Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

भद्र सहमतिप्रति प्रचण्ड इमान्दार : आज प्रधानमन्त्रीबाट राजीनामा

\"\"काठमाडौं, ९ जेठ । २० वर्षपछि स्थानिय तहको निर्बाचन गराएर संविधान कार्यान्वयनको एैतिहासिक जिम्मेवारी पुरा गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मंगलबार प्रधानमन्त्रीबाट राजीनामा दिने भएका छन् । सत्ता साझेदार नेपाली कांग्रेससँग सरकार गठनको प्रक्रियामा भएको भद्र सहमति अनुसार नै प्रचण्डले राजीनामा दिएर नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई सरकार हस्तान्तरण गर्न लागेका हुन् । स्थानिय तहको निर्बाचन, संविधान कार्यान्वयन तह मधेसी मोर्चालाई सहमतिमा ल्याउँदै मुलुकलाई एकतामा ल्याउन सफल प्रचण्डले भद्र सहमतिलाई अक्षरस पालना गर्ने नेताको रुपमा समेत आफुलाई उभ्याउँदैछन् । प्रमुख प्रतिपक्षी नेकपा एमाले, मधेसी मोर्चा, नेपाली कांग्रेसकै बहुमत नेताहरु र बौदिक जगतले समेत स्थानिय निकायको दोस्रो चरणको चुनाव सम्पन्न गराएर मात्र प्रधानमन्त्रीबाट राजीनामा गर्नुपर्ने दवावलाई समेत प्रचण्डले आफु सहमति विपरित नचल्ने भन्दै अस्विकार गरेका छन् । प्रधानमन्त्री प्रचण्डको नीजि सचिवालयका अनुसार नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा स्वयंमले भनेको अवस्थामा मात्रै प्रचण्डले राजीनामाबारे पूनर्विचार गर्नेछन् । यसअघि राजनीतिक दलहरुबिच भएका भद्र सहमतिहरु कार्यान्वयन हुने गरेका थिएनन् । नेपाली कांग्रेसका तात्कालिन सभापति एंव दिवंगत नेता सुशिल कोईरालाले संविधान जारी गरेलगत्तै एमालेका नेता केपी ओलीलाई सत्ता हस्तान्तरण गर्ने भद्र सहमति कार्यान्वयन नगरेपछि उनको सरकार ढलेको थियो भने माओवादी एमाले गठबन्धनबाट बनेको केपी ओली नेतृत्वको सरकार पनि ओलीले भद्र सहमति कार्यान्वयन नगरेपछि ढलेको थियो । सरकार निर्माणको समयमा भद्र सहमति गर्ने अनि पछि कार्यान्वयन नगर्ने नेपालको राजनीतिक नेतृत्वको छविमा समेत प्रचण्डको राजीनामाले सुधार ल्याउने छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending