Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

खानेपानी सुविधाबाट नगरपालिकाकै दलित समुदाय वञ्चित

[caption id=\"attachment_120621\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] पर्वत, ६ वैशाख । यहाँका दलित समुदाय राज्यकै खानेपानी आयोजनाको सुबिधाबाट वञ्चित भएका छन् । पर्वतको फलेवास नगरपालिका– ५ खानीगाउँका दलित समुदायलले नियमित खानेपानी महसुल तिर्न नसक्ने भन्दै खानेपानी सुविधाबाट वञ्चित गराइएको स्थानीयवासी यामबहादुर परियारले जानकारी दिए । सरकारको झन्डै सात करोडको लागतमा निर्माण गरिएको फलेवास वृहद खानेपानी उपभोक्ता समितिका अध्यक्ष दीर्घनारायण कुँवरसहितको कार्यसमितिले साविकको खानीगाउँ– ७ का दलित बस्तीमा खानेपानीको लाइन विस्तार गर्न नदिएको परियारले बताए । दलित तथा विपन्न समुदायका परिवार बसोवास गर्ने उक्त ठाउँमा करिब ४५ घरधुरी खानेपानी सुविधावाट वञ्चित बनेका हुन् । हाम्रै घर अघिबाट पानीको पाइपलाइन विस्तार गरिएको छ तर हामीलाई पानी दिइएको छैन स्थानीय साजन परियारले भन्नुभयो– “पैसा तिर्न सक्दैनन भन्ने बाहना बनाएर हाम्रो गाउँमा पानी नदिइएको हो । गरिबीको कारण देखाउँदै राज्यले निर्माण गरिदिएको योजनाको पानी उपभोगबाट वञ्चित गराउँदासम्म सम्बन्धित निकायले कुनै कारबाही गरेन । ” विपन्न र आर्थिक हैसियत कमजोर रहेका समुदायलाई यसरी खानेपानीबाटै वञ्चित गराउनु मानवअधिकारको गम्भीर उलङ्घन भएको स्थानीयवासीको ठहर छ । आर्थिक हैसियत कमजोर रहेको बाहनामा यसरी एउटा समुदायलाई खानेपानीबाट वञ्चित गराउँदा दलितप्रति गरिने व्यवहारमा समेत प्रश्न चिन्ह खडा गरेको छ । पीडित समुदायले खानेपानीको सुविधाबाट वञ्चित गराउन खोजिएको भन्दै फलेवास नगरपालिका, जिल्ला समन्वय समिति र जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा उजुरीसमेत दिएका छन् । समितिका अध्यक्ष दिर्घनारायण कुँवरले आफूले केही व्यक्तिलाई सोधेको तर, पैसा तिर्न सक्दैनाँै भनेपछि योजना विस्तारमा रोक लगाएको तर खानेपानी सुविधावाट कसैलाई वञ्चित गर्न नखोजेको होइन भने । दलित समुदायप्रति गरिने व्यवहार कम हुँदै गए पनि दलितप्रति हेरिने व्यवहार भने पूर्णरुपमा परिर्वतन भइनसकेको नेपाल दलित सङ्घ जिल्ला सहसचिव साजन परियारले बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending