Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

लाउडा काण्डका तारिणदत्तलाई सफाई, हरिभक्त र तीर्थलालबारे राय बाझियो

काठमाडौं, ६ वैशाख । लाउडा काण्डमा तत्कालिन मन्त्री तारणीदत्त चटौतसहितका प्रतिवादीलाई सर्वोच्च अदालतले सफाई दिएको छ । तर, हरिभक्त श्रेष्ठ र तीर्थलाल श्रेष्ठबारे भने न्यायाधीशकै राय बाझिएको छ । बुधबार सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले यस्तो फैसला गरेको हो । पूर्वमन्त्री चटौत, सिध्दराज जोशी, रामराजा उपाध्याय, उपेन्द्रप्रसाद उपाध्याय, पुष्करप्रसाद वाग्ले तथा अष्ट्रिया र इटलीका दुई नागरिकलाई सफाइ दिने विशेष अदालतको फैसलालाई सदर गरेको हो । २०५७ सालमा वायु सेवा निगमले अष्ट्रियाको लाउडा एयरसँग विमान भाडामा लिँदा ३८ करोड ९७ लाख ६७ हजार ३१ रुपैयाँ भ्रष्टाचार भएको थियो । सोहि काण्डलाई अख्तियारले २०५८ जेठ १२ गते विशेष अदालतमा मुद्दा हालेको थियो । तर, विशेष अदालतका अध्यक्ष भूपध्वज अधिकारी तथा न्यायाधीशद्वय कोमलनाथ शर्मा र चोलेन्द्रशम्शेर जबराको इजलासले ०६४ साउन २८ गते सबैलाई सफाइ दिने फैसला सुनाएको थियो । सर्वोच्चको फैसला अाएपनि दुई प्रतिवादीबारे न्यायाधीशको राय बाझिएपछि अब सर्वोच्चको पूर्ण इजलासमा सुनुवाई हुने सर्वोच्चले जनाएको छ । त्यस्तै न्यायाधीश खतिवडाले तीर्थलालले हरिभक्तको मतियारको भूमिका निर्वाह गरेको उनको राय छ । हरिभक्तले बदनियत राखेर सरकारको निर्देशन पालना नगरेको तथा अधिकार दुरुपयोग गरेर भ्रष्टाचार जन्य कार्य गरेको प्रमाणित भएको मत राखेका छन् । न्यायाधीश खतिवडाले हरिभक्त र तीर्थलाललाई सफाई दिने विशेषको फैसला नमिलेको भन्दै उल्टीको फैसला लेखे । उनले हरिभक्तलाई ३ वर्ष कैद र ५० हजार जरिवाना तथा तीर्थलाललाई १ वर्ष कैद र २५ हजार जरिवाना हुने ठहर फैसलामा उल्लेख छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending