Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

म्याग्दीको अल्लो र ढाका कपडा विदेशमा

\"\"बाबियाचौर (म्याग्दी), १५ जेठ । म्याग्दीका उद्यमीले तयार पारेको अल्लो र ढाकाको कपडा विदेश निकासी हुन थालेको छ । बेनीको हिमाली अल्लो र नमुना ढाका उद्यमी समूहले तयार पारेको कपडा जापान, बेलायत, हङकङ, दक्षिण कोरिया, अमेरिका लगायतका देशमा रहेका नेपालीले खरिद गरेर विदेश लैजान थालेका नमुना ढाका कपडा उद्यमी समूहकी अध्यक्ष डिलु घतानेले बताए । रोजगारी, पेसा र व्यवसायको सिलसिलामा विश्वका विभिन्न देश पुगेका म्याग्दीबासीले आफ्नो जन्मथलोको पहिचानका रुपमा अल्लो र ढाकाको कपडा प्रयोग गर्न थालेका हुन् । “विदेशमा रहेका म्यादेलीले चाडपर्व र सभा÷समारोहमा ढाका र अल्लोबाट निर्मित कपडाको पहिरन प्रयोग गर्न थालेकाले यसको माग बढेको हो”, घतानेले भन्नुभयो, “ सबैले कोसेलीका रुपमा अल्लो र ढाकाको कपडा लैजाने गरेका छन् ।” उच्च पहाडी क्षेत्रमा पाइने अल्लो पुवालाई प्र्रशोधन गरेर बनाइएको धागो र ढाकाबाट साडी, सल, कुर्था, गलबन्दी, रुमाल, पर्स, चोलो, टोपी बनाउन सकिन्छ । म्याग्दीको कला, सीप र पहिचानलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि म्याग्दी प्रवासी नेपाली सङ्घ ९मोना०ले ढाका र अल्लोका कपडा प्रवद्र्धनमा सघाएको हुन् । विदेशमा आयोजना हुने औपचारिक, सांस्कृतिक कार्यक्रम, सभा÷समारोहमा सहभागी हुँदा जिल्लाका उद्यमीले तयार पारेका ढाका र अल्लोका कपडा लगाउने चलन बसेको मोना नामक संस्थाका कोषाध्यक्ष चक्र थापाले बताए । बजार प्रवद्र्धनका लागि विदेशमा रहेका आफन्त र साथीलाई कोसेलीका रुपमा ढाका र अल्लोका कपडाको सामग्री पठाउन थालिएको हो । विदेशबाट माग बढेपछि उद्यमीलाई ढाका र अल्लोका कपडा बुन्न भ्याई नभ्याई भएको छ । हाँडेभिरस्थित साझा सुविधा केन्द्रमा दैनिक दश जनाले अल्लो र आठजनाले ढाकाको कपडा बुन्दै आएका छन् । घरायसी कामबाट बचेको समयमा अल्लो र ढाका बुन्ने गरिएको उद्यमी लीलादेवी पुनले बताए । उनका अनुसार एकजनाले मासिक रु १५ देखि २० हजारसम्म आम्दानी गर्न सफल भएका छन् । एक मिटर ढाका र अल्लोको कपडालाई रु ६०० पर्छ । एकजनाले एक दिनमा एक मिटरसम्म कपडा बुन्न सक्छन् । पहिलो सादा कपडा बुन्दै आएका उद्यमीले पछिल्लो समय ग्राहकको मागअनुसार रङ्गीन र बुट्टेदार कपडासमेत बनाउन थालेका छन् । उद्यमीहरुलाई लघुउद्यम विकास कार्यक्रम, घरेलु तथा साना उद्योग विकास समिति, वन कार्यालय, गरिबी निवारण कोषलगायतका निकायले सीपमूलक तालिम, औजार र प्रविधि सहयोग गरेका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending