Ntc summer Offer
Khabar Dabali १२ पुष २०८१ शुक्रबार | 27th December, 2024 Fri
Investment bank

के निर्देशन दिए प्रधानमन्त्रीले सेनालाई ?

काठमाडौं, प्रधानमन्त्री सुशील कोइरालाले नेपाली सेनालाई लोकतन्त्रप्रति प्रतिबद्ध रहँदै आतंकवादबाट देश र जनतालई जोगाउन हरसम्भव प्रयास गर्ने निर्देशन दिएका छन् । ‘हरेक राष्ट्रको सेनाले संवैधानिक सरकारको मातहत र निर्देशनमा रहेर आफूलाई एक उत्कृष्ट, व्यवसायिक र मर्यादित संगठनको रूपमा स्थापित र विकसित गर्नुपर्दछ । सेनाले विधिको शासनलाई पालना गर्नुपर्दछ । देश र जनताको सुरक्षाको महत्वपूर्ण जिम्मेवारी प्राप्त सेनाले लोकतन्त्रप्रति प्रतिबद्ध रहँदै आफ्नो कर्तव्य पालनको क्रममा अन्तर्राष्ट्रिय मानवीय कानून अन्तरगत रही नागरिकको मौलिक हक र मानव अधिकारको रक्षा गर्नुपर्दछ’, प्रधानमन्त्री कोइरालाले भनेका छन्– ‘इमान्दारीपूर्वक कर्तव्य पालना गर्ने सेना देश र जनताप्रति सदा समर्पित रहनुपर्दछ । राष्ट्रिय विपत्ति र संकटका घडीहरूमा व्यवसायिक ढंगले इमान्दारीपूर्वक परिचालित हुनुपर्दछ । आतंकवादबाट देश र जनतालाई जोगाउन हरसंभव प्रयास गर्नुपर्दछ ।’ आइतबार नेपाली सैनिक प्रतिष्ठान खरीपाटी, भक्तपुरमा आयोजित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज समारोहमा सम्बोधन गर्दै कोइरालाले उक्त निर्देशन दिएका हुन् । प्रधानमन्त्री कोइरालाको सम्बोधनको पूर्ण विवरण यसप्रकार छ– नेपाली सेनाले निर्धारित गरेको पाठ्यक्रम र तालिम पूरा गर्नुभएका नेपाल,बंगलादेश, केन्या र नाईजेरियाका सेनाका नवआयुक्त अधिकृतहरू, आयुक्त पद प्रदान कवाज समारोहमा सहभागी बन्न आउनु भएका समस्त स्वदेशी तथा विदेशी दिदीबहिनी तथा दाजुभाइहरु ! १. देश र जनताको सुरक्षाका लागि अपनाउनु पर्ने आवश्यक ज्ञान, सीप र अभ्यासले निपूर्ण बनेर सफलतापूर्वक तालिम पूरा गरी सेनाको सहायक सेनानी दर्जामा नियुक्ति हुन लाग्नुभएका सबै नव आयुक्त अधिकृतहरुलाई हार्दिक बधार्ई दिन चाहन्छु । २. हरेक राष्ट्रको सेनाले संवैधानिक सरकारको मातहत र निर्देशनमा रहेर आफूलाई एक उत्कृष्ट, व्यवसायिक र मर्यादित संगठनको रूपमा स्थापित र विकसित गर्नुपर्दछ । सेनाले विधिको शासनलाई पालना गर्नुपर्दछ । देश र जनताको सुरक्षाको महत्वपूर्ण जिम्मेवारी प्राप्त सेनाले लोकतन्त्रप्रति प्रतिबद्ध रहँदै आफ्नो कर्तव्य पालनको क्रममा अन्तर्राष्ट्रिय मानवीय कानून अन्तरगत रही नागरिकको मौलिक हक र मानव अधिकारको रक्षा गर्नुपर्दछ । इमान्दारीपूर्वक कर्तव्य पालना गर्ने सेना देश र जनताप्रति सदा समर्पित रहनुपर्दछ । राष्ट्रिय विपत्ति र संकटका घडीहरूमा व्यवसायिक ढंगले इमान्दारीपूर्वक परिचालित हुनुपर्दछ । आतंकवादबाट देश र जनतालाई जोगाउन हरसंभव प्रयास गर्नुपर्दछ । \"PM३. नेपाली सेनाले देश र देशवासीको सुरक्षामा पु¥याएको बलिदान प्रशंसनीय छ । नेपाली सेनाको यही व्यवसायिक कार्यकुशलता, इमानदारी र कर्तव्य परायण जस्ता सद्गुणले संयुक्त राष्ट्र संघ जस्तो विश्व संस्थाले नेपाली सेनालाई विश्वका द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापनाको लागि जिम्मेवारी दिदै आएको छ । नेपाली सेनाले पाएको यस अवसरले नेपाल र नेपालीको पहिचानलाई विश्वव्यापी गराएको छ । नेपाली सेनाले अन्तर्र्रािष्ट्रय क्षेत्रमा शान्ति स्थापनामा पु¥याएको योगदानले सबै नेपालीलाई गौरवान्वित बनाएको छ । ४. राज्यद्वारा निर्दिष्ट सिद्धान्तको पालना गर्दै राष्ट्र र जनताको सुरक्षा सेवकको रुपमा प्रस्तुत भई आफूलाई सुम्पिएको जिम्मवारी पूरा गर्न सेनाका सकल दर्जाका राष्ट्र सेवकहरुलाई सफलता प्राप्त हुन सकोस् । तपाईहरूलाई मेरो शुभकामना छ । ५. सैनिक अधिकृतको रूपमा तपाईहरू सबैले मस्तिष्कमा समझदारी, काँधमा जिम्मेवारी तथा हृदयमा ईमान्दारीको भावना राखी देश र देशवासीको सेवामा आफ्नो जीवन समर्पण गर्नु हुनेछ भन्ने मलाई पूर्ण विश्वास छ ।  यस अवसरमा सेनामा प्रवेश गरी देश र जनताको सेवा गर्न अभिप्रेरित गर्ने तपाईका अभिभावक, ईष्टमित्र र नातेदारहरूलाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु । ६. आजदेखि सहायक सेनानी दर्जामा नियुक्त हुन लाग्नु भएका नेपाल, बंगलादेश, केन्या र नाईजेरियाका नव–आयुक्त अधिकृतहरूलाई पुनःवधाई दिदै तपाईहरुको सफलता,उत्तरोत्तर प्रगति र उज्वल भविष्यको कामना गर्दछु । यस नेपाली सैनिक प्रतिष्ठानको आदर्श वाक्य “ज्ञान, सेवा, नेतृत्व” अनुरूप प्रशिक्षण दिई सेनाको सुयोग्य, कर्मठ, ईमान्दार, कर्तव्यनिष्ठ र अनुशासित अधिकृतहरू उत्पादन गर्नु भएकोमा यस प्रतिष्ठानका शिक्षाधिकृत लगायत सम्पूर्ण अधिकृत, पदिक तथा अन्य दर्जाका शिक्षक तथा वौद्धिक ज्ञान अभिवृद्धि गर्दै शैक्षिक अध्यापनतर्फ निरन्तर रूपमा योगदान पुर्‍याउनु हुने डिन तथा प्राध्यापकहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । आजको यस उल्लाहसमय समारोह सफल वनाउन योगदान पुर्‍याउनु हुने यस कार्यक्रममा उपस्थित समस्त दिदीबहिनी तथा दाजुभाइहरुसमेत हार्दिक धन्यवादका पात्र हुनुहुन्छ । ७.    अन्त्यमा, नयाँ बर्ष २०७२ को संघारमा यस समारोहमा उपस्थित समस्त दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य,दीर्घायु,सुख,शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । धन्यवाद ! जय नेपाल !!
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy