Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

२४ बर्ष जेठी शिक्षिकासँग बिहे गरेका फ्रान्सका नयाँ राष्ट्रपति माक्रोंको गज्जबका प्रेम कहानी

\"\"फ्रान्स, २५ वैशाख । इम्यानुएल माक्रों आधुनिक फ्रान्सको सबैभन्दा कम उमेरको राष्ट्रपति बनेका छन् । नयाँ राजनीतिक दल खोलेको एक वर्षमै फ्रान्सको राष्ट्रपति पदमा विजयी बनेर एमानुएल माक्रोंले नयाँ इतिहास रचेका छन् । ३९ वर्षीय माक्रोंलाई पुरानो राजनीतिक वृत्तभन्दा बाहिरका उम्मेदवारको रुपमा हेरिएको थियो । दक्षिणपन्थी उम्मेदवार मारिन ल पेनलाई हराएर माक्रों आधुनिक फ्रान्सको सबैभन्दा कम उमेरको राष्ट्रपति बनेका छन् । युरोपेली संघका समर्थक मध्यपन्थी राजनीतिज्ञ माक्रोंले आफ्नो जीतबाट फ्रान्समा आशा र विश्वासको एउटा नयाँ अध्याय खुलेको बताए । प्यारिसस्थित बीबीसीका एकजना संवाददाता भन्छन्, यो तीन वर्ष अघिसम्म पनि धरैजसो फ्रान्सेली जनताले नचिनेको एक व्यक्तिको असाधारण सफलताको कथा हो । उत्तरी शहर एमिएँमा जन्मिएका माक्रोंले प्यारिसको प्रतिष्ठित हेनरी चौथौ विद्यालयमा पढेका थिए। पछि उनले प्यारिसकै नामी विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरे ।माक्रोंका बाबु तथा आमा दुबैजना चिकित्सक हुन् । केही समय एउटा इन्भेष्टमेन्ट ब्याङ्कमा काम गरेका माक्रोंले पछि फ्रान्सका निवर्तमान राष्ट्रपति फ्राँस्वाँ ओलान्दको आर्थिक सल्लाहकारका रुपमा काम गरेका थिए । पछि ओलान्दले उनलाई अर्थमन्त्रीको रुपमा नियुक्त गरे । सरकारमै भएका बेला ठीक एक वर्ष अघि उनले एन माश भन्ने नयाँ दल खोल्ने घोषणा गरे । त्यसको चार महिना पछि उनले अर्थमन्त्रीको पदबाट राजीनामा दिए र राष्ट्रपति पदमा उम्मेदवारी दिने बताए । एउटा अभूतपूर्व चुनावी अभियानपछि देशका दुईवटा ठूला परम्परागत राजनीतिक दलहरु सोसलिष्ट पार्टी तथा रिपब्लिकन पार्टीका उम्मेदवारहरुलाई पहिलो चरणमै पराजीत गरेपछि उनी अहिले राष्ट्रपति पदमा चुनिएका हुन् । माक्रोंले आफ्नै शिक्षिका ब्रिजीट ट्रोनियोसंग बिहे गरेका छन् । आफ्नो अनौठो प्रेम कथाका कारण पनि माक्रों फ्रान्समा चर्चित छन् । उनले आफु भन्दा २४ वर्ष जेठी आफ्नै शिक्षिका ब्रिजीट ट्रोनियोसंग बिहे गरेका छन् । नाटक विषय पढाउने आफ्नी गुरुआमालाई १७ वर्षको उमेरमै उनले प्रेम प्रस्ताव राखेको र त्यसको १२ वर्षपछि मात्रै उनीहरुको बिहे भएको थियो । तीन सन्तानकी आमा ब्रिजीटले आफ्नै छात्रसंग बिहे गर्न आफ्ना पतिसंग पारपाचुके गरेकी थिइन् । माक्रोंको राजनीतिमा उनकी श्रीमतीको केही प्रभाव रहेको ठानिन्छ । आफ्नो चुनावी घोषणापत्रमा उनले शिक्षालाई उच्च प्राथमिकता दिने उल्लेख गरेका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending