Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

चुनाव सार्न प्रचण्डलाई चौतर्फी दवाव, अब के गर्लान प्रचण्डले ?

\"\"काठमाडौं, ९ वैशाख । सरकारले वैशाख ३१ गतेका लागि घोषणा गरेको स्थानीय निकायको निर्वाचन सार्न प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डलार्इ चाैतर्फी दवाव अाएकाे छ । शुक्रबार मधेसी मोर्चा र सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच भएको सहमतिको हवाला दिँदै निर्वाचनको मिति सार्न प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयुक्तसँग छलफल गरेको चर्चा सार्वजनिक भएको थियो । प्रधानमन्त्री सचिवालयका अनुसार, प्रधानमन्त्री प्रचण्डले जसरी भएपनि वैशाख ३१ मा नै निर्वाचन गर्ने अडान लिएका छन् । अहिले भारतले पनि चुनाव सार्न दवाव दिएको खुलासा भएको छ । ‘निर्वाचन सर्ने हल्ला फिँजाइएको हो’ सचिवालय श्रोतले खबरडबलीलाई भन्यो ‘जसरी पनि वैशाख ३१ मा नै चुनाव हुन्छ ।’ मधेसी मोर्चाभित्र भने चुनावको मितिबारे दुईवटा धार रहेको राष्ट्रिय जनता पार्टीका एक केन्द्रीय नेताले बताए । “हाम्रो तयारी पुग्दैन भन्ने मधेसवादी दलहरुको बुझाई छ” श्रोतले भन्यो, “त्यही भएर मिति सार्ने कुरामा मधेसवादी दलहरुबीच छलफल जारी रहेको छ ।” स्थानीय निकायको निर्वाचन सार्न एमालेलेसमेत दबाब दिएको कुरा यसअघि नेकपा माओवादी केन्द्रका नेता बर्षमन पुन अनन्तले केही दिन अघि बताएका थिए । त्यसो त मधेसी मोर्चामा रहेका उपेन्द्र यादव समूहले भने स्थानीय निकायको निर्वाचन नै नगर्ने बरु सोझै केन्द्रीय संसदको निर्वाचन गर्नुपर्ने धारणा व्यक्त गर्दै आएका छन् । उपेन्द्र यादवसँगै राजनीतिक एजेण्डामा सहकार्य गरिरहेको नयाँ शक्तिले समेत स्थानीय निर्वाचन अहिले गर्न नहुने धारणा व्यक्त गर्दै आएको थियो । यद्यपी पार्टीको यसै साता सम्पन्न केन्द्रीय बैठकले सम्पूर्ण शक्ति निर्वाचनमा खर्च गर्ने कार्यनीति पारित गरेको छ । स्रोतकाअनुसार भारतभित्रका केही शक्ति केन्द्रहरुले चुनावको मिति सार्ने प्रस्ताव अघि सारेका छन् । उनीहरुले दुई चरणको चुनाव नगरी दुई तीन महिना सारेर असोज या कार्तिकमा एकैपटक निर्वाचन सार्न दबाब दिएका हुन । मधेस केन्द्रीत दलहरुभित्र यो दबाब चर्को रहेको श्रोतले बतायो । “अहिले निर्वाचन सार्ने, पछि स्थानीय होइन, एकैपटक केन्द्रीय संसदको चुनाव गरौं भन्ने उनीहरुले भनिरहेका छन् । यही किसिमको अडान राख्न दबाब समेत दिएका छन्” श्रोतले भन्यो, “मोर्चा घटक दलहरुभित्र समेत यसबारेमा दुई मत देखिएको छ ।” अहिले बाहिर आएका हल्ला र चर्चा पनि यही शक्ति केन्द्रले फिँजाउन लगाएको श्रोतको दावी छ । प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाले भने जसरी भएपनि वैशाख ३१ मा घोषणा गरिएको मिति सार्न नहुने अडान राखेका छन् । बुढानिलकण्ठ श्रोतका अनुसार, मधेसी मोर्चा सहमतिमा आएको खण्डमा उनीहरुको बाहुल्यता रहेको केही क्षेत्रमा केही दिनका लागि चुनाव सार्न सकिनेसम्म लचक हुन सकिने प्रचण्ड र देउबाको सहमति बनेको छ । “तर वैशाख ३१ को मिति भने कुनै पनि हालतमा सर्दैन” श्रोतले भन्यो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending