Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

पोखरा महानगरमा उम्मेदवार छान्न एमाले गर्यो मतदान, नेपाल समूह ‘आउट’

\"\"पोखरा, ९ वैशाख । नेकपा एमालेले मतदान गरेर मेयर उपमेयरको सिफारिस गरेको छ । पोखरा लेखनाथ महानगरपालिकाको मेयर तथा उपमेयर सिफारिसको लागि शुक्रवार राति अबेरसम्म निर्वाचन भएको थियो । निर्वाचनबाट वैकल्पिक केन्द्रीय सदस्य तथा कास्कीका निवर्तमान अध्यक्ष मानबहादुर जिसी र कास्की अध्यक्ष तथा पोखरा लेखनाथ महानगर कमिटीका संयोजक कृष्ण थापाको सिफारिस भएका छन् । मित्रकुमारी गुरुङ (सुबेदी) को नाम भने सर्बसम्मत छनोट भएकी छिन् । दुबै उम्मेदवार पार्टी केन्द्रीय अध्यक्ष केपी ओली समूहका हुन् । माधब नेपाल समूहका कोहि पनि परेका छन् । त्यस्तै युवा संघका केन्द्रीय अध्यक्ष राजिव पहारी पनि छनोटबाट बाहिरिएका छन् । उम्मेदवार छनोटमा भएको मतदानबाट जिसिले २ सय ४६ मत प्राप्त गरेका थिए भने थापाले २ सय २१ मत ल्याएका थिए । जम्मा ४ सय ५७ प्रतिनिधि रहेकोमा ३ सय ९९ जनाले मतदान गरेका थिए । मेयरको निर्वाचनमा नेपाल पक्षका श्रीनाथ बरालले १ सय ११ मत प्राप्त गरे । ओली समुहकै पहारीले ८५, पुष्पज्योति ढुङ्गानाले २०, नारायणप्रसाद बास्तोलाले १५ र मदनकाजी श्रेष्ठले १३ मत प्राप्त गरेका थिए । त्यस्तै उपमेयरमा प्रभा कोइराला, मञ्जु गुरुङ र देबका पहारी सिफारिस भएका छन् । आकांक्षी धेरै भएपछि गरिएको मतदानमा कोइराला २ सय ७५, गुरुङ २ सय ११ र पहारी १ सय ५६ मत प्राप्त गर्दै छनौट भएका हुन् । उपमेयरका अन्य आकांक्षी मीना गुरुङ पोखरा ११ ले १ सय ३४, उमा परियार १ सय १९, मिना गुरुङ (लामाचौर) १ सय ३ र छलीकुमारी सुबेदीले ६२ मत ल्याएर ल्याएका थिए । मेयरमा र उपमेयरको उम्मेदवारका लागि ७÷७ जना आकांक्षी भएपछि केन्द्रमा नाम सिफारिस गर्न मतदान गरिएको एमालेले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending