Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

पश्चिम सेती आयोजना अगाडि बढाउने बाटो खुल्यो

काठमाडौँ, लगानी बोर्डले पश्चिम सेती जलविद्युत् आयोजनालाई अगाडि बढाउन स्वीकृति प्राप्त गरेको छ । बोर्डको आज सिंहदबारमा बसेको बैठकले बहुप्रतिक्षित सो आयोजनाको प्रारम्भिक काम सुरु गर्न प्रवद्र्धक चिनियाँ कम्पनी ‘थ्री गर्जेज’लाई बाटो खोलिदिएको हो ।

यस्तै सो आयोजनाका लागि आवश्यक पर्ने वैदेशिक लगानीका लागि बाटो समेत खुलेको छ । चिनियाँ कम्पनीले अब आयोजना अगाडि बढाउनका लागि कम्पनी दर्ता गर्ने प्रक्रिया समेत सुरु गर्न सक्नेछ ।

पश्चिम सेती जलविद्युत् आयोजनाले बैतडी, बाजुरा, डडेल्धुरा र डोटीको भू–भागलाई प्रभावित पार्नेछ । \'स्थानीयस्तरमा ड्रिलिङलगायतका काम सुरु गर्न सहमति प्रदान गरिएको छ\' बैठकपछि लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले जानकारी दिए ।

सो आयोजनामा चिनियाँ थ्री गर्जेजले कुल लगानीको ७५ प्रतिशत र नेपाल विद्युत् प्राधिकरणले २५ प्रतिशत लगानी गर्ने छ । अघिल्लो महिना थ्री गर्जेजको अध्यक्षसहितको प्रतिनिधिमण्डलले नेपालको भ्रमण गरी पुनःस्थापना, पुनर्वास, प्रसारण लाइनको निर्माण तथा स्थानीय क्षेत्रमा रहेका समस्या समाधान गर्न सरकारसँग माग गरेको थियो । आयोजनामा रु एक खर्ब ५० अर्ब लगानी हुनेछ । कुल ७५० मेगावाट क्षमताको सो आयोजना २० वर्ष अगाडि नै निमार्णका लागि अस्टे«लियन कम्पनीलाई जिम्मा दिइएको थियो । अस्टे«लियन कम्पनी ‘स्नोइ इन्जिनियरिङ माउन्टेन कम्पनी’ (स्मेक)ले प्रभावकारी काम गर्न नसकेको भन्दै सरकारले तीन वर्ष पहिले सो कम्पनीसँग रहेको अनुमतिपत्र खारेज गरी चिनियाँ थ्री गर्जेजलाई दिएको थियो ।

यस्तै बोर्डको बैठकले ‘एसएन पावर’ले अगाडि बढाउन लागेको तामाकोशी तेस्रो परियोजना विकास सम्झौता (पिडिए) को प्रक्रिया सुरु गर्ने बाटोसमेत खोलिदिएको छ । दोलखामा आयोजनास्थल रहेको सो परियोजनाको कुल क्षमता ६५० मेगावाट रहेको छ । सो आयोजनाको निकट भविष्यमा पीडिए गरिने प्रमुख कार्यकारी अधिकृत पन्तले जानकारी दिए ।

यस्तै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम समेत एक आपसमा समन्वय गरेर अगाडि बढाउने निर्णय गरेको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल एसियाली विकास बैंकको आर्थिक सहयोगमा सुधारको काम अगाडि बढिरहेको छ ।

विमानस्थलमा उपलब्ध सेवा तथा सुविधालाई प्रभावकारी बनाउने र क्षमता अभिवृद्धि गर्ने तथा निजगढ विमानस्थलको काम तत्काल अगाडि बढाउनका लागि मार्ग प्रशस्त भएको प्रमुख कार्यकारी अधिकृत पन्तको भनाइ छ । निजगढ विमानस्थलका लागि सरकारले चालु आर्थिक वर्षमा ५० करोड बजेट विनियोजन गरेको छ । केही समय पहिले मात्रै सरकारले विमानस्थलको चार किल्ला कायम गरेको छ । यस्तै बोर्डको आजको बैठकले परियोजना विकास सम्झौता अगाडि बढाउँदा प्रवद्र्धकसँग प्रतिमेगावाट एक हजार ५०० अमेरिकी डलर शुल्क लिने निर्णय गरेको छ । सो शुल्क लिदा आयोजनामा अपनत्व महसुस हुने र काम गर्न सजिलो हुने तथा काम गर्न सक्ने कम्पनी आउने विश्वास लिइएको छ । यस्तै बोर्डका कार्यकारी अधिकृत पन्तको संयोजकत्वमा अर्थ, ऊर्जा, वन, नेपाल विद्युत् प्राधिकरणका प्रमुख रहेको समन्वय समिति समेत गठन गरिने भएको छ । सो समितिले आयोजनामा देखिएको समस्या समाधान गर्न मद्दत पुग्ने छ । बैठकमा काठमाडौँ तराई द्रुतमार्गको विषयमा छलफल भए पनि कुनै निर्णय नभएको पन्तले जानकारी दिए । लामो समयपछि बसेको बोर्डको बैठकले दुरगामी प्रभाव पार्ने र मुलुकको विकास निर्माणको कामलाई प्रभावकारी रुपमा अगाडि बढाउने निर्णय गरेको पन्तको भनाइ छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: