Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

माओवादी केन्द्रबाट कोहलपुरको मेयरमा न्यौपाने, उपमेयरमा थारु

[caption id=\"attachment_85168\" align=\"alignleft\" width=\"552\"]\"\" नरेन्द्र न्याैपाने[/caption] कोहलपुर, ४ वैशाख  । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपाने कोहलपुर नगरपालिकाबाट मेयर पदमा उम्मेदवार छनोट भएका छन् । त्यस्तै उपमेयरमा देवीकुमारी थारु रहेकी छिन् । अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष समेत रहेका न्यौपाने आगामी दिनमा प्रदेशकै नेतृत्व गर्न सक्ने युवा एवं बिद्यार्थी नेता भएको उनलाई मेयर पदमा अगाडि सारिएको माओवादी केन्द्र कोहलपुरका अध्यक्ष चापागाईले खबरडबलीलाई बताए । उनले कोहलपुरको विकास निर्माणमा माओवादीको हस्तक्षेपपुर्ण सहभागिताले र युवा नेतृत्वको कारण आफुहरुको जित सुनिश्चित रहेको बताए । चपागाईका अनुसार कोहलपुरवासीको लामो समयदेखिको मागका रुपमा रहदै आएको ईलाका प्रशासन कार्यलय कोहलपुरमा स्थापना, बिद्युतको शाखा कार्यालय कोहलपुरमा स्थपनामा माओवादी केन्द्रले खेलेको नेतृत्वदायी भुमिका कारण पनि आफुहरु जनताको मनमा रहेको बताए । अध्यक्ष चापागाईका अनुुसार बाँकेको भवानियापुरमा बन्न लागेको नेपालगंज मेडिकल कलेज सशस्त्र द्धन्दका समयमा माओवादी केन्द्रको दवावका कारण कोहलपुरमा स्थापना भई हाल कोहलपुरको विकासमा महत्वपुर्ण योगदान दिन सफल भएको उनका दाबी छ । मेयर पदका उम्मेदवार न्यौपानेले माओवादी आन्दोलनको बलिदानिपुर्ण सर्घषबाट सिंहदरवारको अधिकार कटौति गरी नगरपालिका र गाउँपालीका बनाउन सम्भव भएकाले पनि २ दशक पछि हुन लागेको स्थानीय निर्वाचनमा माओवादीको जित आवश्यक रहेको बताए । उनले माओवादी नेतृत्वमा भएको परिर्वतनलाई स्थायित्व दिन अहिले हुन लागेको स्थानीय निर्वाचनमा माओवादी नेतृत्व अनिवार्य रहेको बताए । उनले पछिल्लो माओवादी नेतृत्वको सरकारले गरेका उदाहरणीय कामका कारण पनि माओावदीलाई फेरी एक पटक अवसर दिनुपर्ने जनताका मत रहेको आफुले निर्वाचन अभियानका क्रममा पाएको बताए । लामो समयदेखी बन्द रहेको नेपाल टेलिभिनको क्षेत्रिय प्रशारणमा थप क्षमताका साथ पुन प्रशारण गर्न पनि आफुहरु सफल भएको न्यौपानेको बताए । विकास र परिवर्तनका लागि माओवादी नेतृत्व भन्ने आफुहरुको मुल नारा रहको उनको भनाई छ । उपमेयर पदकी उम्मेदवार थारु लामो समयदेखि महिला एव थारु आन्दोलनमा सक्रिय भएको माओवादी केन्द्रका नगर सचिव अबिरल खडकाले खबरडबलीलाई बताए । बिभिन्न समाजिक क्षेत्रमा क्रियाशील थारु माओवादी आन्दोलनका बेला बेपत्ता परिवार समेत हुन् । उनले स्थानीय शान्ति समिति बाँकेको नेतृत्वमा रहेर काम गरि सकेकी छिन् । २०५४ स्थानीय निर्वाचनमा तत्कालिन रझेना गाबिस बडा नं ४ बाट महिला सदस्यमा निर्वाचित भएकी थिईन् । माओवादी केन्द्रले १५ बटै बडाका वडा अध्यक्ष र सदस्य हरुको टुगो लगाई सकेको छ । माओवादी केन्द्रका अनुसार हालसम्म वडा बडा नं. १ मा अमर चन्द, २ मा अमर बिक, ३ मा ताराकेशर रिजाल, ४ मा तिरथराम थारु, ५ मा शिव सुनार, ६ मा रामशरण थारु, ७ मा छेदा थारु, ८ मा हस्त बिक, ९ मा छब्बन अलि नट, १० मा देवीलाल बोहोरा, ११ मा शेषकान्त शर्मा, १२ मा दशरथ पराजुली, १३ मा गगन राना, १४ दानबहादुर ओली र १५ मा जगराम थारु वडा अध्यक्षमा सर्वसम्मत उम्मेदवार चयन भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending