Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

अमेरिकाले अफगानिस्तानमा खसालेको बम कति शक्तिशाली ? (भिडियोसहित)

\"\"काठमाडौं, १ बैशाख । सन् २००३ मा फ्लोरिडामा एमओएबीको परीक्षण गरिएको थियो । अमेरिकी सेनाले पूर्वी अफगानिस्तानको नाङ्गारहार प्रान्तमा पहिलो पटक हालसम्मकै सबैभन्दा शक्तिशाली गैर परमाणु बम प्रहार गरेको छ । जीबीयुफोरथ्री बी म्यासिभ अर्डनेन्स एअर ब्लास्ट बम एमओएबी प्राविधिक नाम रहेको उक्त बमलाई सैनिक भाषामा ुमदर अफ अल बम्सु अर्थात सबै बमहरुकी माताको संज्ञा दिइएको छ । पछिल्लो हमलाको निशाना अचिन जिल्लाको विकट पहाडी भूभागमा रहेका इस्लामिक स्टेट भनिने आइएस विद्रोहीले प्रयोग गर्ने गुफाहरुको सञ्जाल रहेको बताइएको छ । गैर परमाणु हतियार भएकाले एमओएबीको प्रहार गर्नका लागि अमेरिकी राष्ट्रपतिको स्वीकृति लिइरहनु पर्दैन । यो एकदमै विशाल हतियार हो जसको उचाई ३० फिट र र तौल ९८ सय किलो रहेको छ । भूउपग्रह प्रणाली जीपिएसबाट निर्देशित हुने यो बम एमसीवान थ्री जिरो नामक सामान बोक्ने विमानको कार्गो राखिने स्थानको ढोकाबाट खसालिन्छ । जमिनलाई छुनु थौरै अघि यो बम बिस्फोटन हुने गर्छ । विमानबाट एमओएबीलाई खसाल्ने क्रममा त्यसलाई एउटा अड्याउने बस्तुमा राखेर बाहिर फ्याँकिन्छ । उक्त बमलाई विशेष प्रकारको प्याराशुटको प्रयोग गरि स्थिर बनाइन्छ र तोकिएको स्थानमा प्रहार गरिन्छ । यसको मूल प्रभाव भयङ्कर विस्फोटका तरङ्गहरु हुन् । १८ हजार पाउन्ड अर्थात ८१ हजार केजी भन्दा बढी टीएनटी क्षमताका कारण प्रत्येक दिशामा १ माइल दुरीसम्म विस्फोट हुने बताइन्छ । सो बमको बाहिरी भागमा रहेको पातलो आल्मुनियमको पत्र विस्फोटको शक्ति बढाउने गरि विशेष किसिमले डिजाइन गरिएको हुन्छ । उक्त बमले जमिनमुनि रहेका संरचना र सुरुङ्गहरुलाई क्षति पुर्याउने सामर्थ्य राख्छ । इराक युद्धका लागि बनाइएको उक्त बमको निर्माण लागत झण्डै एक करोड ६० लाख डलर प्रति बम रहेको छ । उक्त बमको परिक्षण सन् २००३ मा गरिएको थियो तर अहिलेसम्म त्यसलाई कहिल्यै पनि प्रयोग गरिएको थिएन । तर अझै पनि एमओएबी अमेरिकी सेनाको सबैभन्दा शक्तिशाली गैर परमाणु बम भने होइन । म्यासिभ अर्डनेन्स पेनिट्रेटर भनिने एमओपी साढे तेह्र टन भन्दा बढी क्षमताको बम अमेरिकाले बनाइसकेको छ । रुसले पनि आफ्नै पराम्परागत प्रकृतिको शक्तिशाली बम बनाएको छ जसलाई उसले फादर अफ अल बम्स एफओएबी अर्थात बमहरुको पिता भन्ने गर्छ । एफओएबी इन्धन र वायु मिश्रित बम हो जसलाई थर्मोबेरिक अस्त्र पनि भन्ने गरिन्छ । थर्मोबेरिक बम दुई चरणमा विस्फोट हुन्छन् । पहिलो विस्फोटनले विस्फोटक पदार्थहरु छरिवरि पार्छ । ती पदार्थ दोस्रो चरणमा पड्कन्छन्। त्यसले विनाशकारी चापयुक्त तरंग सृजना गर्छ । एमओएबी जस्ता बमको मूल प्रभाव भनेको त्यसले पार्ने मनोवैज्ञानिक असर ठानिन्छ । भयङ्कर शक्तिशाली विस्फोटका कारण सिर्जना हुने त्रासले शत्रुमाझ अत्यन्त ठूलो प्रभाव पार्ने यसको उद्देश्य हुन्छ । वन क्षेत्रलाई सम्याएर हेलिकोप्टर अवतरण गर्ने स्थान निर्माण गर्न प्रयोग गरिने बीएलयू एटिटु डेजी कटर र त्यस्तै प्रकृतिका अस्त्रहरुको प्रयोगपछि एमओएबीको बिकास गरिएको हो । एलाबामामा रहेको एरोनटिक्स कम्पनी डाइनेटिक्सले सबैभन्दा पहिला एमओएबी बम बनाएको हो । बीबीसी  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies