Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

टोपबहादुरको दाबीः ‘हेर्दै जानुहोस् संसदको चुनावसम्म माओवादी केन्द्र ‘टप’ हुन्छ’

\"\"काठमाडौं, ६ जेठ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोले अब दोस्रो चरणको निर्वाचन जेठ ३१ गते नै हुने बताए । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा रायमाझीले पहिलो चरणको निर्वाचनमा जनताले आफ्नो पार्टीलाई अहिलेको भन्दा निकै राम्रो भोट दिने आफूहरुले आशा लिएको भएपनि आशा गरेजस्तो मत नआएको स्पष्ट पारे । उनले भने,‘हामीले त धेरै ठूलो आशा गरेका थियौं, हुन त हामीले ०७० को निर्वाचन भन्दा राम्रो मत पाएका छौं र हामीले यो भन्दा धेरै नै आशा गरेका थियौं, एउटा कुरा के प्रष्ट भयो भने अझैपनि जनतामा ठूलो भ्रम रहेछ।’ यद्धपी उनले आफ्नो पार्टीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सुधार गर्ने, प्रदेशको चुनावमा धेरै राम्रो गर्न र केन्द्रिय संसदको चुनावमा टप हुने दाबी गरे । उनले दाबी गर्दै भने,‘माओवादी पहिलो पार्टी हुन्छ, तर केन्द्रिय संसदको चुनावसम्म धैर्य गर्नुहोस्, टोपबहादुरले बोलेको कुरा अहिलेसम्म फेल खाएको छैन, म जे बोल्छु त्यो पूरा हुन्छ।’ उनले माओवादी पार्टी एक भएको भए कसैलेपनि पहिलो पार्टी बन्ने सपना नदेखे हुन्थ्यो भन्दै पार्टी विभाजनको बावजुदपनि तेस्रो स्थानमा आउनु खुशीको कुरा भएको बताए । उनले थपे,‘भन्नको लागि त यहाँ माओवादी अब पाँचौ वा छैटौंमा पुग्छ पनि भनियो, तर हामीले त्यसलाई विश्वास गरेका थिएनौं, किनकी माओवादी त्यसै हराएर जाने पार्टी होईन, यो आन्दोलन हो नि।’ उनले पहिलो चरणको निर्वाचन सफल रुपमा सम्पन्न भएसँगै संविधान कार्यान्वयन अघि बढेको र प्रतिक्रान्तिको खतरा टरेको समेत स्पष्ट पारे । उनले आफूहरु जनतामा अब झांग्गिदै जाने भएकोलेपनि अब हुने चुनावहरुमा राम्रो नतिजा ल्याउने दाबी प्रस्तुत गरे । उनले माओवादी केन्द्रको नेतृत्वको सरकारले धेरै राम्रा राम्रा काम गरेपनि जनतामा यसलाई पुर्याउन नसक्नुपनि एउटा कमजोरी भएको स्विकार गरे । उनले थपे,‘माओवादीले आज लोडसेडिङ् हटायो, उज्यालो नेपाल बनाएको छ, माओवादीले नै हो नेपालमा सबैभन्दा बढि राजश्व उठाएको, अहिले नेपालको ईतिहाँसमा कहिल्यै नभएको आर्थिक वृद्धि भएको छ, चीनसँगको ओबोरमा हस्ताक्षर भएको छ, भारत र चीनसँगको सम्बन्ध सुमुधर भएको छ, माओवादीले धैरै विकास गरेको, फाष्ट ट्रयाक नेपाली सेनालाई बनाउने जिम्मा दिईएको छ।’ नेता रायमाझीले दोस्रो चरणको निर्वाचन अब कुनै पनि हालतमा नरोकिने स्पष्ट पारे । उनले थपे,‘अब निर्वाचन रोकिँदैन, अन्तिमसम्मपनि हामी मोर्चाका माँगहरु पूरा गराउन प्रयत्न गर्छौं, अहिलेपनि गरिरहेका छौं, यो कुरा उहाँहरुलाई पनि थाहा छ।’उनले मुलुकको समस्या समाधानको लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेपनि जिम्मेवार बन्नुपर्ने बताए। रायमाझीले संविधान संशोधन प्रस्ताव पारित गर्नको लागि सरकार प्रयत्नरत भएपनि यसकोलागि दुई तिहाई चाहिने भएकोले एमालेले यसमा सहयोग गर्नुपर्ने अनिवार्य आवश्यकत्ता रहेको बताए । यद्धपी उनले संशोधन पारित नभए एमालेको कारण पारित नहुने समेत टिप्पणी गरे । उनले यदि संशोधन प्रस्ताव पारित नभएपनि मोर्चा चुनावमा आउनुपर्ने बताए । उनले भने,‘संशोधन प्रस्ताव पारित भएन भनेपनि मोर्चाका साथीहरु चुनावमा जानुपर्छ, बरु यही कारण लिएर निर्वाचनमा जाँदा उहाँहरुलाईपनि राम्रो हुन्छ।’ फरक प्रंसगमा उनले आफ्नो पार्टी र कांगे्रसवीच भएको भद्र सहमति कार्यान्वयन हुने विश्वास दिलाए । उनले भने,‘माओवादीले बोलेको कुरा पुर्याउँछ, हामीले कांगे्रेससँग गरेको प्रतिबद्धता पूरा गराउँछौं, समयभित्रै हामी सरकार छोडेर मार्गप्रशस्त गर्छौं ।’ उनले कांग्रेससँग भएको सहमतिबाट आफूहरु एक ईन्चपनि तलमाथि नहुने प्रकाश पारे । रायमाझीले प्रधानमन्त्री प्रचण्डले सत्ता हस्तान्तरण गर्नेमा कुनै शंका नगर्न समेत आग्रह गरे । उनले भने,‘दश दिन कुर्नुहोस्, सबै देख्नुहुन्छ, दोस्रो चरणको निर्वाचन कांगे्रेस सभापति शेरबहादुरजीले गर्नुहुन्छ।’ त्यस्तै उनले निर्वाचनभन्दा अघि बजेट मिति परेकोले अहिले कामचलाउ बजेट आउने स्पष्ट पारे । त्यस्तै उनले टिकापुर घट्नाको मुद्दा फिर्ता हुँदैछ अरे नि भनेर पत्रकारले सोधेको प्रश्नमा त्यसको बारेमा अहिले प्रक्रियागत रुपमा काम अघि बढिरहेको स्पष्ट पारे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending