Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

‘चुनावको सम्चार आयो, नेता आ छैन’

\"\"चितवन, ४ वैशाख । चितवनको विकट पहाडी चेपाङ गाउँमा चुनावको मौखिक समाचार पठाइएको भए पनि प्रचार पुगेको छैन । दलका नेताहरु उम्मेदवार छान्न तल्लीन भएकाले चेपाङलाई नेताले आफूहरु आउँदै गरेको समाचार मात्रै पठाएका छन् । विकट सिद्धिको छेरवाङका सिद्धलाल चेपाङ भन्छन, “चुनावमा हामी आउँदै छौँ है भनेर सम्चार आयो, अरू केही आएन ।” “चुनावको खै अहिलेसम्म था छैन”, अर्का चेपाङ महिला ताराकुमारीले भने । थाहा पायो भने हाम्रो भाइले था पाउने हो, एउटा महेन्द्रले सम्चार पठाथ्यो, ल गाउँलेलाई सुनाइदेउ है हामी आउँदै छ भनेर, लो लो भन्दिउँला भन्यो सिद्धलाले भने, “सम्चार आयो नेता आ छैन ।” गाउँका मेहर सिंह चेपाङलाई पनि चुनावका बारेमा जानकारी छैन । सरकारले पनि आफूलाई नहेरेको बताउने वृद्ध मेहरसिंह भन्छन्, “चुनाव पनि यतिसम्म मलाई था भा छैन, कसैले केही भन्या छैन, पार्टी दल नि आ छैन ।” उनीहरु जस्तै गाउँका सुब्बा चेपाङलाई पनि स्थानीय निकायको निर्वाचनका बारेमा खासै जानकारी नभएको बताउछन् । उनीले चेपाङलाई हेर्ने मान्छेलाई भोट दिने बताए । गाउँका चेपाङ विगतमा भोट दिएर जिताएकाले पनि केही नगरेको गुनासो गर्छन् । “अहिलेसम्म चुनावको केही हालखबर चाल पा छैन, नेताहरु पनि घरघर घुम्या छैन क्यारे,” सुब्बाले भन्ने, “जुनले सुरक्षा गर्छ, गरिबलाई हेर्छ उसैलाई भोट दिने हो ।” उनानचालिस वर्षका सूर्यचन्द चेपाङ पनि चुनावका बारेका केही खबर नै नआएको बताउछन् । चितवनमा यही वैशाख १ गतेदेखि जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । गाउँमा स्वयम्सेवक खटिएका छन् । चितवनमा सात स्थानीय निकाय छन् । कुल तीन लाख १३ हजार एक मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी हरि ढकाल बताउँछन् । पाँच सय चार जना चुनिँदै वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनले चितवनमा पाँच सय चारजना निर्वाचित हुँदैछन् । जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार जिल्लाको एक महानगरपालिका, ६ नगरपालिका र एउटा गाउँपालिका गरी सात तहमा पाँच सय चारजनाका लागि निर्वाचन हुन लागेको हो । निर्वाचित सदस्यबाट पुनः मतदान गरी दलित वा अल्पसङ्ख्यकबाट २० जना पछि निर्वाचित हुने प्रावधान रहेकाले कुल पाँच सय २४ जना स्थानीय निकायमा छानिने जिल्ला निर्वाचन अधिकारी ढकालले जानकारी दिए । “वैशाख ३१ मा पाँच सय चारजनाका लागि निर्वाचन हुन्छ,” ढकालले भने – “निर्वाचित प्रतिनिधिले दलित वा अल्पसङ्ख्यकका लागि पुनः मतदात गरेर २० जना निर्वाचित गर्नेछन् ।” निर्वाचन भएको १५ दिनभित्रमा मतदानबाट उनीहरुलाई ल्याइसक्नुपर्ने प्रावधान रहेको छ । चितवनको ६ वटा नगर र महानगरको मेयर र उपमेयरमा १२ जना तथा एउटा इच्छाकामना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुई गरी मुख्य पदमा १४ जना निर्वाचित हुनेछन् । यस्तै जिल्लाको ९८ वटा वडामा ९८ जना वडाअध्यक्ष चयन हुनेछन् भने हरेक वडामा चारजनाका दरले तीन सय ९२ जना वडासदस्य निर्वाचित हुने छन् । चार सदस्यमध्ये एकजना दलित पर्नेगरी हरेक वडामा दुई महिला सदस्य अनिवार्य रहने व्यवस्था छ । वैशाख ३१ को निर्वाचनमा २९ वडा रहेको भरतपुर महानगरमा कुल एक सय ४७ जना निर्वाचित हुनेछन् । यस्तै १६ वटा वडा रहेको रत्ननगर नगरपालिकामा ८२, तेह्र वडा रहेको खैरहनी नगरपालिकामा ६७ र तेह्र वडा रहेको राप्ती नगरपालिकामा ६७ जना निर्वाचित हुन्छन् । एघार वडा रहेको कालिका नगरपालिकामा ५७ तथा ९ वडा रहेको माडी नगरपालिकामा ४७ जना निर्वाचित हुने जनाइएको छ । यस्तै ७ वडा रहेको इच्छाकामना गाउँपालिकामा ३७ जना निर्वाचित हुनेछन् । कुल तीन लाख १३ हजार दुई मतदाता निर्वाचन आयोगले दिएको अन्तिम नामावलीअनुसार चितवन जिल्लामा कुल तीन लाख १३ हजार दुई मतदाताले यसपालिको स्थानीय तहको निर्वाचनमा मतदान गर्दैछन् । जिल्ला निर्वाचन अधिकारी ढकालका अनुसार मतदाताको अन्तिम नामावली आइसकेको छ र आवश्यक तयारी तीव्र पारिएको छ । जिल्लामा एक सय ६१ मतदानस्थलमा तीन सय ७६ वटा मतदान केन्द्र तोकेर काम भइरहेको छ । जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना भइसकेको छ । जिल्लामा मतदाता शिक्षाका लागि तीन सय ७६ जना स्वयम्सेवकसमेत परिचालन गरिएको ढकालले जानकारी दिए । यहाँ २४ राजनीतिक दलले दल दर्ता गराएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending