Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

हैजाको महामारी हुने खतरा

\"\"वीरगञ्ज, २५ वैशाख । स्थानीय मीना बजारको कम्प्लेक्समा व्यापारीले सढे गलेको माछा बिक्री गर्ने गरेकाले छेउछाउका वातावरण दुर्गन्धित हुनाका साथै हैजाको महामारी फैलिने आशंका बढेको छ । वीरगन्ज उपमहानगरपालिकाले सो कम्प्लेक्स ठेक्कामा लगाए पनि आफ्नो जिम्मेवारीबाट पन्छिँदै गएकाले माछाको दुर्गन्ध फैलिँदा नजिकै रहेको सरकारी कार्यालयका कर्मचारी तथा स्थानीयवासीलाई समेत असर परेको छ । भारतको आन्द्र प्रदेशबाट एकसाताको बाटो तय गरी वीरगन्ज भन्सार नाकाबाट भित्रिने यस्ता दुर्गन्धित माछा पशु क्वारेन्टन चेक पोस्टका कर्मचारीहरु आर्थिक लाभमा परी इजाजत दिने गरेकाले उपभोक्ताहरु अस्वस्थकर माछा खान बाध्य भएका हुन् । यस्ता सडेगलेको र दुर्गन्धित माछा बिक्री गर्ने काम समयमा नरोकिए हैजा फैलिने सम्भावना बढेर जाने स्थानीयवासी शङ्कर खतिवडा बताउँछन् । दैनिक १५ देखि २० क्विन्टलसम्म माछा भारतबाट नेपाल भित्रिने तथा उक्त माछा ताजा राख्न व्यापारीले बरफ र घातक रसायन प्रयोग गर्ने भएकाले यसको प्रयोगबाट उपभोक्ताको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्दै आइरहेको अर्का स्थानीयवासी राजु खड्गीको भनाइ छ । नगरपालिकाले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक नगरेकाले आमनागरिक दुर्गन्धको सिकार भएका छन् । माछाको दुर्गन्धले सरकारी कर्मचारी तथा स्थानीयवासी प्रभावित भएको बारे जिज्ञासा राख्दा वीरगन्ज उपमहानगरपालिकाको कार्यकारी अधिकृत पीताम्बर अधिकारी भन्छन्“माछा गन्हाउँछ भने मैले के गर्ने ?” विक्कीप्रसाद गुप्ताले ठेक्का लिएको सो कम्प्लेक्सभित्र माछा बजारलाई व्यवस्थित नगर्दा बजार दुर्गन्धित भएकोबारे प्रमुख जिल्ला अधिकारी केशव राज घिमिरेसँग जिज्ञासा राख्दा उनले माछा व्यापारी र नगरपालिकाका कर्मचारीलाई बोलाएर छलफल गरी माछा बजार व्यवस्थित गर्न निर्देशन दिइसकेको बताउँछन् । अत्यधिक गर्मीका कारण व्यापारीले ल्याउने सढेगलेका माछा, मासु पसलबाट निस्कने फोहर पानीले वातावरण दुर्गन्धित पार्ने भएकाले सोको व्यवस्थापन समयमा नगरिए आउँदा दिनमा वीरगन्जमा हैजाको महामारी फैलन सक्ने चिकित्सकको भनाइे छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending