Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

डोल्पाका मतदान केन्द्र तथा निर्वाचन कार्यालयहरु सम्पर्कविहीन

\"\"डोल्पा, २१ वैशाख । दुर्गम जिल्ला डोल्पाका अधिकांश मतदान केन्द्र तथा निर्वाचन कार्यालयहरु फोन सम्पर्कविहीन छन् । डोल्पाको मध्यभेगमा पर्ने केही मतदान केन्द्रबाहेक उपल्लो डोल्पाका २२ वटा तथा तल्लो सबैजसो मतदान केन्द्र कुनै पनि फोन सेवा नभएकाले निर्वाचन गतिविधिका विषयमा कुनै पनि जानकारी लिन दिन ठूलो समस्या भएको जिल्ला निर्वाचन अधिकारी रामबहादुर बुढाले बताए । निर्वाचनसम्बन्धी गतिविधिको सम्पूर्ण जानकारी प्रहरीबाटै लिने गरेका छौँ, जिल्लाका ६६ वटा मतदान केन्द्रमध्ये सदरमुकाम आसपासका केही निर्वाचन कार्यालयमा फोन सम्पर्क हुने गरेपनि जिल्लाका अधिकांश निर्वाचन कार्यालय तथा मतदान केन्द्र सम्पर्कविहीन छन् – बुढाले भने । एक वा दुई दिनपछि प्रहरीको आन्तरिक सञ्चारबाट खबर आउने गरेको छ यसै सूचनाका आधारमा निर्वाचनसम्बन्धी सूचना पाउने गर्छौं –बुढाले थपे । फोन सम्पर्क नहुँदा स्थानीय निर्वाचन गराउन ठाउँ ठाउँमा खटिएका कर्मचारीको समेत अवस्था बुझ्न नसकिएको उनले बताए । उपल्लो डोल्पाका तीनवटै गाउँपालिकामा नेपाल टेलिकमको कुनै पनि मोबाइल सेवा छैन भने ठाउँठाउँमा राखिएको भिस्याट फोन पनि सञ्चालनमा आउन सकेका छैनन् । सञ्चार सुविधाको अभावमा उपल्लो डोल्पा तथा तल्लो डोल्पाका क्षेत्र वषौंदेखि सञ्चारविहीन हुँदै आएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending