आउँदो बैशाख ८ गते दुईसय वर्ष यताकै शुभ दिन, थाहा पाउनुसु किन ?
चैत्र २९ गते, २०७१ आइतवार 12th April, 2015 Sun१२:५३:१८ मा प्रकाशित
आउँदो वैशाख ८ गते करिब दुईसय वर्ष यताकै शुभ दिन रहेको ज्योतिषहरुले बताएका छन् ।
भारतीय ज्योतिषहरुले आउँदो अक्षय तृतीयाको दिन एक सय ९१ वर्ष यताको सबैभन्दा शुभ दिन रहने दाबी गरेका हुन् ।
वैशाख महिनाको शुक्ल पक्षको अक्षय तृतीया वैशाखको ८ गते मंगलबार दिन कृतिका नक्षत्र, सौभाग्य योग, वृष राशिमा चन्द्रमा आउनेछ । यो दिन बिहानदेखी रातीसम्म शुभ संयोग रहने ज्योतिषहरुको भनाई छ ।
यस दिनमा मंगल कार्य, दान, भवन निर्माण र सवारी खरिदका लागि उत्तम रहेको छ ।
बिहान सवा ६ बजे देखी दिउँसो पौने १२ बजेसम्म सर्वार्थ सिद्धि र दिउँसो १२ः५८ देखी सूर्यास्त सम्म रवि योगको विशिष्ट संयोग रहेको छ ।
भारतका प्रखर ज्योतिष पंडित अमर डब्बावालाका अनुसार सोही दिन दिउसो मंगलादित्य र बुधादित्यको महायोग पनि रहेको छ । मुहर्त तथा योगको यस्तो अद्धितिय संयोग धेरै वर्षमा मात्र आउने उनको भनाई छ ।
यो शुभ अवसरमा विवाह, गृह प्रवेश, गृह आरम्भ, उपनयन संस्कार, नयाँ वस्तुहरुको खरिद र अझ त्यसमा पनि सुन र पीत्तलको खरिद अत्यन्तै फलदायी हुन्छ ।
यो दिन भएका शुभ कार्यले अरु बेला भन्दा तीन गुना बढी फल दिने धार्मिक विश्वास रही आएको छ । यस दिन खरिद गरेको वस्तुले स्थायी समृद्धि प्रदान गर्नेछ ।
धर्म शास्त्रका अनुसार यस दिन घरमा जल भरिएको कलशमा सुगन्धीत द्रव्य र जौ हालेर, त्यसमा ऋतुफल हाली भगवान बिष्णुका साथै अन्य देवताहरुको नाम सम्झेर पुजा गरी ब्राम्ह्णलाइ दान गर्नुपर्छ ।
त्यसैगरी, पितृको तृप्ति तथा प्रशन्नताको लागि ग्रहस्थ ब्राम्ह्णलाइ जलले भरिएको कलशमा कालो तिल राखेर त्यसमा बीजयुक्त फल राखी दान गरेमा सुःख र समृद्धी मिल्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: