Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

के हेर्न चढे ओली धरहराको टुप्पोमा ?

काठमाडौं, संविधानका विवादित अन्तर्वस्तुमा सहमति खोज्ने र जारी राजनीतिक गत्यावरोधको समाधान निकाल्ने प्रयासस्वरुप प्रमुख राजनीतिक दलहरु बैठकमा व्यस्त रहेकै बेला एमाले अध्यक्ष खड्गप्रसाद ओली भने बैठक छाडेर धरहरा चढ्न गएका छन् । विपक्षी एमाओवादी नेताहरुले राष्ट्रका समस्या छाडेर ओली के हेर्न धरहराको टुप्पोमा पुगेका हुन् भन्दै प्रश्न गरेका छन् । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले बोलाएको शीर्ष नेताहरुको बैठकमा नगई एमाले अध्यक्ष धरहरा चढ्नतिर लागेपछि एमाओवादी नेताहरुले भने बैठकमै ओलीको आलोचना गरेका छन् । यसअघि पनि लामो गत्यावरोधपछि विपक्षी मोर्चाको पहिलो चरणको आन्दोलनलगत्तै बसेको शीर्ष बैठकमा ओली अनुपस्थित भएका थिए । अनेकौं बहाना बनाएर ओलीले राष्ट्र र जनतासँग प्रत्यक्ष सरोकार राख्ने महत्वपूर्ण बैठकहरुलाई बेवास्ता गर्दै आएकाले उनी र उनको पार्टी एमाले प्रमुख दलहरुबीच सहमतिमा निकास चाहँदैनन् भन्ने कुरालाई प्रमाणित गरेको भन्दै एमाओवादी नेताहरुले आलोचना गरेका हुन् । एमाओवादी नेता गिरीराजमणि पोख्रेलले भने ‘ओलीजी बैठकमा बारम्बार र लगातारजसो अनुपस्थित हुनुले उहाँहरु सहमतिप्रति गम्भीर हुनुहुन्न, बहुमतकै आडमा पेल्ने मानसिकतामा हुनुहुन्छ भन्ने स्पष्टै देखियो ।’ एमाले उपाध्यक्ष भीमबहादुर रावलले भने पूर्वनिर्धारित कार्यक्रम भएकाले अध्यक्ष ओली आफूलाई सबै अधिकार दिएर त्यतै हिँडेको बताएका छन् । संविधानसभाका अध्यक्ष नेम्बाङको पहलकदमीमा सोमबार नौ दलका शीर्ष नेताहरुको बैठक बसेको थियो । सहमतिका लागि दलहरुलाई तीन महिनाको समय दिँदा पनि सहमति हुन किन नसकेको भन्दै अब मिल्न बाँकी के–के रहेका हुन्, स्पष्ट पार्न आग्रह गरेका थिए । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दलहरुबीच सहमति भएर मात्रै संविधानसभा बैठकको मिति तोक्नुपर्नेमा वैशाख ६ मा बैठक राखिएकोमा आपत्ति जनाए । त्यसैगरी कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने नयाँ वर्षसँगै नयाँ क्यालेन्डर बनाएर संविधान निर्माण तथा सहमतिको प्रक्रिया अघि बढाउनुपर्ने बताए । बैठकमा नेपाली कांग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, फोरम नेपाल, तमलोपा, राप्रपासहितका दलबाट शीर्ष नेता सहभागी थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE