Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

बोको हरामको कब्जामा रहेका ८२ किशोरी ३ बर्षपछि मुक्त

नाइजेरिया, २४ वैशाख । नाइजेरियाको राष्ट्रपति कार्यलयले सन् २०१४ मा इस्लामवादी उग्रवादी समूह बोको हरामले सन् २०१४ मा बन्धक बनाएका ८२ स्कूले छात्रा मुक्त भएको पुष्टि गरेको छ । अधिकारीहरुले लामो समयको वार्तापछि सरकारी नियन्त्रणमा रहेका संदिग्ध बोको हरामका केही सदस्यहरुको रिहा गरी उनीहरुलाई बन्धकमुक्त बनाइएको जनाएका छन् । उत्तरपूर्वी नगर चिबोकको एउटा निजी विद्यालयबाट अपहरण गरिएका २ सय ७० विद्यार्थीमध्ये ती छात्राहरु पनि थिए । रातको समय पारेर गरिएको उक्त आक्रमणको अन्तर्राष्ट्रिय तहबाट निन्दा गरिएको थियो । क्यामरुनसँगको सीमा क्षेत्रमा रहेको दुर्गम क्षेत्रबाट सडक मार्ग हुँदै ती छात्राहरुलाई फिर्ता ल्याइएको बताइएको छ । लागोसबाट बीबीसीकी स्टेफानी हेगार्टी भन्छिन्, पछिल्लो खबरले धेरै चिबोक परिवारमा खुसीयाली ल्याउने देखिन्छ तर अझै पनि एक सय भन्दा बढी चिबोक छात्राहरुलाई बोको हरामले बन्धक बनाइरहेको छ । ती किशोरीहरुलाई फिर्ता गराउन चलाइएका अभियानहरुलाई पूर्व अमेरिकी प्रथम महिला मिसेल ओबामा र कयौँ हलिउड हस्तीहरुले साथ दिएका थिए । अघिल्लो महिना नाइजेरियाका राष्ट्रपति मुहामदु बुहारीले सरकार निरन्तर सम्वादमा रहेको र अझै बन्धक राखिएका किशोरीहरुलाई सुरक्षित रुपमा रिहा गराउन स्थानीय गुप्तचर संयन्त्रको पनि प्रयोग गरिएको बताएका थिए । एक जना सैन्य स्रोतले बन्धकमुक्त भएका किशोरीहरुलाई आइतबार बोर्नो राज्यको राजधानी माइडुगुरीमा ल्याइने बताए । बन्धक बनाइएका अधिकांश चिबोक छात्राहरु इसाई धर्मावलम्बी थिए तर उनीहरुलाई इस्लाम धर्म अँगाल्न र आफूलाई बन्धक बनाउने बोको हरामका सदस्यहरुसँग बिहे गर्न दबाब दिइएको थियो । बोको हारम र नाइजेरियाली सरकारबीचको द्वन्द्वमा हालसम्म ३० हजार भन्दा बढी मानिसले ज्यान गुमाएका छन् र लाखौँ मानिसहरु आफ्नो थातथलोबाट विस्थापित भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending