Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

मिस सी स्टारमा भैरहवाकी अन्जली

\"\"भैरहवा, ६ जेठ । मिस सी स्टारको प्रतियोगीताको रुपमा भैरहवाकी अन्जली शाह ठकुरी छनौट भएकी छन् । स्कुल एजुकेशन एक्जाम (सी) दिएकाहरु सहभागी उक्त प्रतियोगीतामा सहभागीहरुलाई आयोजकले अहिले विभिन्न प्रशिक्षण दिइरहेको जनाएको छ । १५ जना प्रतियोगी मध्ये भैरहवाकी ठकुरीको प्रदर्शन पनि उत्कृष्ट देखिएको छ । बुद्ध ज्योती स्कुल भैरहवाबाट एसएलसी सरहको सी परिक्षा दिएकी ठकुरी सिनपा १२ आवारोड चौंककी हुन् । सानै उमेरदेखि मोडलिंग र कला प्रदर्शनीमा रुची राख्ने ठकुरी यसअघिका विभिन्न प्रतियोगितामा पनि प्रतियोगी भएकी थिईन् । आगामी जेठ २५ गते फाइनल प्रतियोगिता हुने उक्त मिस सी स्टारका प्रतियोगिहरुले आफुहरुलाई भोट दिन आग्रह समेत गरेका छन् । प्रतियोगीताको १४ नम्बर प्रतियोगी रहेकी ठकुरीले आफुलाई फेसबुकमा लाइक गर्न र मोबाइल नम्बरबाट कन्टेसटेन्ट नम्बर १४ टाइपगरी ३४२४३ मा पठाउन पनि अनुरोध समेत गरेकी छन् । प्रतियोगीतामा सहभागी प्रतियोगीहरुमध्ये धेरै मत पाउने र निर्णायकबाट गरी विजेता छनौट गरिने प्रावधान राखिएको आयोजकले जनाएका छन् । यता ठकुरीको बुबा विजय विक्रम र आमा विष्णु चिना) शाहले पनि भैरहवा रुपन्देही क्षेत्रकी एक मात्र प्रतियोगी अन्जलीलाई मतदान गरी भैरहवाकी चेलीको सम्मान गरिदिन आग्रह गरेकी छन् । भवानी इन्टरटेनमेन्टको आयोजनामा भइरहेको उक्त प्रतियोगिताको टयालेन्ट शो आगामी शनिबार काठमाण्डौंमा हुन गइरहेको उक्त कम्पनिका निर्देशक सोनीत ढुंगेलले खबरडबलीलाई जानकारी दिए । कुल ३५ जना मध्ये १५ जनालाई छनौटगरी बैशाख १९ गतेदेखी प्रतियोगीहरुलाई विभिन्न तालिम दिइरहेको आयोजकले जनाएका छन् । प्रतियोगिताको फाइनल भने जेठ २५ गते राष्ट्रिय नाचघर जमलमा हुनेछ । प्रतियोगिताका विजेतालाई प्लस टु लेभलको पुर्ण छात्रावृति, ल्यापटप र अन्य पुरस्कारको पनि व्यवस्था गरिएको छ । गत वर्ष सम्म विद्यमान स्कुल लिभिंग सर्टिफीकेट (एसएलसी) यो वर्षदेखी परिवर्तन भई स्कुल एजुकेशन एक्जाम (सी) भएको हो । प्रतियोगिता आयोजक भवानी इन्टरटेनमेन्टले यसअघि मिस एभरेष्ट नेपाल सम्पन्न गरिसकेको छ । गतवर्ष भएको उक्त प्रतियोगितामा आकांक्षा भट्टराईले मिस एभरेष्टको ताज पहिरेकी थिइन् । \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending