Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

कांग्रेसले बनायो आमा–छोरीलार्इ नै उम्मेदवार

\"\"काँकडभिट्टा, १८ जेठ । असार १४ गते हुने भनिएको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा झापामा आमा–छोरीले एउटै पार्टीबाट उपप्रमुखको टिकट पाएका छन् । नेपाली कांग्रेसबाट भद्रपुर नगरपालिकामा तारा भुर्तेलले उपप्रमुखको टिकट पाएकी छन् भने उनकी छोरी दुर्गा भुर्तेल खतिवडाले मेचीनगर नगरपालिकामा उपप्रमुखकै टिकट पाएकी हुन् । “राजनीतिमा आमा–छोरी भनेर जिम्मेवारी पाउने कुरामा रोकिने कुरा हुँदैन”, कांग्रेसबाट भद्रपुरको उपप्रमुख पदकी उम्मेदवार बनेकी तारा भुर्तेलले भनिन्, “पार्टीमा काम गरेको आधारमा मूल्याङ्कन भएको हो ।” नेपाली कांग्रेसको महासमिति सदस्यसमेत रहेकी तारा ७१ वर्षकी छन् । उनी सम्भवतः झापाकै सबैभन्दा पाको उमेरकी उपप्रमुख उम्मेद्वार हुन् । उनले २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा भद्रपुरबाट वडाध्यक्ष पदमा जितेकी थिइन् । २० बर्ष अघि नै जनताको प्रतिनिधि बनेर सेवा गर्ने अवसर पाएकी उनी चुनाव जित्ने दाबी गर्छिन् । राजनीतिमा उमेरले नछेक्ने उनी बताउँछिन् । “अहिले पनि ममा १६ वर्षेले झैं पार्टीको काममा खटिने गर्ने जोस, जाँगर छ”, उनी भन्छिन्, “राजनीति गर्नलाई उमेरले छेक्दैन ।” त्यसैगरी, छोरी दुर्गा भुर्तेल खतिवडा पनि नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि हुन् । उनी नेपाल महिला सङ्घको क्षेत्र नम्बर १ को पूर्वसभापति पनि हुन् । विभिन्न सङ्घसंस्थामा सक्रिय खतिवडाले राजनीतिमा लाग्ने प्रेरणा आमाबाटै पाएको बताउँछिन् । उनले आफूलाई पार्टीले टिकट दिएकोमा खुसी व्यक्त गरिन् । भद्रपुरको भुर्तेल परिवार नेपाली कांग्रेसको धेरै पुरानो राजनीतिक घराना हो । सो परिवारबाट काँग्रेसमा धेरै कार्यकर्ता जन्मिएका छन् । विपी कोइराला, गिरिजाप्रसाद कोइराला, सिके प्रसार्इंलगायतले भुर्तेल परिवारको घरलाई सेल्टरका रुपमा प्रयोग गर्थे । झापाका १३ तहमा कांग्रेस उम्मेद्वार यसैबीच, झापामा नेपाली कांग्रेसले १३ वटा स्थानीय तहमा प्रमुख पदको उम्मेदवारको टुङ्गो लगाएको छ । पन्ध्र स्थानीय तह रहेको झापामा काँग्रेसले मेचीनगरमा विमल आचार्य, अर्जुनधारामा हेमराज खरेल, कनकाईमा एकराज उप्रेती र बुद्धशान्तिमा रमेश भुजेल गरी चार तहको प्रमुख पदको उम्मेदवार केन्द्रीय कमिटीबाट टुङ्गो लगाएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले बताए । यसअघि जिल्ला समितिबाटै गौरादह गाउँपालिकामा रोहित साह, गौरीगन्ज गाउँपालिकामा फूलमती राजवंशी, भद्रपुर नगरपालिकामा गणेश पोखरेल, विर्तामोड नगरपालिकामा जलकुमार गुरुङ, दमकमा ढुण्डिराज भण्डारी र कमल गाउँपालिकामा हुकुमसिंह राईलाई प्रमुख पदमा उम्मेदवार बनाउने निर्णय गरिसकेको थियो । कचनकबल गाउँपालिकामा कालेन्द्रप्रसाद राजवंशी, हल्दिबारी गाउँपालिकामा दिलीपकुमार माबो र झापा गाउँपालिकामा जयनारायण साहलाई नेपाली काँग्रेसले प्रमुख पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ । अब शिवसताक्षी नगरपालिका र बाह्रदशी गाउँपालिकामा मात्र उम्मेद्वारको टुङ्गो लगाउन बाँकी रहेको छ । पार्टीले अधिकांश नगरपालिका तथा गाउँपालिकामा उपप्रमुखको टुङ्गो लागेपनि केहीमा निर्णय हुन बाँकी रहेको जनाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending