Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

फौजदारी न्याय प्रणालीप्रति नेपाल प्रतिबद्ध: गौतम

काठमाडौँ, उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले निष्पक्ष एवम् जवाफदेही फौजदारी न्याय प्रणालीका सिद्धान्तप्रति नेपाल प्रतिबद्ध रहेको उल्लेख गर्दै त्यसनिम्ति नीतिगत योजना तथा कार्यक्रमलाई उच्च प्राथमिकता दिँदै प्रभावकारी रुपमा आपराधिक गतिविधि नियन्त्रणमा सरकार लागेको बताएका छन् ।

कतारको राजधानी दोहामा गत आइतबारदेखि सुरु भएको ‘अपराध रोकथाम तथा फौजदारीन्याय’ विषयक संयुक्त राष्ट्रसङ्घीय १३औँ महासभालाई आज सम्बोधन गर्दै उनले अन्तरदेशीय अपराध हुन नदिन पारस्परिक कानुनी सहायता, प्रत्यर्पण, सङ्गठित अपराध नियन्त्रण तथा मुद्रा निर्मलीकरणसम्बन्धी कानुन कार्यान्वयन गरिएको बताए ।

नेपालको विद्यमान कानुन संशोधनका लागि फौजदारी कार्यविधि संहिता, फौजदारी कसूरमा सजाय निर्धारण नियमावली, दण्ड ऐन, केही नेपाल संशोधन ऐनलगायत विधेयक व्यवस्थापिका–संसद्मा पेस गरिएको जानकारी दिँदै उनले ती विधेयकले परिवर्तित प्रवृत्ति र फौजदारी न्यायप्रणालीका आवश्यकता सम्बोधन गर्ने उपप्रधानमन्त्रीले बताए ।

सुरक्षा निकाय र त्यस क्षेत्रमा काम गर्ने अन्य अधिकारीको तालिममा मानवअधिकार र फौजदारीन्यायलाई आधारभूत पाटोका रुपमा समावेश गरिएको जानकारी दिँदै उनले भने-\'दण्डहीनताविरुद्ध नेपाल पूर्ण प्रतिबद्ध छ, सबै खाले आपराधिक गतिविधि नियन्त्रण गर्न र विद्यमान रिक्तता सम्बोधन गर्न समग्रतामा काम थालिएको छ ।\'

जनसाधारणमा अपराध नियन्त्रण र फौजदारीन्यायबारे चेतना जागृत गर्न तथा शिक्षा प्रवाह गर्न नागरिक समाजसम्बन्धी सङ्घसङ्गठन, मानवअधिकार रक्षक र सञ्चार जगत्ले निर्वाह गरेको भूमिकाको नेपालले उच्च महत्व दिएको बताउँदै उपप्रधानमन्त्री गौतमले मानव प्रतिष्ठा तथा न्याय तथा कानुनी राज्य सुदृढ बनाउने प्रयासमा सरकार लागिपरेको स्पष्ट गरे ।

नेपालको फौजदारीन्याय प्रणाली स्वतन्त्र एवम् सक्षम रहेको बताउँदै उनले केही जिल्ला अदालतमा नमुनाका रुपमा गैरसैनिक र फौजदारी न्याय सम्दानका लागि बेग्लै न्यायाधीशको व्यवस्था गरिएको तथा विस्तृत फौजदारी मुद्दा निर्देशिका निर्माण गरी कार्यान्वयन गरिएको जानकारी दिए ।

द्वन्द्वकालका मुद्दा छानबिन गर्न अन्तर्राष्ट्रिय कानुनको भावनाबमोजिम हालै सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठन गरिएको जानकारी दिँदै उपप्रधानमन्त्री गौतमले ती आयोगले दोषीलाई कानुनको कठघरामा ल्याउने र देशमा दिगो शान्ति र स्थायित्व कायम हुनेमा सरकार विश्वस्त रहेको बताए ।

अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार नेपालले कानुनमा सर्वसाधारणको पहुँच प्रवद्र्धन तथा फौजदारी न्याय प्रणालीलाई उच्च प्राथमिकता दिएको बताउँदै उनले अपराधविहीन समाज निर्माण तथा जनताको जीवनस्तर उठाउने सुनिश्चितताका लागि एकीकृत प्रयास गरिएको जानकारी दिए ।

नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे महासभालाई जानकारी गराउँदै उपप्रधानमन्त्री गौतमले भने \'लम्बिँदो सङ्क्रमणको चरणबाट देशलाई मुक्त गर्न तथा संविधानसभाबाट संविधान जारी गरी प्रजातन्त्रका उपलब्धि संस्थागत गर्न दिलोज्यानका साथ आवश्यक प्रयास भइरहेको छ\' ।

संविधानलेखनको प्रक्रियामा सबै सरोकारवालालाई समावेश गर्न नेपाल सरकार प्रतिबद्ध रहेको दोहोर्याउँदै संविधानबाटै नेपाल शान्ति, स्थायित्व, विकास र लोकतान्त्रिक शासन पद्धतिमा अग्रसर हुने बताए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending