Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

शुल्क फिर्ताको माग गर्दै देशभर जिशिका घेराउ

[caption id=\"attachment_128761\" align=\"alignleft\" width=\"750\"]\"\" पोखरामा ज्ञापनपत्र बुझाउँदै ।[/caption] काठमाडौँ, १२ वैशाख । संयुक्त विद्यार्थी सङ्गठनले सरकारले निजी विद्यालयको वृद्धि शुल्क फिर्ता लिने निर्णय कार्यान्वयन नगरेको जनाउँदै आज देशभरका जिल्ला शिक्षा कार्यालय घेराउ गरेका छन् । उनीहरुले शिक्षामन्त्री धनीराम पौडेलले विद्यालयको वृद्धि शुल्क फिर्ता गराउने भने तापनि अहिलेसम्म नगराएको भन्दै देशभरका जिशिका घेराउ गरिएको नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले जानकारी गराए । “हाम्रो ज्ञापनपत्र बुझ्दै तीन दिनभित्र शुल्क गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो”, उनले भने, “तर त्यो कार्यान्वयन नभएपछि हामी बाध्य भएर जिशिका घेर्न आएका हौँ ।” विद्यार्थी सङ्गठनले नाराजुलुस गर्दै बिहान १० देखि मध्याह्न १२ बजेसम्म काठमाडाैं जिशिका घेराउ गरे । वृद्धि शुल्क फिर्ता गर, वैज्ञानिक शुल्क निर्धारण गर, निजी विद्यालयको अनुगमन गर जस्ता नारा लगाउँदै जिशिका काठमाडौँ घेराउ गरिएको हो । यसैबीच पाेखरामा पनि जिशिका घेराउ गरेकाे हाम्रा सहकर्मीहरूले जानकारी दिएका छन् । नेविसंघ, अनेरास्वियु, प्रचण्ड निकट अखिल (क्रान्तिकारी), अनेरास्वियु क्रान्तिकारी र अखिल छैठाैंले संयुक्त रूपमा जिशिका विज्ञप्ति बुझाएका छन् । अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य बिपिन आचार्यले सर्वोच्चको ‘स्टेअडर’ नमान्ने निजि शिक्षण संस्था बिरुद्दको सशक्त आन्दोलन गर्ने, सरकारी विद्यालयले निशुल्क शिक्षा नदिएको खण्डमा आफुहरू मुकदर्शक नबन्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending