Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

कृषि पकेटक्षेत्र विस्तार

\"\"गुलरिया बर्दिया, ३१ वैशाख । प्रधानमन्त्री कृषि आधुनीकिकरण आयोजनाअन्तर्गत जिल्लाका विभिन्न स्थानमा कृषिजन्य उत्पादनको आधारमा पकेटक्षेत्र निर्माण गर्ने कार्य सुरु गरिएको छ । प्राविधिक कार्यदल तथा कृषिसेवा केन्द्रबाट सिफारिस भई रित पुगेका सामूहिक तथा व्यक्तिगत जग्गा छनोट गरी पकेटक्षेत्र विस्तार गर्ने कार्य सुरु भएको हो । पकेटक्षेत्र विस्तारका लागि माग गरिएका आवेदन स्थानीय विकास अधिकारी संयोजक रहेको जिल्ला कृषि विकास समितिको बैठकबाट स्वीकृत गरी आयोजना सुरु गर्ने निर्णय गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले जानकारी दिनुभयो । आयोजनाअन्तर्गत ५० वटा पकेटक्षेत्र विस्तारका लागि आवेदन माग गरेको उहाँले बताउनुभयो । बर्खे धान, चैते धान, हिउँदे मकै, बर्खे मकै, तरकारी, केरालगायत कृषि उत्पादनलाई पकेटका रूपमा विस्तार गर्दै कृषिलाई आधुनीकिकरण गर्ने रावतको भनाइ छ । योजनाअन्र्तगत कृषि भूमिलाई पकेट, ब्लक, जोन गर्दै सुपर जोन बनाइने भएको छ । पन्ध्र बिगाहा क्षेत्रफल बराबर एउटा पकेटक्षेत्र, १५० बिगाहा क्षेत्रफल बराबर एउटा ब्लक, ५०० हेक्टर क्षेत्रफल बराबर एउटा जोन तथा एक हजार हेक्टर क्षेत्रफल बराबर सुपरजोन कायम गरिएको छ । सो कार्यक्रमका लागि रु सात करोड अनुदान दिइने रावतले बताउनुभयो । पकेटका लागि रु एक करोड ४८ लाख, ब्लकका लागि रु चार करोड ९९ लाख र बाँकी रकम जोन विस्तारका लागि सहयोग गरिनेछ । पकेटका लागि छनोट गरिएका जमिनमा अनिवार्य सडक, सिँचाइ, विद्युत्लगायत सेवा केन्द्रको पहुँच हुनुपर्ने प्रावधान छ । प्रतिपकेटका लागि पुँजीगततर्फ रु दुई लाख २५ हजार र चालुतर्फ बीउ, मलका लागि रु ५० हजार अनुदान दिने कार्यालयले जनाएको छ । परियोजनाअन्तर्गत राजापुर क्षेत्रलाई धान, सोरहवा र बगनाहा क्षेत्रलाई माछा तथा गुलरिया नगरपालिकालगायत आसपासका क्षेत्रमा केराको पकेटक्षेत्र बनाउने योजना छ । जिल्लाका मैनापोखरी, पदनाहा, कालिका, मधुवन, राजपुर, पाताभार, गोला, जमुनी, गुलरिया, धधबार, मगरागाडी, बबई, मोहम्मदपुर, सूर्यपटुवा, बारबर्दियालगायत क्षेत्रमा विभिन्न कृषि उपजको पकेट क्षेत्र विस्तार हुने भएपछि स्थानीय किसान खुसी भएका छन् । रासस
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies