Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

गाउँ बस्तीमा घन्कँदै चुनावी गीत

\"\"पोखरा, २१ वैशाख । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गएपछि यतिखेर पोखरासहित आसपासका गाउँ र बस्तीमा दलका चुनावी गीत घन्कन थालेका छन् । विभिन्न दल निकट कलाकारले तयार गरेका गीत यतिखेर प्रचारप्रसारमा प्रयोग गरिएका गाडीका साथै आयोजित सभा समारोह र मोबाइलमा निकै प्रयोग गर्ने गरिएको छ । गीतमा विगतमा आ–आफ्ना पार्टीले गरेका कामको बयान गर्दै आसन्न स्थानीय तहमा आफ्ना उम्मेदवारलाई विजयी गराउने गरी लक्षित छन् । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली काँग्रेस कास्कीको सहयोगमा नेपाल सांस्कृतिक सङ्घ, कास्कीले बजारमा ल्याएको चारतारा शीर्षकको एल्बमका गीत यतिखेर पार्टीको चुनाव प्रचारप्रसारमा प्रयोग गरिएको छ । नेकपा माओवादीको केन्द्रको चुनावी प्रचारप्रसारका लागि ‘माओवादी केन्द्रलाई विजयी गराऔँ’ गीत यतिखेर सो पार्टीका चुनाव प्रचारप्रसारका लागि प्रयोग गरिएको छ । गाउँ, सहर, गल्ली, चोक, घर घर जाऔँ । माओवादी केन्द्रलाई विजयी गराऔँ ।। गणतन्त्र ल्याउने पनि माओवादी, राजतन्त्र फाल्ने पनि माओवादी । संविधान बनाउने माओवादी, स्वाधीनताको निम्ती लड्ने माओवादी ।। लगायत गीत रहेका छन् । निर्वाचनलाई लक्षित गरी माओवादी केन्द्र निकट विभिन्न कलाकारका अन्य नयाँ नयाँ गीतले पनि गाउँ सहर गुन्जिएको छ । “उठ हे उठ नेपाली, जाग हे जाग नेपाली । काँग्रेसलाई जिताउन लाग नेपाली, चारतारे झन्डा बोकी लाग नेपाली ।। देशमा शान्ति ल्याएको हो काँग्रेस पार्टीले । रुखमा भोट हालौँ भन्छ मेरो साथीले ।। जस्ता गीत समेटिएको छ । स्थानीय तहकै निर्वाचनका लागि लोक गायक कृष्ण देवकोटाले तयार गरेको ‘आयो काँग्रेस रुख लिएर’ एल्बम पनि यतिखेर बजारमा आएको छ । सपनीमा देखिन्छ रुखमात्रै, अरुको त हो हजुर मुख मात्रै । काँग्रेस पार्टी बलेको दियो हो, आन्दोलनको कमान्डर मियो हो ।। आयो काँग्रेस रुख लिएर, जसरी नि काँग्रेसलाई जिताउँ है रुख चिह्नमा भोट दिएर ।। जस्ता गीत समेटिएको छ । स्थानीय तहको निर्वाचनका लागि जनसांस्कृतिक महासङ्घ कास्कीको प्रस्तुतिमा ल्याइएको ‘सुख दुःखमा एमाले’ एल्बम यतिखेर गाउँ बस्तीमा घन्कन थालेको छ । “आयो एमाले, लहै आयो एमाले । गाउँ सहर बस्तीबाट आयो एमाले ।। गाउँको झुप्रोबाट आयो एमाले । हिमाल पहाड मधेस तराई आयो एमाले ।। लगायत गीत समेटिएको छ । निर्वाचनलाई लक्षित गरी बजारमा आएको एमालेको ‘मै पनि एमाले’ एल्बम पनि उत्तिकै चर्चित छ । हजुरबाले भन्नुहुन्छ सूर्यमा भोट हाल्ने, हजुरआमा भन्नुहुन्छ एमाले हो पाल्ने । भोट हाल्न लाहुरबाट आउँछु भन्छन् दाइले, एमालेकै झन्डा बोक्दै हिँडेको छ भाइले ।। जस्ता गीत समेटिएको छ । विगतका निर्वाचनमा चुनावी गीतको प्रयोग निकै कम मात्रामा हुने गरेको बताउने नयाँ बजारका श्याम तिवारी स्थानीय तहको निर्वाचनको सरगर्मी बढेसँगै चुनावी गीतको प्रयोग ह्वात्तै बढेको बताउँछन् । चुनावी गीतलाई आफ्ना मोबाइलको रिङ टोन तथा ब्याक टोन आदिमा प्रयोग गर्ने क्रम पनि निकै बढेको छ । लोकतन्त्रमा कलाकार पनि कुनै न कुनै दलसँग निकट हुने भएका कारण कालाकारको सहयोगमा दलहरूले चुनावी गीत बनाउने क्रम निकै बढेको लोक गायक कृष्ण देवकोटा बताउँछन् “कलाकारले चुनावी गीत बनाएर आफू निकट दललाई ठूलो सहयोग पु¥याउने गरेका छन्,” उनले भने । चुनावी गीत निर्माणले सम्बन्धित दललाई प्रत्यक्ष फाइदा पुग्नुका साथै कलाकारको व्यावसायिकताका लागि पनि उपलब्धिमूलक बन्ने गरेको वरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुली बताउँछन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending