालदेखि अल्ट्रा ट्रेलमा प्रवेश गरेकी राई ‘नेसनल ज्योग्राफिक एडभेन्चर्स अफ द इयर’ भएपछि उनले मिडिया तताइन् । सामाजिक सञ्जालतिर पनि राई सबैको प्रिय पात्र बनिन् ।   धुर्मुस–सुन्तली [caption id=\"attachment_69531\" align=\"alignleft\" width=\"300\"]\"\" धुर्मुस/सुन्तली[/caption] हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’लाई नचिन्ने सायद कमै होलान । सधैं टेलिभिजनका पर्दामा देखिने धुर्मुस सुन्तलीलाई अचेल ज्यामी काम गर्दै गरेको भेटिन्छ । ०७२ सालको विनाशकारी भूकम्पले क्षतविक्षत बनेका बस्ती बनाउन उनीहरु निरन्तर लागि परे । काभ्रेको माझी बस्ती र सिन्धुपाल्चोकको गिरानचौरमा एकीकृत बस्ती बनाएर भूकम्प पीडितहरुलाई ठूलै राहत दिएका छन् । आफ्नो व्यवसायलाई थाँति राखेर यो जोडी समाजसेवातिर अघि बढ्यो । सिन्धुपाल्चोकको गिरानचौर मात्रै होईन महोत्तरीको मुसहर बस्ती पनि ठड्याएका छन् उनीहरुले । पुष माघको ठण्डिबाट बर्षौं मृत्युको शिकार बनिरहेका मुसहरहरुका लागि धुर्मुस सुन्तलीले मह्लम लगाएका छन् । काभ्रे, सिन्धुपाल्चोक हुँदै एकिकृत बस्ती निर्माणका लागि मधेस झरेका धुर्मस सुन्तली बर्षभरि समाचारमा छाइरहे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies