Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

तातोपानीमा माओवादी, कनकासुन्दरी र पातारासीमा कांग्रेस विजयी

\"\"जुम्ला, ३ जेठ । तातोपानी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नवराज न्यौपाने र उपाध्यक्षमा सोही पार्टीकै गङ्गादेवी उपाध्याय विजयी भएका छन् । निर्वाचन अधिकृत नोखबहादुर बस्यालकाअनुसार न्यौपानेले दुई हजार ३९१ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का सुरतबहादुर शाहीले दुई हजार २५ मत प्राप्त गरे । उपाध्यक्षमा माओवादी केन्द्रका उपाध्यायले एक हजार ९६२ मत ल्याई विजयी भएका छन् । उनका प्रत्याशी एमालेका नारायणी चौलागाईंले एक हजार ९०६ मत प्राप्त गरे । कनकासुन्दरी र पातारसीमा कांग्रेस विजयी यसैगरी कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका नरवीर रावत र उपाध्यक्षमा काँग्रेसकै उर्मिला भण्डारी विजयी भएका छन् । रावतले दुई हजार ११३ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका राजजङ्ग हमालले एक हजार ८४४ मत प्राप्त गरे । उपाध्यक्षमा भण्डारीले एक हजार ९४१ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका मिमसरा राना रावतले एक हजार ४३१ मत प्राप्त गरेको निर्वाचन अधिकृत तुमनाथ उप्रेतीले जानकारी दिए । \"\" यसैगरी पातारासी गाउँपालिका अध्यक्षमा काँग्रेसका लक्षिमन बोहोरा र उपाध्यक्षमा सोही पार्टीका पुन्नकली महतारा विजयी भएका छन् । निर्वाचन अधिकृत जगत बस्नेतकाअनुसार बोहोराले दुई हजार ३११ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका गौरीशङ्कर बुढाले एक हजार ९३० मत प्राप्त गरे । उपाध्यक्षमा महताराले दुई हजार २५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जनमाया रोकायाले एक हजार ८५५ मत प्राप्त गरिन्। तिलामा अध्यक्षमा एमाले, उपाध्यक्षमा माओवादी तिला गाउँपालिकाको अध्यक्षमा एमालेका रतननाथ योगी एक हजार ७६८ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जङ्गबहादुर बस्नेतले एक हजार ७४४ मत प्राप्त गरे । निर्वाचन अधिकृत माधवप्रसाद पौडेलकाअनुसार उपाध्यक्षमा माओवादी केन्द्रका विष्णु बुढाले एक हजार ७७४ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विष्णुकली रावतले एक हजार ६१६ मत प्राप्त गरे । अहिलेसम्म जुम्लामा मतपरिणाम सार्वजनिक भएका सात स्थानीय तहमा अध्यक्ष पदमा काँग्रेस र माओवादी केन्द्र तीन÷तीन वटामा तथा एमाले एउटामा विजयी भएको छ भने उपाध्यक्ष पदमा माओवादी केन्द्र चार, काँग्रेस दुई र एमाले एउटामा विजयी भएको जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले जानकारी दिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending