Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

निर्वाचनलाई केन्द्रित गरी सुरक्षा योजना तयार – गृहमन्त्री निधि

\"\"बाँके, ४ वैशाख । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनको गृह मन्त्रालयले सम्पूर्ण सुरक्षा व्यवस्था सुदृढ गर्न विशेष केन्द्रीय सुरक्षा योजना तयार गरेको बताएका छन् । मध्यपश्चिमाञ्चल क्षेत्रीय सुरक्षा गोष्ठीको सोमबार आज नेपालगन्जमा उद्घाटन गर्दै गृहमन्त्री निधिले केन्द्रीय सुरक्षा समितिले निर्वाचनलाई लक्षित गरी विशेष योजना तयार गरेको जानकारी गराए । उनले निर्वाचनमा खटिने कर्मचारी, मतदाता, उम्मेदवार, राजनीतिक दल र मतदान केन्द्रको सुरक्षा गर्न सुरक्षा प्रमुखहरुलाई सम्पूर्ण क्षमता प्रयोग गर्न निर्देशन दिँदै निर्वाचन सफल बनाउनुपर्नेमा जोड दिए । गृहमन्त्री निधिले निर्वाचनमा केही असन्तुष्टि, असमझदारी, संविधान विरोधी, भूमिगत समूह तथा राजनीतिक शक्तिहरु सक्रिय रहेकाले चुनौती पनि भएकाले त्यसलाई सामना गर्न सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाएको बताउँदै निर्वाचन आयोगसँगको समन्वयमा निर्वाचन सम्पादन अभियान अगाडि बढाएको बताए । उनले भने– “हामी निर्देशन गर्ने र योजना बनाउने हो, कार्यान्वयन गर्ने तपाईंहरु हो, त्यसैले तपार्इंहरुको भूमिका महत्वपूर्ण छ, हरेक नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाई निर्वाचन सम्पन्न गराउन हाम्रो काँधमा ठूलो जिम्मेवारी छ ।” उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री निधिले यो मुलुकको लागि ऐतिहासिक पुनःसंरचना भई लामो समयपछि स्थानीय तहको निर्वाचन हुन लागेकाले सबैले यसमा सहभागिता जनाउनुपर्ने बताउँदै अब नागरिकका अधिकार सुनिश्चित हुने बेला आएको छ भन्नुुभयो । उनले भने – “यो बैठकले क्षेत्र, अञ्चल र जिल्लाका सुरक्षा व्यवस्था रणनीतिका विषयमा छलफल गरी विशेष प्याकेज तयार गर्नेछ ।” गृह सचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा गृह मन्त्रालयका सहसचिव तथा सुरक्षा समन्वय महाशाखा प्रमुख बालकृष्ण पन्थीले गोष्ठीको उद्देश्यमाथि प्रकाश पारेका थिए भने बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले स्वागत मन्तव्य राखेका थिए । गोष्ठीमा क्षेत्रीय प्रशासक वेगेन्द्र शर्मा पौडेल, नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महत, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलीपराज रेग्मी र मध्यपश्चिमाञ्चल क्षेत्रका १५ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षा प्रमुखको सहभागिता रहेको छ । गोष्ठीमा जिल्लागत रुपमा सुरक्षा अवस्थाका विषयमा प्रस्तुतीकरण र वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सुरक्षा रणनीतिक योजनालगायतका विषयमा विशेष छलफल गरी योजना तयार गरिने जनाइएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending