Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

गोरखा लोडसेडिङमुक्त

\"\"गोरखा, १० वैशाख । ट्रान्सफर्मरको क्षमता आवश्यकभन्दा कम हुँदा विगत पाँच वर्षदेखि अनियमित विद्युत्भार कटौतीको मार खेप्दै आएका गोरखावासीले प्राविधिक कारणबाहेक अब चौबिसै घन्टा बिजुलीको प्रयोग गर्न पाउने भएका छन् । मागअनुसार विद्युत् वितरण गर्न नसकिएपछि गोरखा सदरमुकामस्थित विद्युत् सबस्टेसनमा महेन्द्रज्योति, नयाँबजार र खोप्लाङमा फिडर बनाएर आलोपालो विद्युत् वितरण गरिँदै आएको थियो । ट्रान्सफर्मरको क्षमता अभिवृद्धि गरी सञ्चालनमा ल्याएपछि नयाँ वर्षदेखि नै गोरखा विद्युत्भार कटौतीमुक्त जिल्ला भएको हो । जिल्लाभर केन्द्रीय प्रसारण पुगेका क्षेत्रमा करिब २० हजार पोलमध्ये १५ हजार काठका पोल गाडिएका छन् । ती पोल धमिला लागेका, घाम, पानीले मक्किएकाले विद्युत् रोयल्टीमार्फत आएको रु छ करोडबाट फलामे पोल खरिद गरी काठका पोल परिवर्तन गर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख अमृतबाबु अधिकारीका अनुसार सबस्टेसनबाट विद्युत् वितरण गरिएका जिल्लाका सबै क्षेत्रमा विद्युत्भार कटौती गरिएको हो । हालै सबस्टेसनमा छ मेगाभोल्ट एम्पायर क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ । “प्राविधिक समस्या नआएका बेला विद्युत् कटौति गर्न पर्दैन”, अधिकारीले भने, “मागअनुसार विद्युत् वितरण गर्न सक्छौँ ।” यसअघि गोरखामा बिहान, बेलुकी गरी दिनहुँ चार घन्टा विद्युत्भार कटौती थियो । गोरखामा नियमित विद्युत् उपलब्ध गराउन मुच्चोकमा हालै निर्माण भएको दरौँदी ‘ए’ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सहयोगी बन्यो । ‘रन अफ द रिभर’ प्रकृतिको आयोजनाबाट छ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । कालिका हाइड्रोपावर कम्पनीले करिब एक अर्ब २० करोड रुपैयाँ लगानीमा बनाएको उक्त आयोजनाबाट उत्पादित विद्युत् गत पुसदेखि सबस्टेसनमा जडान गरी वितरण गरिँदै आइएको छ । गोरखा र पालुङटार नगरपालिकासहित नौ गाउँपालिकाका अधिकांश ठाउँमा केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेको छ । उत्तरी भेगका १५ बढी गाविसवासीले लघुजलविद्युत्बाट उत्पादित विद्युत प्रयोग गर्दै आएपनि भूकम्पले क्षति पु¥याएका केही आयोजना बजेट अभावले मर्मत हुन सकेका छैनन् । विद्युत् प्रयोग गर्दै आएका उपभोक्ताले विकल्पमा सोलार ऊर्जाको प्रयोग गरेका छन् । मुच्चोक, सिम्जुङ, सौरपानी, हंसपुरलगायत गाउँमा अझै केन्द्रीय प्रसारण लाइन पुगेको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending