उत्तर कोरियाले अमेरिका ध्वस्त बनाउने संकेतपछि ट्रम्पको नयाँ रणनीति, सहयोग गर्ला चीनले ?
बैशाख १४ गते, २०७४ बिहिवार 27th April, 2017 Thu११:४०:३२ मा प्रकाशित
काठमाडौं, १४ वैशाख । अमेरिकामा ट्रम्प प्रशासनले सिनेटका सबै एक सय सदस्यहरुलाई उत्तर कोरियाबाट उत्पन्न खतराबारे जानकारी गराउँदै प्योङ्गयाङ्गविरुद्ध उसले कुटनीतिक तथा आर्थिक प्रतिबन्धका माध्यमबाट दबाब दिने रणनीति बनाएको बताएको छ । उक्त रणनीतिको उद्देश्य उत्तर कोरियालाई ब्यालिष्टिक क्षेप्यास्त्र तथा परमाणु कार्यक्रम छाड्न लगाउनु रहेको छ ।
चीनलाई उत्तर कोरियामाथि चर्को दबाब दिन लगाउनु सो रणनीतिको एक मुख्य पाटो हो । सिनेटर टेड क्रुजले चीनलाई समस्या समाधानमा सामेल गर्न सकिनेमा आफु सतर्कतापूर्वक आशावादी रहेको बताए।
उत्तर कोरियालाई तरह लगाउने विषयमा चीनले मद्दत गरिरहेको प्रारम्भिक संकेत देखिएका बारे म सतर्कतापूर्वक आशावादी छ । मारा लागोमा भएको अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्प तथा राष्ट्रपति सी बिचको भेट केही फलदायी भएको छ । हेरौं समयले बताउँछ कि चीन यसमा कत्तिको भरपर्दो साझेदार ठहरिन्छ ।
वाशिंगटनमा असामान्य तवरबाट अमेरिकी सिनेटका सबै एक सयजना सदस्यलाई बोलाई ह्वाइट हाउसमा उत्तर कोरियाबाट उत्पन्न खतराबारे छलफल गरिएको हो ।
यसअघि प्यासिफिक क्षेत्रमा रहेका अमेरिकी सेनाका वरिष्ठ कमाण्डरले दक्षिण कोरियामा आधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली जडान गरिएको कामको बचाउ गरेका थिए ।
उत्तर कोरियाले ताजा अस्त्र परीक्षण गर्ने आशंकाका माझ कोरियाली प्रायद्विपमा तनाव बढेको छ। अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन र रक्षामन्त्री जीम म्याटिस तथा नेशनल इन्टेलिजेन्सका डिरेक्टर ड्यान कोट्सले एक संयुक्त वक्तव्य जारी गर्दै अमेरिकाले कोरियाली प्रायद्विपमा शान्तिपूर्ण परमाणु निरस्त्रीकरण एवं स्थायित्व चाहेको जनाएका छन् ।
सो लक्ष्य प्राप्त गर्न वार्ताका निम्ति तयार भएपनि आफु र आफ्ना साझेदारहरुको रक्षाका निम्ति अमेरिका तयार रहेको त्यसमा उल्लेख छ ।
राष्ट्रपतिले उत्तर कोरियालाई परमाणु अस्त्र तथा ब्यालिष्टिक क्षेप्यास्त्र निरस्त्रीकरण गर्नका निम्ति चर्को आर्थिक प्रतिबन्ध लगाउने तथा साझेदारहरुसंग मिलेर कुटनीतिक विधि अपनाउने वक्तव्यमा उल्लेख छ ।
एक पत्रकार बार्बरा प्लेट अशर भन्छिन् ‘उत्तर कोरियाले अस्त्र प्रविधिमा गरेको विस्तारबाट अमेरिकीहरु गहिरो ढंगले चिन्तित छन् । राष्ट्रपति ट्रम्पको पहिलो कार्यकाल सकिनु अगावै उत्तर कोरियाले अमेरिकामा मार हान्न सक्ने गरि परमाणु वारहेड बनाइसक्ने उनीहरुको चिन्ता छ । बीबीसी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: