Ntc summer Offer
Khabar Dabali १२ पुष २०८१ शुक्रबार | 27th December, 2024 Fri
Investment bank

मुस्किल हुँदै मोबाइल जोगाउन

पोखरा, प्रविधिको विकाससँगै समाजमा आपराधिक घटनाहरुको प्रकृति पनि फेरिएको छ । मानिसको जीवनशैली र प्रविधिका कारण चोरहरुले पनि आफ्नो तरिकामा परिवर्तन ल्याउन थालेका छन् । कसैको घर फुटाउने वा समूहमा लुट्ने प्रकृतिका घटनाहरुभन्दा आजभोलि मोबाइल तथा अन्य बहुमूल्य सामानहरुको चोरी बढी हुने गरेको छ । मानिसहरुलाई जतिबेला पनि र जस्तो अवस्थामा पनि मोबाइल आवश्यक पर्ने भएकाले चोरलाई पनि चोर्न सजिलो हुने गरेको होे । विषेशगरी अस्पताल, सार्वजनिक स्थानहरु, बिल बुझाउने काउन्टरहरु तथा व्यावसायिक क्षेत्रहरुबाट मोबाइल हराउने क्रम बढेको छ । समान खरिद गर्ने बहाना बनाएर बिल बनाउन लगाई आफ्नो मोबाइल चोरी गरेको बताउँछिन् पोखराको न्यूरोडमा कपडा व्यापार गर्ने एक महिला । भन्छिन्– ‘धेरै नै सामान खरिद गर्छु भनेर मूल्य तय गरिसकेपछि बिल बनाउन लगायो । म बिल बनाउन लाग्दा ऊ मोबाइल लिएर भागिसकेछ ।’ केही दिनअगाडि पोखराको मनिपाल अस्पतालबाट पनि एक बिरामी कुरुवाको मोबाइल हरायो । आफू बिरामीको हेरबिचारमा व्यस्त भएको अवस्थामा ८० हजार मूल्यको मोबाइल चोरी भएको ती महिलाको दुःखेसो छ । पोखरामा ‘व्यावसायिक मोबाइल चोरहरु’ नभएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता केदार रजौरे भन्छन्– ‘विषेषगरी आफ्नै साथीभाइहरुले र आफन्तहरुले नै चोरी गर्ने गरेको हाम्रो अनुसन्धानबाट पत्ता लागेको छ ।’ यदि मोबाइल हराएमा तुरुन्तै नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ । प्रहरीको आन्तरिक अनुसनधानको तरिकाबाट पनि मोबाइल भेटिन सक्ने सम्भावना भएको प्रवक्ता रजौरेले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy