जेलको काला कोठरीबाट उज्यालो आकाशमूनी आएका उनी कति पनि क्रान्तिबाट विचलित भएनन् । उनले चाहेको भए चुपचाप, क्रान्तिलाई थाँति राखेर घरगृहस्थी जीवनमा व्यस्त रहन सक्थे । तर उनले जनताको मुक्ति नै आफ्नो जीवनको ध्यय ठान्दै पूर्णकालीनरुपमा भूमिगत भए । जनयुद्धलाई तार्किक निष्कर्षमा पुर्याउन जीवनलाई समपर्ण गरे । यसबीच तामाङ जिल्ला जनसरकार प्रमुख भए । पार्टीभित्र पनि आफ्नो लोभ लाग्दो छवि बनाएका तामाङ युद्ध मोर्चामा भन्दा पनि संगठन निर्माण, सेना उत्पादनमा सक्रिय रहे । दुष्मनका चक्रव्यूह तोड्दै, किल्लाहरु ध्वस्त पार्दै जनयुद्ध उत्कर्षतिर लम्कँदै थियो ।२०१८ साल आश्विन १ गते जगुसिं र साङ्जी तामाङको जेष्ठपुत्रको रुपमा जन्मिएका तामाङ बाल्यकालदेखि हक्की स्वाभावका त थिए नै, अझ त्यो भन्दा बढी त परिश्रमी थिए । विपन्न परिवारमा जन्मेका तामाङले संधै आर्थिक अभावसँग पौठेजोरी खेल्नु प¥यो । बाँच्ने बहानाभित्र ढुङ्गामाटोसँग मितेरी लगाउँदै, पसिना चुहाउँदै धेरै कालसम्म उनी ज्यामीको भूमिकामा अनुवन्धित रहे । राजनीतिक चेतबाट ओतप्रोत भएका उनी २०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा खुलेर लागे । त्यो ताका उमेरले भर्खर १८ लागेका उनको तरुणो जोस–जाँगरलाई बहुदलको पराजयले कुनै प्रभाव पारेन । बरु अझ परिवर्तनको लागि लाग्ने अठोट चुलिँदै गयो । भित्रभित्रै पञ्चायति शासनसत्ता विरुद्धको मोर्चामा लागि रहे । फलतः २०४६ सालमा प्रजातन्त्र पुनर्बाहली भयो । अनि उनी जनमोर्चासँग आवद्ध भए । २०४८ सालमा एकता केन्द्रको सदस्यता पाएका उनले २०४९ को स्थानीय निकाय निर्वाचनमा कुविण्डे गाविसबाट उपाध्यक्षमा विजय हासिल गरे । उनकै पालामा भएको कुविण्डेको विकास निर्माणलाई कुविण्डेबासीहरु अहिले पनि सँम्झन्छन् । २०५२ सालमा जनयुद्धको सुरुवात भएपछि भने अर्धभूमिगत भइ उनी युद्धमा सामेल भए । २०५४ साल फागुन २४ गते जनगणतन्त्र दिवस मनाउने क्रममा उनलाई प्रहरीले गिरफ्तार गर्यो । चौताराकै कप्तानपाटी पीपलबोटमा हुँदै गरेका सभालाई सम्वोधन गरिरहेको अवस्थामा उनलाई पक्राउ गरि प्रहरीले गाडीमा कोचेर लगेका थिए । त्यतिखेरै चौताराबासीले लख काटेका थिए आमानसिं कुनै बेला अब्बल नेता भएर आउने छ । नभन्दै त्यस्तै भयो । त्यसकै ठीक दुई दसकपछि अमानसिं त्यही चौतारा साँगाचोकगढीको एक अब्बल नेता र उम्मेद्वारको रुपमा देखा परेको छ ।
हावाबाट विजुली निकाल्ने, समुद्रमा जहाज कुदाउने, भिजन त अवश्य हुन सक्छ तर पर्यावरण, वातावरण र स्रोतसाधनको अध्ययन विना राखेका यस्ता भिजन कालान्तरमा आफ्नै लागि भिलेन सावित हुने उनी बताउँछन् । तामाङ भन्छन– त्यसैले त हामी यहाँको हावापानी सुहाँदो विकास निर्माणलाई प्राथमिकता दिने छौं । सीमित स्रोतसाधन र जनशक्तिबाट पनि आधुनिक, रोजगारीमूल विकशील नगर बनाउँन सक्छौ । त्यसका लागि हामीले नगरस्तरिय प्रतिवद्धतापत्र मार्फत सबैलाई जानकारी गराइसकेका छौं । उनी थप्छन् – जनतालाई हावादारी गफ लाएर हामीलाई राजनीति गर्नु छैन । ढाँट र छलको आयु छोटो हुन्छ । हामी यो बाटोमा जादैनौं । गर्ने सक्ने कुरा मात्र जनतालाई गर्छु भनेका छौं ।पक्राउपछि उनलाई चौताराबाट काठमाण्डौं, भद्रगोल जेलमा लगियो । त्यहाँ उनले पाएको यातना सायदै विर्सन लायक छ– तामाङ यस्तै भन्छन् । सर्वोच्चको आदेशपछि उनी तीन महिनाको यातनात्मक जीवनबाट मुक्त त भए तर देशका नागरिकहरु अझै तमाम विभेदबाट मुक्त भइसकेका थिएन्न । जेलको काला कोठरीबाट उज्यालो आकाशमूनी आएका उनी कति पनि क्रान्तिबाट विचलित भएनन् । उनले चाहेको भए चुपचाप, क्रान्तिलाई थाँति राखेर घरगृहस्थी जीवनमा व्यस्त रहन सक्थे । तर उनले जनताको मुक्ति नै आफ्नो जीवनको ध्यय ठान्दै पूर्णकालीनरुपमा भूमिगत भए । जनयुद्धलाई तार्किक निष्कर्षमा पुर्याउन जीवनलाई समपर्ण गरे । यसबीच तामाङ जिल्ला जनसरकार प्रमुख भए । पार्टीभित्र पनि आफ्नो लोभ लाग्दो छवि बनाएका तामाङ युद्ध मोर्चामा भन्दा पनि संगठन निर्माण, सेना उत्पादनमा सक्रिय रहे । दुष्मनका चक्रव्यूह तोड्दै, किल्लाहरु ध्वस्त पार्दै जनयुद्ध उत्कर्षतिर लम्कँदै थियो । जनयुद्धको लम्काई र चम्काईबीच उनका तीनभाइ छोरा– रघुसिं, छत्रसिं र समरसिं तामाङ पनि युद्धमोर्चामा लामबद्ध भए । मानसिक र शारिरीक यातनाका कारण तामाङकी ७० बर्षिया आमा साङजीले त्यही समय देह त्याग गरिन । त्यो दुखद घडिमा पनि तामाङ किञ्चित विचलित भएनन् । र युद्धमोर्चा सम्हालि रहे । साठीको दसकमा दस वर्षिय जनयुद्धको जगमा १९ दिने जनआन्दोलन भयो । आन्दोलनको सफलतासँगै माओवादी पनि शान्ति प्रकृयामा आए । शान्ति प्रकृयापछि विकशीत तमाम राजनीतिक आरोह अवरोहहरुमा उनी त्यतिकै सकृय रहे । क्रान्तिबाट आएका उनी स्थानीय शान्ति समितको जिल्ला संयोजक बन्दै स्थानीय शान्ति, मेलमिलाप, द्वान्द पीडितका लागि राहत र पीडासमन गर्न पनि उनले कुनै कञ्जस्याँइ गरेनन् । हो यतिखेरै तिनै क्रान्तिकारी, जुझारु व्यक्तित्व समृद्ध नगर निर्माणार्थ चुनावी मोर्चामा छन् । समृद्ध र नमूना नगर निर्माणका लागि भिजन भएर मात्र नहुने उनको तर्क छ । भिजनसँगसँगै ठोस मिसन पनि हुनुपर्छ, क्षमता, हैसियत, प्रवल इच्छा शक्ति र सम्भाव्यताको पनि अध्ययन हुनुपर्छ उनी भन्छन् । हावाबाट विजुली निकाल्ने, समुद्रमा जहाज कुदाउने, भिजन त अवश्य हुन सक्छ तर पर्यावरण, वातावरण र स्रोतसाधनको अध्ययन विना राखेका यस्ता भिजन कालान्तरमा आफ्नै लागि भिलेन सावित हुने उनी बताउँछन् । तामाङ भन्छन– त्यसैले त हामी यहाँको हावापानी सुहाँदो विकास निर्माणलाई प्राथमिकता दिने छौं । सीमित स्रोतसाधन र जनशक्तिबाट पनि आधुनिक, रोजगारीमूल विकशील नगर बनाउँन सक्छौ । त्यसका लागि हामीले नगरस्तरिय प्रतिवद्धतापत्र मार्फत सबैलाई जानकारी गराइसकेका छौं । उनी थप्छन् – जनतालाई हावादारी गफ लाएर हामीलाई राजनीति गर्नु छैन । ढाँट र छलको आयु छोटो हुन्छ । हामी यो बाटोमा जादैनौं । गर्ने सक्ने कुरा मात्र जनतालाई गर्छु भनेका छौं । र गर्छौ पनि । त्यसैले यसपटक अवश्य पनि जनताले काम गर्नेलाई चुन्नेछन् । उनका यी यस्तै इमान्दारिताका कारणले पनि होला नगरबासीहरु यसपटक अमानसिंको पक्षमा उर्लेका छन् । अनुभवी, पाका र सही नेतृत्वको विकल्प हुन सक्दैनन । हो चुनावी मैदानमा देखिएका उम्मेद्वार मध्य अमानसिंको विकल्प अरु उम्मेद्वार हुन सक्दैन ।
प्रतिकृया लेख्नुहोस्: