Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

वैदेशिक लगानीमा प्रतिबन्ध

\"\"म्यानमार, १ वैशाख । म्यानमार सरकारले यहाँको केही क्षेत्रको वैदेशिक लगानीमा प्रतिबन्ध लगाएको समाचार छ । यहाँको म्यानमार लगानी बोर्डले वैदेशिक लगानी गर्न नमिल्ने केही क्षेत्रको घोषणा गरेको हो । हाल म्यानमारमा वैदेशिक लगानीका क्षेत्रमा केही वृद्धि भएको बताइएको छ । यसै क्रममा वैदेशिक लगानीको क्षेत्रमा हुनुपर्ने सुधारका क्रममा सुरक्षा, हातहतियार, राष्ट्रिय हुलाक टिकट, हवाई टिकट, वनजन्य वा वन पैदावरको प्रयोग हुने खालका उद्योग, रेडियसनसँग सम्बधित विषय, विद्युतीय शक्तिसँग सम्बन्धित केही वस्तु उत्पादनमा रोक लगाएको छ । यी क्षेत्रमा म्यानमारले वैदेशिक लगानी गर्न नदिने गरी नियमावली बनाएको म्यानमारको केन्द्रीय लगानी बोर्डले शुक्रबार प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिएको छ । स्वच्छ पानीमा हुर्काउन सकिने मत्स्यपालन, विभिन्न सेवा क्षेत्र र पत्रपत्रिका प्रकाशनको कार्य पनि केही सीमित प्रतिशतमात्र उत्पादन गर्न दिने गरी कानुन बनाएको बताइएको छ । म्यानमारमा सन् २०१६ मा मात्र करिब ७० लाख अमेरिकी डलर बराबरको वैदेशिक लगानी भित्रिएको थियो । त्यस आर्थिक वर्षमा म्यानमारमा विश्वका विभिन्न देशका करिब १३५ कम्पनी र फर्मले लगानी गरेका थिए । म्यानमारले यसै आर्थिक वर्षमा कम्तीमा पनि छ अर्ब अमेरिकी डलर बराबरको वैदेशिक लगानी भित्र्याउने बारेमा लक्ष्य राखेको जनाएको छ । यसलाई म्यानमारका अर्थशास्त्रीहरूले पनि सरकारको महत्वाकांक्षी कार्यक्रमका रुपमा लिएका छन् । विगत लामो समयदेखि सैनिक शासनका माध्यमबाट शासन गरिएको र जसका कारण बाहिरी विश्वबाट पनि धेरै नै टाढा रहेको म्यानमारमा केही वर्षयतादेखि भने प्रजातान्त्रिक सरकार रहेको छ । यसै सरकारले म्यानमारमा आर्थिक विकास कैयौँ सम्भावना रहेको बताएको छ । साथै देशमा प्रजातान्त्रिक व्यवस्था र शान्तिपूर्ण अवस्था रहेकोले यहाँ वैदेशिक लगानीको वातावरण रहेको जानकारी सरकारले दिँदै आएको छ । सिन्हवा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending