Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

पुन मतदान गर्न माग गर्दै आयोगमा मुद्धा

सिन्धुपाल्चोक, ४ जेठ । सहमती अनुसार मत गणना नभएपछि बलेफि गाउँपालिका वार्ड नं २ को निर्वाचन बदर गर्न माग गर्दै निर्बाचन आयोगमा मुद्धा दायर भएको छ । बलेफि गाउँपालिका वार्ड नं २ का तर्फबाट आज बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चौतारामा मुद्धा दायर गरिएको नेकपा माओवादी केन्द्रले जनाएको छ । बलेफि गाउँपालिका वार्ड नं २ मा गत बैशाख ३१ गते भएको मतदानका क्रममा फुल्पिङ्कोट माविको “ख” बुथका मतदान अधिकृत भरत शाह रौनियारले नियतबस ११ वटा मतपत्रमा हस्ताक्षरै नगरी मतदातालाई दिएपछि बिवाद भएको थियो । मतदाताले हस्ताक्षरै नभएको मतपत्र भेटेपछि मतदान स्थगित गरिएको थियो । निकासका लागि मतदान अधिकृत, सबै राजनीतिक दलका प्रतिनिधि र सुरक्षा निकाय बसेर हस्ताक्षर नभएका मतपत्र गन्ने सहमती गरेका थिए । तर बलेफि गाउँपालिकाको कार्यालयमा मत गणनाका क्रममा सहमती अनुसार काम नभएपछि माओवादी बिरोधमा उत्रिएको थियो । मतदान अधिकृत रौनियारले आफुले ११ वटा मतपत्रमा हस्ताक्षर नगरेको स्वीकार गर्दै सर्बपक्षिय सहमती पत्रमा हस्ताक्षर नभएको मतपत्रको नम्बर समेत उल्लेख गरि गणना गर्ने भन्दै हस्ताक्षर गरेका छन् । तर सहमती अनुसार गणना भएन, माओवादीका बलेफि २ का उमेदवार पुरुषोत्तम सापकोटाले भने । उनका अनुसार गणना नगरिएका ११ मत सबै माओवादीलाई छाप लागेका छन् । माओवादीका २ जना सदस्यले ४ र ७ मतले हार बेहोरेका छन् । ती ११ मत गनिएमा हाम्रा २ सदस्य जित्नेछन त्यहि भएर गनिएन, धाँधली भयो सापकोटाले भने । हामीले पुःन मदतानको माग गरेका छौं । त्यहि भएर हामीले कि ती मतपत्र र गणना कि पुन मतदान भनेका हौं उनले भने । मुद्धा दायरका क्रममा मुख्य निर्वाचन अधिकृतले आफुहरुको मागलाई केन्द्रमा पुर्याईदिने प्रतिवद्धता जनाएको सापकोटाले बताए । आयोगले यसबारे छानविन गरेमा बलेफि गाउँपालिकाको निर्वाचनसंग जोडिएका सपथ लगाएत सबै प्रक्रियामा असर पर्ने बताईएको छ। \"\" \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending