Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

मन्त्रालयको विश्वसनीयता जोगाउन कर्मचारीलाई सञ्चारमन्त्री कार्कीको निर्देशन

\"\"काठमाडौँ, ११ वैशाख । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले मन्त्रालय अन्र्तगतका निकायबीच समन्वय गरेर कार्यक्षमता बढाउन निर्देशन दिएका छन् । सूचना तथा सञ्चार मन्त्रालयको विकास समस्या समाधान समिति बैठक तथा चालु आर्थिक २०७३/०७४ को दोस्रो चौमासिक प्रगति समीक्षामा उनले मन्त्रालयबाट भइरहेका कार्यहरु परिणाममुखी हुनुपर्नेमा जोड दिए । सञ्चार मन्त्री कार्कीले भने, “मन्त्रालयले अगाडि सारेका धेरै कार्यक्रमहरु पूरा हुन नसकेको देखियो, र यसको मुख्य कारण नै समन्वयको अभाव हो ।” अमूर्त कार्यक्रम घोषणा गर्ने तर कार्यान्वनमा ध्यान नदिएको दृष्टान्त प्रस्तुत गर्दै कार्कीले भने, “भूकम्पबाट क्षतिग्रस्त धरहरा नेपाल टेलिकमले बनाउने घोषणा गरेको धेरै समय बितिसक्यो, तर निर्माण गर्नेबारे छलफल नै भएको छैन, न त प्रारम्भिक काम नै भएको छ । यसबाट त मन्त्रालयको विश्वसनीयता मात्र गुम्छ ।” नतिजामुखी नहुने परम्परा कायम हुँदै गएमा अराजकता निम्तिने चर्चा गर्दै मन्त्री कार्कीले काम गर्ने शैली र सोचमा परिवर्तन नल्याएसम्म परिवर्तन सम्भव छैन भने । मन्त्रालयको बेरुजु बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै उनले भने, “बेरुजुले मन्त्रालयको छवीलाई राम्रो गर्दैन, त्यसलाई कम गर्न विशेष ध्यान दिनु होला ।” सूचना तथा सञ्चार सचिव महेन्द्रमान गुरुङले मन्त्रालयअन्तर्गतका सबै निकायको दुई तिहाई काम पूरा गरिसक्नुपर्ने अवस्थामा भएको यस समीक्षा बैठकले आगामी योजना बनाउन मद्दत गर्ने बताए । बैठकमा सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतका राष्ट्रिय समाचार समिति, राष्ट्रिय सूचना आयोग, हुलाक सेवा विभाग, मुद्रण विभाग, सूचना विभाग, नेपाल दूरसञ्चार प्राधिकरणबाट प्रगति विवरण प्रस्तुत गरिएको थियो । सो अवसरमा राससका कार्यकारी अध्यक्ष कुलचन्द्र वाग्लेले भूकम्पले क्षति पु¥याएको समितिको केन्द्रीय कार्यालय भवन निर्माण गर्न, कर्मचारीको वृद्धि भएको तलब निकासा गर्न, पोखरामा प्रादेशिक भवन निर्माण गर्न तथा समितिबाट दृश्य सेवा (भिजुअल) आरम्भ गर्न बजेट आवश्यक रहेको बताए । दूरसञ्चार प्राधिकरणका अध्यक्ष दीगम्बर झाले सामुदायिक क्याम्पस, सामुदायिक उच्च माध्यमिक, माध्यमिक विद्यालय एवम् प्राथमिक स्वास्थ्य केन्द्रमा इन्टरनेट सेवा पु¥याउने तयारी भइरहेको जानकारी दिए । बैठकमा प्रेस काउन्सिल नेपाल, न्यूनतम पारिश्रमिक निर्धारण समिति, रेडियो प्रसार सेवा विकास समिति, गोरखापत्र संस्थान, चलचित्र विकास बोर्ड र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आ–आफ्ना कार्यालयको प्रगति बिवरण प्रस्तुत गरेका थिए । ती संस्थाले चालु आर्थिक वर्षका लागि तयार गरिएका आफ्ना कार्यलाई पूरा गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending