Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

आयोगले स्वीकृत गर्यो स्थानीय तहको निर्वाचन कार्यक्रम

\"\"काठमाडौँ, ११ वैशाख । निर्वाचन आयोगले पहिलो चरण वैशाख ३१ र दोस्रो चरण जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आयोगद्वारा सोमबार आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले पहिलो चरण वैशाख ३१ गते हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयनदेखि निर्वाचन चिह्न प्रदान गर्नेसम्मका कार्यक्रम संशोधन र दोस्रो चरणका लागि हुने निर्वाचन कार्यक्रम स्वीकृत गरिएको जानकारी दिए । आयोगका अनुसार पहिलो चरणको निर्वाचनको मनोनयन दर्ता र उम्मेदवारको सूची प्रकाशन यही वैशाख १९ गते, उम्मेद्वारको विरोधमा उजुरी दिने, मनोनयनपत्र जाँच गर्ने वैशाख २० गते, मनोनयन भएको उम्मेद्वारको नामावली प्रकाशन गर्ने र नाम फिर्ता लिने दिन वैशाख २१ गतेलाई तोकिएको छ । त्यस्तै, उम्मेदवारको आन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान गर्ने कार्य वैशाख २२ गते तथा मतदान वैशाख ३१ गते आइतबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म हुनेछ । दोस्रो चरणको निर्वाचनअन्तर्गत उम्मेदवारको मनोनयनपत्र दर्ता र मनोनयन दर्ता भएका उम्मेद्वारको सूची जेठ १९ गते प्रकाशन गर्ने, उम्मेद्वारको विरोधमा उजुरी दिने र मनोनय जाँच जेठ २० गते, मनोनयन भएको उम्मेद्वारको नामावली प्रकाशित गर्ने र उम्मेद्वारले नाम फिर्ता लिने जेठ २१ गतेका लागि तय भएको आयोगले जनाएको छ । त्यस्तै, उम्मेद्वारको अन्तिम नामावली प्रकाशित गर्ने र उम्मेद्वारलाई निर्वाचन चिह्न प्रदान गर्ने जेठ २२ गते तथा मतदान गर्ने जेठ ३१ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्मको कार्यक्रम आयोगले स्वीकृत गरेको जनाएको छ । मतदान सकिएपछि निर्वाचन अधिकृतले गाउँपालिका÷नगरपालिका वडाभित्रका सबै मतदान केन्द्रमा मतदान भएका सबै मतपेटिका मतदान अधिकृतबाट प्राप्त गरेपछि मतगणना सुरु हुने प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले जानकारी दिए । मतगणना कार्य समाप्त हुनासाथ निर्वाचन परिणाम घोषणा हुनेछ । सञ्चारकर्मीको एक प्रश्नको जवाफमा उनले भने, “मतदाता निकै सजग र सचेत भएकाले दुई चरणको निर्वाचन हुँदैमा दलगत मतपरिणाममा धेरै असर पर्दैन । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending