Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

मनपरीः जात्राको मौका छोपी तेब्बर भाडा असुल्दै यातायात व्यवसायी

काठमाडौँ, शङ्खरापुर नगरपालिकास्थित साँखुमा लाग्ने वज्रयोगिनी माईको तीन हजार तीन सय वर्ष पुरानो ऐतिहासिक, सांस्कृतिक, एवं धार्मिक जात्रा हेर्न आउने भक्तजनसँग यहाँका बसले मनपरी भाडा असुलेका छन् । जात्राको अवसर पारेर साँखुबाट रत्नपार्क, नयाँबानेश्वर र सातदोबाटो चल्ने साँखु बस व्यवसायी सङ्घका बसले दोब्बरदेखि तेब्बरसम्म भाडा असुलिरहेको यात्रुहरुले गुनासो गरेका छन् ।  जात्रा हेर्न आउने नयाँ अनुहारका मानिस देखेर बसका सहचालकले यातायात व्यवस्था विभागले तोकेभन्दा दोब्बर÷तेब्बर भाडा लिइरहेको यात्रु रामशरण श्रेष्ठले गुनासो गरे। यो जात्राको अवसर पारेर साँखुवासीले आफ्ना चेलीबेटी एवम् आफन्तलाई खानपिनका लागि घरमा बोलाउने गर्दा साँखुमा नयाँ मानिसको आवतजावत बढ्छ । त्यसैगरी वज्रयोगिनी माईलाई कुलदेवीका रुपमा पुज्ने मानिसको समेत जात्राका अवसर पारेर माईको दर्शन गर्न साँखुमा भिड लाग्ने गरेको दर्शन गर्न आएकी दीपा सापकोटाले बताइन्। सो जात्रासँगै नेपालमा अन्त कहीँ नहुने स्वयम्भू चैत्यको जात्रा पनि हुने भएकाले बौद्ध धार्मिक समुदायका मानिसको पनि चैतशुक्ल पूर्णिमादेखि वैशाख कृष्ण अष्टमीसम्म साँखुमा आवतजावत बढ्ने गरेको साँखुका इतिहासकार प्रकाश श्रेष्ठ सक्व बताउँछन् । यही भीडभाडको अवसर छोपेर गाडीका सहचालकले मनपरी भाडा उठाउने गरेको पीडित यात्रु श्रेष्ठको भनाइ छ । ‘साँखुदेखि जोरपाटीसम्म आएको भाडा बा३ख ९१९ नम्बरको गाडीले ४० रुपैयाँ माग्यो, यति छोटो दूरीमा यति धेरै भाडा हुनसक्छ ? भाडा सूची हेरौँ भन्दा ३५, ३० हुँदै अन्तिममा २६ रुपैयाँ ठटाई छाड्यो, पछि सङ्घको कार्यालयमा बुझ्दा साँखुदेखि जोरपाटीसम्मको भाडा २२ रुपैयाँ मात्र रहेछ’– आफूले भोगेको घटना बताउँदै श्रेष्ठले बताए। यो त यस मार्गमा ठगिने यात्रुको प्रतिनिधि घटना मात्र हो ।  साँखु आवतजावत गर्ने यात्रु वज्रयोगिनी माईको यो जात्राको अवसर र माघ महिनाको अवसरमा सालीनदीमा लाग्ने मेलामा आउने यात्रु बस भाडामा विभागले तोकेभन्दा पाँच गुणासम्म बढी तिर्न बाध्य हुन्छन् ।  सङ्घका उपाध्यक्ष झलकबहादुर श्रेष्ठले यसरी मनपरी भाडा असुल्ने सवारीलाई कारबाही गर्न सहयोग गरिने बताए । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रवक्ता कोषराज पोखरेल यात्रु ठग्ने माइक्रोबस, ट्रयाक्सी र गाडीलाई छानबिन गरेर ट्राफिकको कार्यक्षेत्रभित्र भए कारबाही गरिने र कार्यक्षेत्र बाहिर पर्ने भए यातायात व्यवस्था विभागलाई कारबाहीका लागि लेखी पठाउने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies